Thursday, December 31, 2009

अनमिनको म्याद थप ६ महिना बढाउन सकिन्छ : डा. भट्टराई

काठमाण्डौ, १६ पुस - एकिकृत माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले अनमिनको म्याद महिनाका लागि बढाउन सकिने बताएका छन्

आज विहान भट्टर्राईलाई भेट्न उनको निवास शान्तिनगर पुगेकी नेपालका लागि राष्ट्रसंघीय अनमिन प्रमुख करिन ल्यानग्रिनसंग आगामी माघ ९ गते बाट सकिन लागेको अनमिनको चौथो चरणको म्याद शान्ति प्रक्रिया पुरा नभएसम्म आवश्यक भएको भन्दै अनमिनको म्याद थप ६ थप्न सकिने विषयमा छलफल भएको स्रोतले बताएको छ । यस्तै भेटमा भट्टराई र ल्यानग्रेनबीच शिविरमा रहेका माओवादी अयोग्य लडाकुका बर्हिगमन र पुनस्थापनाका विषयमा समेत छलफल भएको बुझिएको छ ।

यस्तै गएको पुस ९ गते बसेको मन्त्रीपरिषदको बैठकले शान्ति प्रक्रिया पूर्ण नभएको भन्दै संयुक्त राष्ट्रसंघसमक्ष अनमिनको भूमिका थप ४ महिनाका लागि बढाउने प्रस्ताव लैजाने निर्णय गरिरहेको अवस्थामा भट्टराईको नेपालमा अनमिनको थप भूमिकाका सम्बन्धमा पछिल्लो धारणा सार्बजनिक भएको हो ।

Wednesday, December 30, 2009

श्री स्वस्थानी ब्रतकथा आज बाट सुरू

काठमाण्डौ, १६ पुस- हिन्दुहरूले एक महिनाभर मनाउने श्रीस्वस्थानी ब्रत आज बाट प्रारम्भ भएको

प्रत्येक पुस शुक्ल पुर्णिमाका दिन सुरू भई माघ शुक्ल पुर्णिमामा सकिने यो पर्व सत्य युगमा भगवान विष्णुले पार्वतीलाई निर्दिष्ट गरेअनुरूप श्रीस्वास्थानी ब्रतले फलिफाप भई शिवजी पाएको धार्मिक मान्यता अनुरूप यो पर्व मनाइदै आएको छ । एक महिना सम्म प्रत्येक दिन चोखो नितो भई नित्य पुजा अर्चना गरी श्री स्वस्थानी ब्रतकथा सुनेमा र अरूलाई सुनाएमा आफ्नो मनोकाक्षा पुरा हुने जन विश्वासका साथ महिनाभर प्रत्येकको घर-घरमा श्रीस्वस्थानी ब्रतकथा भन्ने र सुन्ने गरिन्छ ।

यस्तै आजको दिन काठमाण्डौको उत्तर पूर्वमा रहेको साली नदीमा विहानै देखी भत्तजनहरू भेला भई भगवान शिवको प्रतिमा स्वरूप बालुवाको शिव लिङ्ग बनाई मध्यान्नमा श्रीस्वास्थानी ब्रत औपचारिक रूपले सुरू गर्ने गर्दछन् । यस्तै पूर्वको तमोर नदीमा पनि श्रीस्वस्थानी पुजा आजाका लागि श्रद्धालुहरूको भिड लाग्ने गर्दछ । ३१ अध्यायको श्री स्वस्थानी ब्रतकथा सुनिसकेपछी साङ्गे पुजा गरी विधिपूर्वक यो ब्रत सम्पन्न गरिन्छ ।

तमु समुदायका व्यक्तिहरूले ल्होछार पर्व धुम धामका साथ मनाउदै

काठमाण्डौ, १५ पुस- तमुहरूको महान चाड तमुः ल्होछार आज गुरूङ समुदायका व्यक्तिहरूले भव्य रूपमा मनाई रहेका छन्

प्रत्येक पुस १५ गते मनाइने यो पर्वलाई यसपालि गुरूङ समुदायले तमु लोह बर्ग बाघको रूपमा मनाएका छन् यस्तै यता राजधानीको टुडिखेलमा ल्होछारको अबसरमा ठूलो कार्याक्रम समेत आयोजना गरिएको तमुवान राज्य सहितको समावेशी संविधान हाम्रो चाहना भन्ने नाराका साथ सो समुदायका व्यक्तिहरूले कार्याक्रममा माओवादी पोलिटव्यूरो सदस्य देब प्रसाद गुरूङ, नेपाली काग्रेसका महामन्त्री केबी गुरूङ लगायत संविधानसभामा प्रतिनिधित्व गर्ने २२ जना सभासदहरूलाई समेत बोलाई भव्य कार्याक्रममको आयोजना गरेका छन् त्यस्तै राज्यका विभिन्न उच्च क्षेत्रमा रहेको तमु जातिको प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तिलाई समेत सो कार्याक्रममा बोलाईएको थियो

परम्परागत भेषभुषा सजिएर टुडिखेल पुगेका गुरूङ समुदायका व्यक्तिहरूले विभिन्न नाच गान गर्नुका साथै विभिन्न झाकी समेत प्रदर्शन गरिएको थियो गाई बर्गलाई विदाई गरी बाघ बर्गलाई निम्ताउदै सुरू यस पर्वमा सो समुदायका व्यक्तिहरूले आजको दिन मिस्ठान्न भोजन नाचगान गरी यो पर्व मनाउने गर्दछन् यस्तै अन्तरिम संविधानमा नेपाल धर्म निरपेक्ष राज्यको रूपमा घोषित भएकाले बर्षयता आजको दिन सरकारले र्सार्वजनिक विदा समेत दिदै आएको

यस्तै ल्होछारको उपलक्ष्यमा राष्ट्रपति डा. रामबरण यादवले तमु ल्होछार पर्वले सवै नेपालीबीच मेलमिलाप सदभाव एवम् भाइचाराको भावना सुदृढ गर्राई शान्त समृद्ध नेपाल बनाउन हामी सबैलाई प्रेरणा मिलोस भनी शुभकामना दिएका छन् यस्तै प्रधानमन्त्री माधव कुमार नेपालले पनि ल्होछारको शुभकामना दिदै यस पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपाली तमुमा सुख शान्ति समृद्धिको कामना व्यक्त गरेका छन् साथै माओवादी अध्यक्ष प्रचण्ड, काग्रेस सभापति गिरिजा प्रसाद कोइराला एमाले अध्यक्ष झलनाथ खनालले समेत ल्होछारको अबसरमा शुभकामना दिएका छन्

Monday, December 28, 2009

भोली देखि लोडसेडिङ हप्ताको ५१ घण्टा

काठमाण्डौ, १४ पुस- दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको नेपाल विधुत प्राधिकरणले भोली बुधबार बाट हप्ताको ५१ घण्टा लोडसेडिङ गर्ने भएको छ ।

विधुत प्रँधिकरण भार प्रेशण केन्द्रका प्रमुख शेरसिह भाटका अनुसार बुधबार देखि साताको ५ दिन दैनिक ७ घण्टा र बाकी दुई दिन ८ घण्टाका दरले लोडसेडिङ हुने जानकारी दिएका छन् । लोडसेडिङको नया तालिका आज सार्बजनिक गरिने बताउदै भाटले पोहर सालको भन्दा यस पालि लोडसेडिङ कम हुने दाबी गरे । यस्तै उनले हिमालयमा हिउ नपग्लिएका कारण खोलामा पानीको बहाव कम हुन गई आवश्यक्ता अनुसारको माग धान्न नसकिएकाले भोली बुधबार बाट थप लोडसेडिङ बढाउन प्राधिकरण बाध्य भएको बताए । साथै नेपालका अधिकाशं विधुत गृहहरू रन अफ दि रिभरमा आधारित भएकाकारण बर्षेनी हिउदको समयमा यो समस्या देखिएको भाटले बताए ।
पुस महिनाको मध्य सम्म साताको २८ घण्टा रहेको लोडसेडिङ ५१ घण्टा पुग्दा उद्योग तथा कलकारखाना सबैमा असर पुग्ने निश्चित देखिन्छ । यस्तै गएको बर्षदैनिक १६ घण्टा सम्म पुगेको लोडसेडिङले नेपालको अर्थ तन्त्र डामाडोल बनाउनुको साथै केही संख्यामा उद्योगहरू पलायन समेत भएका थिए ।


चिकित्सको माग पुरा गर्न सरकार तयार, ४ सदस्य कार्यदल गठन

काठमाण्डौ, १३ पुस- आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सकहरूको माग सरकारले पुरा गर्ने भएको छ ।

चिकित्सको माग लाई लिएर आज विहान अकस्मात कार्यवाहक प्रधानमन्त्री जिय कुमार गच्छदारको नेतृत्वमा बसेको मन्त्री परिषदको बैठकले शान्ति सुरक्षा, लगायत पेशागत सुरक्षाको ग्यारेन्टी लगायत चिकित्सक संघको ५ बुदे मागलाई समम्बोधन गर्ने भएको हो । यसका लागि सरकारले स्वास्थ्य मन्त्रीको संयोजकत्वमा ४ सदस्य कार्यदल समेत गठन गरेको छ । कार्यदलमा स्वास्थय मन्त्री उमाकान्त चौधरी, अर्थमन्त्री सुरेन्द्र पाण्डे, समान्य प्रशासन मन्त्री रवीन्द्र श्रेष्ठ र कानुन मन्त्री प्रेम बहादुर सिह रहेको सरकारका प्रवक्ता शंकर पोखरेलले जानकारी दिए । यस्तै सरकारले स्वास्थय सेवा शुल्कमा लागाउदै आएको ५ प्रतिशत करलाई समेत घटाउने निर्णय गरिएको प्रवक्ता पाखरेलले जानकारी दिए ।

यस्तै उता चिकित्सक संघका अध्यक्ष केदार नरसिह केसीले सरकारले कार्यदल गठन गरेतापनि आफ्ना मागलाई समेट्न नसकेको भन्दै आन्दोलनका अन्य कार्याक्रम भरे सार्बजनिक गर्ने बताएका छन् । उनका अनुसार सरकारसंग विगतमा पटक पटक सकारात्मक रूपले बार्ता भएतापनि कार्यान्वयन हुन नसकेको भन्दै यो प्रस्ताव प्रति पनि कुनै विश्वास नभएको भन्दै आन्दोलनका अन्य कार्याक्रम बेलुकी तय गरिने बताए ।


Sunday, December 27, 2009

माओवादी अध्यक्ष र अनमिन प्रमुख बीच भेटवार्ता, भारतीय नेताले पनि भेटे दाहाललाई

काठमाण्डौ, १३ पुस- संयुक्त राष्ट्रिय संघ मिसन अनमिन नेपालकी प्रमुख करिन लनग्रेन माओवादी अध्यक्ष पुष्पकमल दाहलबीच आज विहान भेटवार्ता भएको

अध्यक्ष प्रचण्डलाई भेट्न माओवादी पार्टी केन्दि्रय कार्यालय कोटेश्वर पुगेकी लनग्रेनले अनमिनको आगामी कार्यविस्तार, क्षेत्राधिकार लागायत लडाकु समायोजन प्रक्रियाका विषयमा छलफलगरेको बताएकी छिन् सञ्चारकर्मीहरूलाई आफ्नो भेटबारे जानकारी दिदै लनग्रेनले अयोग्य लाडकुलाई शिविरबाट निकाल्न लागिएको अन्तिम प्रयासका विषयमा समेत छलफल भएको बताइन्

यस्तै माओवादी अध्यक्षलाई भेट्न सोमबार विहान करिब ११ बजे भारतीय जनतादलका नेता भगत कोसारी पेरिस डाडा पुगेका थिए करिब घण्टा भएको उक्त भेटको बारेमा जानकारी दिदै कोसारीले भारतीय सेना प्रमुखले सेना समायोजनका बारेमा नेपाली सेना प्रमुखलाई दिएको अभिव्यक्तिका बिषयमा प्रचण्डले चासो व्यक्त गरेको बताए त्यस्तै उनी संग अध्यक्ष प्रचण्डले आफुले भारत विरोधी आन्दोलन नगरेको भन्दै केबल नागरिक सर्वोच्चताको पक्षमा माओवादी आन्दोलन केन्दि्रत रहेको बताउदै नागरिक सर्वोच्चता कायम गर्न भारतले सहयोग गर्नु पर्ने विचार व्यक्त गरेको बताए त्यस्तै उनले भारतीय सेना प्रमुख दिपक कपुरले केही दिन अघि दिएको अभिव्यक्ति आधिकारिक नभएको भन्दै सो विषयमा आफुले दिल्लीमा आवाज उठाउने बताए

चिकित्सकहरूको आनदोलनका कारण विरामी मार्कामा

काठमाण्डौ, १३ पुस- बन्दहडतालको निरन्तर मार खेपी रहेका नेपाली जनताले आज पुन चिकित्सकहरूको आन्दोलन खेप्न बाध्य भएका छन्

सरकारसंग विगतमा भएका सहमति कार्यान्व्यन नभएको , साथै चिकित्सको पेशागत सुरक्षाको माग राख्दै आज देशभरीको चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् नेपाल चिकित्सक संघका अध्यक्ष केदार नरसिह केसीका अनुसार सरकारसंग विगतमा पटक पटक सकारात्मक रूपले बार्ता भएतापनि कार्यान्वयन नभएको भन्दै आफुहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताए त्यस्तै उनले आज अपरान्ह सम्म सरकारले संघले उठाएका माग लाई सम्बोधन नगरे आफुहरू थप चरणको आन्दोलन घोषणा गर्न बाध्य हुने बताए

चिकित्सकहरूको हडतालका कारण आज विहानै देखि निजी सरकारी अस्पतालहरू बन्द भएका छन् यस्तै राजधानीका वीर, कान्ति, त्रिवि शिक्षिण अस्पताल, प्रसुतिलगायत देशै भरिका करिब सय भन्दा बढी अस्पतालमा कुनै स्वास्थय सेवा सञ्चालन हुन सकेको छैन् अस्पताल बन्दका कारण लाखौ विरामी स्वास्थ्य सेवाबाट बञ्चित भएको यस्तै सरकारले चिकित्सहरूको माग सम्बोधन गर्नको लागि चिकित्सकहरूलाई बार्तामा आउन आग्रह गरेको

माओवादी आन्दोलनको टुङ्गो भएन, बैठक भोलीका लागि सारियो

काठमाण्डौ, १२ पुस- चौथो चरणको आन्दोलनको घोषणा गरिसकेको एकिकृत माओवादीले आज आफ्नो आन्दोलनको ठोस खाका र्सार्वजनिक गर्ने भनिएता पनि त्यसको कुनै टुङ्गो लाग्न सकेन ।

आइतबार दिउसो पार्टी केन्दि्रय कार्यालय पेरिस डाडामा माओवादी स्थायी समितिको बैठक बस्ने र आन्दोलनका कार्याक्रम तय गरि आजै आन्दोलनका खका र्सार्वजनिक गर्ने बताइएता पनि अपरान्ह कुनै सम्म बस्न नसकेपछी बैठक भोली विहान ८ बजे सम्मका लागि पर सरिएको माओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । माओवादीले आजै स्थायी समिति र पोलिटव्यूरो बैठक आहृवान गरेर आफ्नो चौथो चरणका आन्दोलनलाई गति दिने बताएको थियो । गत पुस ७ गते नया बानेश्वरमा भएको आम सभामा माओवादी अध्यक्ष प्रचण्डले पुस १० गते देखि एक महिने राष्ट्रिय जागरण तथा भण्डाफोर कार्याक्रम गर्ने बताएका थिए ।

यस्तै आज बस्ने भनिएको माओवादीको सो दुई बैठकले भारतद्धारा अतिक्रमित नेपालका सुस्ता लगायत कालापानी क्षेत्र अबलोकनका लागि केन्दि्रय नेता सहितको निरिक्षण कार्याक्रम समेत तय गरिने बताएको थियो । अपरान्ह पोलिटब्यूरो बैठक पश्चात पत्रकार सम्मेलन गरी आन्दोलनका कार्याक्रम सार्बजनिक गर्ने बताएको थियो ।


Saturday, December 26, 2009

बोस्टनमा एक नेपालीको हत्या

काठमाण्डौ, १२ पुस- अमेरिकाको बोस्टन स्थित जमैका प्लेन भन्ने स्थानमा हिजो शनिबार अपराधिक समूहले गोली हानी एक नेपालीको हत्या गरेको छ ।

हत्या भएका ती नेपाली काठमाण्डौको साखु घर भएका ४० बर्षो सुरेन्द्र डङगोल रहेको अमेरिकाबाट प्रकाशित हुने अनलाईन पत्रिका नेपाली पोष्टले जनाएको छ । पोष्टका अनुसार एक साता अघि मात्र हाइट पार्कबाट स्थानिय टेडेस्की फूड स्टोरमा काम गर्न सुरू गरेका डङगोललाई हत्याराले छातीमा गोली हानी सो स्टोरको क्यास रजिस्टरबाट पैसा समेत लुटेको जनाएको छ । विगत ३ बर्षयता अमेरिकामा बस्दै आएका डङगोल कार्यरत स्टोर पाकिस्तानी मूलका नागरिकले सञ्चालन गर्दै आएको सो पत्रिकाले जनाएको छ । यस्तै डङगोलको श्रीमती र ९ बर्षी छोरी रहेको बुझिएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र भारतीय राजदुत राकेश सुद बीच भेटवार्ता

काठमाण्डौ, १२ पुस- पछिल्लो पटक भारत प्रति आक्रमक देखिएका एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय राजदुत बीच एक घण्टा भेतवार्ता भएको

आज विहान करिब ८ बजेको समयमा दाहाल निवास नयाबजारमा भएको उक्त भेटवार्तामा माओवादीले पछिल्लो पटक भारतसंग राखेको प्रस्ताव सम्बन्धी सुदले जानकारी लिएको स्रोतको भनाई छ । दाहालले गत पुस ७ गते नयाबानेश्वरमा भएको आमसभामा दिल्लीसंग वार्ता गर्ने अभिव्यक्ति जाहेर गरेका कारण उनको भनाई प्रति भारतले चासो व्यक्त गरेका कारण सुत नयाबजार पुगेको बुझिएको छ । यध्पी आफ्नो नियमित ब्रिफिङका लागि सुद भारत जानु पूर्व दाहालसंग नेपालको पछिल्लो राजनीतिक अवस्था बुझ्न त्यहा गएको भारतीय राजदुतावासले जनाएको छ । सुद आज अपरान्ह दिल्ली जादैछन् ।

चौथो चरणको आन्दोलनको ठोस खाका तयार गर्न माओवादी स्थायी समिति र पोलिटब्यूरो बैठक बस्दै

काठमाण्डौ, १२ पुस- चौथो चरणको आन्दोलनको घोषणा गरिसकेको एकिकृत माओवादीले आज आफ्नो आन्दोलनको ठोस खाका सार्बजनिक गर्दै छ ।

यसका लागि मध्यान्न १२ बजे पार्टी केन्दि्रय कार्यालय पेरिस डाडामा माओवादी स्थायी समितिको बैठक बस्ने र आन्दोलनका कार्याक्रम तय गरिने साथै अपरान्ह बस्ने पोलिटव्यूरो बैठकमा नेताहरूलाई आन्दोलनको जिम्मवारी दिइने माओवादीले जनाएको छ । गएको पुस ७ गते नै नया बानेश्वरमा भएको आम सभामा माओवादी अध्यक्ष प्रचण्डले पुस १० गते देखि एक महिने राष्ट्रिय जागरण तथा भण्डाफोर कार्याक्रम गर्ने बताएका थिए । यस्तै माओवादीको सो दुई बैठकले भारतद्धारा अतिक्रमित नेपालका सुस्ता लगायत कालापानी क्षेत्र अबलोकनका लागि केन्दि्रय नेता सहितको निरिक्षण कार्याक्रम समेत गर्ने बुझिएको छ । यध्यपी आन्दोलनको स्पष्ट निर्णय अपरान्ह पोलिटब्यूरो बैठक पश्चात पत्रकार सम्मेलन गरी माओवादीले सार्बजनिक गर्ने जनाएको छ ।

संसदको बैठक आज पुन बस्दै, गणतन्त्र प्रस्ताव सम्बन्धी विधेयक पेस गरिदै

काठमाण्डौ, १२ पुस- व्यवस्थापिका संसदको बैठक आज पुन बस्ने भएको छ ।

संविधानसभा भवन नयाबानेश्वरमा आज दिउसो १ बजे बस्ने उक्त बैठकमा लामो समय देखि अल्भिmएर रहेको गणतन्त्र संस्थागत सम्बन्धी प्रस्ताव माथि छलफल गर्ने संसद सचिवालयले जनाएको छ । त्यस्तै आजको बैठकमा राजतन्त्र सम्बन्धी बाकी रहेका सय भन्दा बढी कानुनहरू खारेज गरिने सम्बन्धमा समेत छलफल हुने बताइएको छ । पछिल्लो पटक ४ महिना पश्चात माओवादीले एकतर्फी रूपमा सदन खुल्ला गरेपछी खुल्ला गत बिहिबार बसेको संसदको बैठक आज पुन बस्न लागेको हो ।




चीन भ्रमणले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास, १५ सदस्य सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री चीन प्रस्थान,

काठमाण्डौ, ११ पुस - प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो चीन भ्रमणले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्

पाच दिने औपचारिक चीन भ्रमणमा जानु अघि अन्तराष्ट्रय विमान स्थलमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री नेपालले नेपाल भ्रमणमा चिनिया नेतृत्वसंग आपसी हितका विषयमा कुराकानी हुने बताए । भ्रमणमा केही सम्भौता र समझदारीमा हस्ताक्षर हुनुका साथै मन्त्री परिषदीय केही कुरामा समेत छलफल हुने बताए । त्यस्तै उनले सञ्चारकर्मीलाई संक्षीप्त प्रतिक्रिया दिदै दलहरूको सम्बन्ध सुध्रिदै गएको बताए ।

नेपालका समकक्षी वेन जियाबाओको निमन्त्रणामा चीन भ्रमणमा गएका नेपालका साथमा प्रधानमन्त्री पत्नी गायत्री, उपप्रधानमन्त्री सुजता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, सरकारी सञ्चारकर्मीहरू गरी १५ सदस्य सरकारी टोली रहेका छन् । त्यस्तै आफ्नै खर्चमा १७ जना व्यापारीहरू पनि प्र्रधानमन्त्रीका साथमा चीन प्रस्थान गरेका छन् । व्यापारीहरूको टोलीम नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुश कमार जोशी, विनोद कुमार चौधरी लगायत रहेका छन् । चीन भ्रमणमा गएको प्रधानमन्त्रीको टोली आगामी पुस १६ गते नेपाल फर्किने कार्याक्रम रहेको छ ।



पाच दिने चीन भ्रमणका लागि १५ सदस्य सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री माधव कुमार नेपाल आज त्यस तर्फप्रस्थान गरेका छन् । विहान साढे ११ बजे चीन प्रस्थान गर्ने भनिएता पनि हवाइजाहाज आउन २ घण्टा ढिला भएका कारण उनको चीन प्रस्थान कार्याक्रम केही समयका लागि लम्बिएको थियो ।

सत्तारूढ दलको बैठक सम्पन्न

काठमाण्डौ, ११ पुस- आज बाट प्रधानमन्त्रीले गर्ने ५ दिने चीन भ्रमणका विषयलाई छलफल गर्न बसेको २५ सत्तारूढ दलको बैठको सम्पन्न भएको छ ।

सरकारमा रहेका दलहरूसंग छलफल गर्नका लागि आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा आहृवान गरिएको उक्त बैठकले प्रधानमन्त्रीका चीन भ्रमणका एजेण्डाका विषया छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिएका छन् । उनका अनुसार सो बैठकमा प्रधानमन्त्री माधव कुमार नेपालले चीन भ्रमणका कार्यसूचीहरूका बारेमा संविधानसभामा रहेका दलहरूलाई जानकारी दिएको बताए । त्यस्तै बैठकमा बोल्दै प्रधानमन्त्री नेपालले आफ्नो पाच दिने चीन भ्रमणले नेपाल र चीनको बीचमा रहेको हार्दिक र मैत्रीपूर्ण सम्बन्धलाई आफ्नो भ्रमणले अझ प्रगाढ बनाउने अपेक्षा गरेको बताउदै नेपालले चिनिया उच्च नेतृत्व संग आपसी हितका विषयमा महत्वपूर्ण कुराकानी समेत हुने जानकारी सत्तारूढ दलहरूलाई दिएको रिजालले बताए । प्रधानमन्त्री ५ दिने चीन भ्रंमणका लागि १५ सदस्य सरकारी टोलीको नेतृत्व गर्दै त्यस तर्फप्रस्थन गर्दै छन् ।

Friday, December 25, 2009

संवैधानिक समितिको मतदान सम्पन्न, माओवादीका अधिकाशं प्रस्ताव अस्वीकृत


काठमाण्डौ, १० पुस- भावी संविधानमा दुरगामी असर पार्ने लगायत विभिन्न विषयगत समितिको मस्यौदा समेत बनाउने जिम्मा पाएको संवैधानिक समितिको निर्वाचन सम्पन्न भएको छ ।

समितिको कार्यालय सिहदरबारमा चार घण्टा लगाएर विभिन्न ९ बुदामा भएको उक्त मतदानमा माओवादीले प्रस्ताव गरेका अधिकाशं बुदा बहुमतले अस्वीकृत भएको छ । माओवादीले प्रस्ताव गरेको जनयुद्ध शब्द बहुतले पारित हुन सकेन, त्यस्तै मधेस आन्दोलन लेख्नुपर्ने मधेसबादी दलको प्रस्तावमा बहुमत पुगेको छ । माओवदीको जनयुद्ध राख्ने पक्षमा २० र विपक्षमा ३० मत परेको थियो भने मधेस आन्दोलन शब्दको पक्ष मा भने २९ र विपक्षमा २१ मत परेको थियो । मधेस आन्दोलनको पक्षमा माओवादीले र्समर्थन गरेको थियो भने माओवादीको जनयुद्ध राख्ने प्रस्तावलाई मधेसवादी दलहरूले र्समर्थन गरेका थिएनन् । त्यस्तै माओवादीले राष्ट्रिय झण्डा फेर्न राखेको प्रस्ताव समेत ध्वनीमतले नराख्ने व्यवस्था गरिएको छ । यध्यपी माओवादीले हिन्दु धर्मको प्रतिनिधित्व गरेको भन्दै विभिन्न राष्ट्रिय चिन्हहरू संविधानमा नराख्ने प्रस्ताव भने ध्वनी मतका आधारमा नराख्ने व्यवस्था गरिएको छ । यस अघि संविधानमा राष्ट्रिय चिन्हका रूपमा जनावरको रूपमा गाई, फूलमा लालिगुरास, पन्क्षीमा डाफे र रंङ्गमा सिम्रिक भनी उल्लेख गरिएको थियो ।

त्यस्तै संविधानमा एमाले- काग्रेसले भावी संविधानमा बहुलबाद राख्न गरेको प्रस्ताव समेत अस्वीकृत भएको छ भने बहुबादलाई संविधानको अपरिवर्तनिय धाराका रूपमा राख्ने विषयमा भने सो प्रस्ताव बहुमतले परित भएको छ । यध्यपी सो प्रस्तावलाई माओवादीले यस अघि विमति राख्ने जनाएको थियो । शुक्रबार अबेर सम्म भएको उक्त मतदानमा संघीयता, प्रेस स्वतन्त्रता, धर्म निरपेक्षतालाई संविधानको अपरिवर्तनिय प्रावधानको रूपमा राख्ने प्रस्ताव समेत ध्वनीमत बाट अस्वीकृत भएको छ भने संविधानको प्रस्तावमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी राख्नुपर्ने शब्दावली समेत अस्वीकृत भएको छ । यसको सट्टा समानुपातिक समावेशी भन्ने शब्द भने पारित गरिएको छ । त्यसैगरी संविधानको प्रस्तावनामा जनताको भन्ने शब्द बहुमतको आधारमा राख्ने निर्णय गरिएको छ भने समाजबादको अगाडी लोकतन्त्र राख्नुपर्ने शब्दलाई भने अस्वीकृत गरिएको छ । त्यस्तै सामन्तबादको सबै खाले अवशेषहरू अन्त्य गर्दै भन्ने शब्दावली बहुमतले पारित गरिएको छ ।


अपरान्ह ४ बजे हुने भनिएको सो मतदानको कार्याक्रम बेलुकी ६ बजे पछी मात्र भएको सुरू गरिएको थियो । कूल ६३ जना सदस्य रहेको उक्त समितिको मतदानमा ५६ जना मात्र उपस्थित थिए । प्रमुख तीन दलका शिर्ष नेताहरू गिरिजाप्रसाद कोइराला माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल मतदानमा उपस्थित भएनन । यध्पी एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष दाहाल मतदान स्थानमा आएर पनि पुन फर्किएका थिए । काग्रेस सभापति गिरिजा प्रसाद काइराला अस्वस्थ्य रहेका कारण उनी मतदानमा उपस्थित नहुने भएपछी खनाल र दाहालले सहमति अनुरूप मतदानमा भाग नलिने निर्णय गरेका थिए । त्यस्तै नेपाल सदभावना पार्टी (गिरी) पक्षधरकी सरिता गिरीले मतानको कार्यसूचि प्रति असहमति राख्दै बहिरिएकी थिइन् । त्यस्तै समितिकी अर्की सदस्य काग्रेसकी सभासद सुप्रभा घिमिरे अमेरिका गएकी कारण उनी पनि मतदानमा उपस्थित हुन सकिनन् त्यस्तै नेपाल परिवार दलका सभासद एकनाथ ढकालले यस अघिनै सो समितिको मताधिकार प्रयोग गरेकाले उनले पनि मतदानमा भाग लिन सकेनन् ।

राष्ट्रिय स्वाधिनताको पक्षमा माओवादीको प्रचारात्मक कार्याक्रम आजबाट सुरू

काठमाण्डौ, १० पुस- एकिकृत माओवादीको आज बसेको उच्च पदाधिकारीको बैठकले राष्ट्रिय स्वाधिनताको पक्षमा प्रचारात्मक कार्याक्रम सुरू भएको जनाएको

पार्टी केन्दि्रय कार्यालय पेरिस डाडामा बसेको सो बैठकका निर्णय बारे विज्ञप्ती निकाल्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनता विना नागरिक सर्वोच्चता कायम हुन नसक्ने भन्दै आज बाट राष्ट्रिय स्वाधिनताको पक्ष्ँमा प्रचारात्मक कार्याक्रम सुरूभएको जनाएका छन् । त्यस्तै उनले जारी गरेको विज्ञप्तीमा आफ्नो प्रचारात्मक कार्याक्रममा राष्ट्रघाती, दलाल, अपराधी र भष्ट्रचारीहरूको भण्डाफोर गर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै सन् १९५० को असमान सन्धीलगायत अन्य सन्धी सम्झौता खारेज गर्ने जस्ता माग समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै सो विज्ञप्तीमा विदेशीको योजना र निर्देशनमा षडयन्त्र गरिरहे अनिश्चितकालिन बन्द सम्मको आन्दोलन घोषणा गर्न माओवादी बाध्य हुने चेतावनी समेत दिएका छन् ।

गएको बैशाख अन्तिम साता देखि सेनापति प्रकरणमा राष्ट्रपतिको कदम सच्चिनुपर्ने लगायत नागरिक सर्वोच्चता कायम हुनु पर्ने माग राख्दै चरण बद्ध आन्दोलनमा उत्रिएको एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले तेस्रो चरणको आन्दोलन अन्तिम दिन पुस १० देखि माघ १० गते सम्म राष्ट्रिय जागरण तथा भण्डाफोर कार्याक्रम गर्ने बताएका थिए ।

त्यस्तै हिजो बस्ने भनिएको माओवादी स्थायी समितिका बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालले संसदमा सम्बोधन गर्ने भएपछी आजको लागि सारिएको थियो । यध्यपी आजको स्थायी समितिको बैठक समेत स्थागित गरी माओवादी उच्च पदाधिकारीहरूको बैठक बसी सो निर्णय गरेको हो । त्यस्तै उता उच्च पदाधिकारीको बैठक बस्नु अघि पुस १२ गते देखि ४० दिन भित्र शिविरमा रहेका अयोग्य छापामारलाई बहिर निकाल्ने संयुक्त राष्ट्रसंघसंगको सहमति अनुरूप माओवादी जनमुक्ति सेनाका कमाण्डरहरूको बैठक सोही स्थानमा बसेको थियो ।

पेरिस डाडामा बसेको उक्त बैठकले शिविरमा रहेका अयोग्य लडाकुका विषयमा छलफल गरेको बैठकमा सहभागी एक कमाण्डरले जनाकारी दिए । देश भरि रहेका सात वटा डिभिजन कमाण्डर सहित अध्यक्ष पुष्पकमल दाहाल, डेपुटी कमाण्डर जनार्दन शर्मा, कमाण्डरहरू नन्द किशोर पुन, चन्द्र प्रकाश खनाल बलदेब लगायतका सो बैठकले कुनै पनि हालतमा माओवादी लडाकुलाई सेनामा समायोजन गर्नु पर्ने निस्कर्षनिकालेको साथै सम्मान जनक ढङ्गले शिविरमा रहेका लडाकुलाई बहिर निकाल्ने निस्कर्षनिकालेको स्रोतको भनाई छ ।




Thursday, December 24, 2009

क्रिसमस दिवसको पर्वको रौनक नेपालमा पनि, विविध कर्याक्रम गर्दै मनाइदै

काठमाण्डौ, १० पुस- इशार्सइ धर्मका प्रवक्तक यशुको जन्मोत्सवका दिन प्रत्येक बर्षमनाइने क्रिसमस पर्वको रौनक नेपालमा पनि देखिएको छ ।

प्रत्येक बर्षडिसेम्बर २५ तारिकका दिन मनाइने यो पर्व विश्वमा पहिलो पटक सन् ३५० मा रोममा मनाइएको थियो । पश्चिमी संस्कृतिको रूपमा नेपालमा भित्रिएको यो पर्वको पूर्व सन्ध्या देखि नै राजधानीका प्रमुख पर्यटकीय केन्द्र ठमेल तथा सपिङ मलहरू झिलिमिलीमय देखिएका छन् । नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषित गर्दै सरकारले यो पर्वको दिन र्सार्वजनिक विदा समेत दिने समेत निर्णय गरेकाले यो पर्वको थप महत्व बढ्दै गएको छ ।

क्रिसमश धर्मावलम्बीहरूले आजको दिन मिठा परिकार खाई, नाचगान गरी आफ्ना शुभ चिन्तक लाई मेरी क्रिसमश भनी शुभकामना समेत दिने चलन रहेको छ । त्यस्तै क्रिसमश दिवसको अबसरमा राष्ट्रपति डा. राम बरण यादवले इर्साई धर्मावलम्बीहरूको महान पर्व क्रिसमसको उपल्क्षमा देश भित्र एवम् देश बाहिर रहेका सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी दिदी-बहिनी तथा दाजुभाईमा खुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सहमतिको कुनै विकल्प नभएको प्रमुख तीन दलका नेताको जोड, राष्ट्रिय स्वाधिनताको प्रस्ताव एक भएर पारित गर्न माओवादी अध्यक्षको आग्रह

काठमाण्डौ, ९ पुस- दिगो शान्तिका लागि राष्ट्रिय सहमतिको कुनै विकल्प नभएको प्रमुख तीन दलका नेतालेले सहमतिलाई नै अगाडी बढाउनु पर्ने मा जोड दिएका छन् ।

४ महिना पछी बिहिबार बसेको संसदको बैठकमा बोल्दै प्रमुख तीन दलका शिर्ष नेता माओवादी अध्यक्ष प्रचण्ड, झलनाथ खनाल र राम चन्द्र पौडेलले नया संविधान निर्माण र दिगो शान्तिका लागि सहमतिमा जोड दिनु पर्ने बताए । गएको साउन २३ गते बाट बन्द रहेको संसद लाई माआवादीले एकपक्षीय रूपमा हिजो बाट खोलिदिने निर्णय गरेपछी सभामुखले आजको बैठक आहृवान गरेका थिए ।

संसदमा बोल्दै एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा बैदेशिक हस्तक्षेप बढ्दै गएका कारण सम्पूर्ण पार्टीले एक भएर राष्ट्रिय स्वाधिनताको प्रस्ताव सदन बाट पारित गर्नुपर्ने बताएका छन् । अध्यक्ष दाहालले भारतीय सेना प्रमुखले खुलेआम नेपाली जनताको र्सार्वभौमसत्ता माथि हस्तक्षेप गरेको भन्दै यस विषयमा सरकारले सिघ्र आफ्नो धारणा प्रस्तुत गर्नपर्नुमा जोड दिए । नेपालमा विदेश निति नभएका कारण बैदेशिक हस्तक्षेप बढेको भन्दै दाहालले तत्काल विदेश नितिको समेत आवश्यक्ता परेको बताए । गणतन्त्रको स्वतन्त्र विदेश निति नेपाललाई चाहिकाले राष्ट्रिय स्वाधिनता नभई नागरिक सर्वोच्चता समेत कायम हुन नसक्ने भन्दै उनले जतिसक्दो चाडो राष्ट्रिय स्वाधिनताको पक्षमा एक भई नया निस्कर्षमा पुग्न सम्पूर्ण दलहरूलाई आग्रहसमेत गरे ।

त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले संसदलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको कुनै विकल्प नभएको बताएका छन् । उनले अन्तरिम संविधानको धारा ४३ लाई सम्पूर्ण दलहरूले आत्साथ गर्दै राष्ट्रिय सहमतिको मूल मन्त्रलाई सम्झनु पर्नेमा जोड दिए । खनालले राष्ट्रिय सहमतिको लागि सरकारले आफ्नो ठाउबाट महत्वपूर्ण भूमिका खेल्ने छ भनी विश्वास समेत व्यक्त गरेका छन् । शान्ति सम्झौता जुन रूपले गरिएको थियो सोही अनुरूप नरहेको भन्दै नया संविधान निर्माणका लागि एक दिन पनि शिर्ष नेताहरू छलफलमा नबसेको भन्दै गुनासो व्यक्त गरे ।

साथै नेपाली काग्रेसका उपसभापति राम चन्द्र पौडेलले विश्वासको कमि भएकाका कारण यस विषयलाई सयमित भएर अगाडी बढाउने पर्ने बताए । साथै नेता पौडेलले नागरिक सर्वोच्चताको अभ्यास तर्फबल्ल लागे जस्तो लागेको बताए । उनले सात महिना अघिको राष्ट्रपतिको कदम कोट्याउदै १८ दलको सहमतिमा राष्ट्रपतिलाई देशको सुरक्षा, शान्ति र आन्तरिक सुरक्षा अनि सविधानको भावनाको नाताले सो कदम चाल्न आग्रह गरेको बताए । सेना प्रमुख हटाउने प्रक्रिया अफैमा अपूर्ण रहेकाले राष्ट्रपतिले सच्चयाउनका लागि मात्र सो कदम गरेकाले राष्ट्रपतिले सविधान नमिचेको पौडेलले बताए । बुद्धिमता पूर्वक सेनालाई राजनीतिबाट टाढै राखेमा सवैलाई फाईदा पुग्ने भन्दै पौडेलले सहमतिमै शान्ति प्रक्रियालाई तार्किक निस्कर्षा पुर्र्‍याउनु पर्नेमा जोड दिए ।

Wednesday, December 23, 2009

अन्तराष्ट्रिय दवाबका बाबजुत सरकारद्धारा तोरणजंग बहादुर सिहलाई बालाधिकृत रथीमा बढुवा, कोइरालाको नाम नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

काठमाण्डौ, पुस- आज बसेको मन्त्री परिषदको बैठकले अन्तराष्ट्रिय समुदायको दबाबका बाबजुत द्धन्द्धकालमा ३९ जनाका हत्या आरोपी तोरण जंग बहादुर सिहलाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको

द्धन्द्धकालिन समयमा भैरवनाथ गणमा निर्दोष नागरिकको हत्याको आरोप खेपिरहेका बालाधिकृत रथी सिहको बढुवा नगर्न अमेरिका, बेलायत लागयतका राष्ट्रले सराकारलाई दबाब दिदै आएतापनि उनी सेनाको दोस्रो बरियातामा बुढुवा भएका हुन त्यस्तै मन्त्री परिषदको निर्णय बारे सञ्चारकर्मीलाई जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री एव सरकारका प्रवक्ता शंकर पोखरेलले नेपालको शान्ति प्रक्रिया पूर्ण नभएको भन्दै अनमिनको म्याद थप महिना थप्नका लागि राष्ट्रसंघीय सुरक्षा परिषदलाई आग्रह गर्ने समेत निर्णय भएको बताए यस अघि अनमिनको म्याद पटक थप गरिसकिएको थियो

नेपालको शान्ति प्रक्रियामा पुर्र्याएको योगदानका लागि हक दाबी सहित नेतृत्व दायी भूमिका निवार्ह गरेको भन्दै पूर्व प्रधानमन्त्री एव काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको नामलाई स्विडेनको स्टकहोमबाट प्रत्येक बर्षप्रदान गरिने विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको साथै सेनालाई लोकान्त्रिक बनाउन रक्षा मन्त्रीको नेतृत्वमा सदस्य कार्यदल गठन गर्ने समेत निर्णय गरेको कार्यदलमा रक्षा गृह , कानुन, संघीय विना विभागिय मन्त्री रहने छन्

त्यस्तै आफ्नै सहकर्मीबाट बलतकृत प्रहरी सुन्तली धामीबारे छनविन गर्न सरकारले छानबिन गर्न तीन सदस्य छानविन समिति समेत गठन गर्ने निर्णय गर्नुका साथै अज्ञात समूहबाट गएको मंसिर २३ गते आक्रमणमा परेकी रूकुमकी पत्रकार टिका बिष्टको उपचार्रार्थ लाख रूपैया उपलब्ध गराउने निर्णय समेत गरेको त्यस्तै बैठकमा आगामी शनिबार प्रधानमन्त्रीले गर्ने चीन भ्रमणका विषयमा समेत छलफल हुनुको साथै चीन भ्रमणमा परेका १५ व्यक्तिको खर्च सरकारले व्यहोर्ने समेत निर्णय गरिएको मन्त्री पोखरेलले जानकारी दिए

नागरिकले पित पत्रकारिता गरेको प्रचण्डको आरोप

काठमाण्डौ, ९ पुस- एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नागरिक दैनिकले मंगलबार बानेश्वरमा बोलेको आफ्नो अभिव्यक्तिलाई बङ्गाएर पित पत्रकारिता गरेको आरोप लगाएका छन् ।


हिजो बुधबार बीबीसी नेपाली सेवालाई दिएको विशेष अर्न्तवर्तामा अध्यक्ष दाहालले बुधबार नागरिक दैनिकमा प्रकाशित विदेशी हस्तक्षेपको खुल्ला आहृवान शिर्षको विशेष सम्पादकीयमा दिल्ली संगको वार्ता गर्नुको मर्मलाई नराम्रो संग तोडमोड गरिएको र भद्धा निस्कर्षनिकालिएको भन्दै त्यस्तो विचारलाई पित पत्रकारिताको संज्ञा दिएका हुन । आफ्नो अभिव्यक्तिको मूल मर्म भारत संग आन्तरिक मामला मिलाई दिने आग्रह नभई समानताको रूपमा व्यवहार गरिनुपर्ने विषयमा बार्ता गर्नु पर्ने रहेको स्पष्ट पारेका छन् ।

उनले मंगलबार आमसभामा दिएको भाषणलाई लिएर बुधबार नागरिक दैनिकको सम्पादकीयमा "छिमेकीलाई आन्तरिक राजनीति मिलाइदिन औपचारिकरूपमा खुला जनसभाबाट आहृवान गर्ने दाहालका अभिव्यक्ति आधुनिक नेपालमा कुनै पनि जिम्मेवार दलका नेताले कहिल्यै गर्न नसकेको दुस्साहस हो । स्वाधीन देशका स्वाभिमानी जनताबाट दुई-दुई क्षेत्रबाट चुनिएका नेताले प्रदर्शन गरेको यो पराधिन मानसिकता हो ।" भनि लेखिएको थियो ।

८ औ पटक संविधानसभाको कार्यतालिका परिवर्तन

काठमाण्डौ, ८ पुस- ६७ साल जेष्ठ १४ सम्म नया संविधान जारी गर्ने गरी तयार पारिएको संविधान सभाको कार्यतालिका आठौ पटक परिवर्तन गरिएको छ ।
संविधान सभा भवन नया बानेश्वरमा आज बसेको संविधानसभाको बैठकले कार्यव्यवस्था परामर्श समितिको निर्णय लाई अनुमोदन गरेको हो । यस्तै संविधानसभाको उक्त बैठकले बाकी ३ सवैधानिक समिति, राज्यको पुनसंरचना बाडफाड समिति र राज्यको शासकीय स्वरूप निर्धारण समतिको प्रतिवेदनलाई ७ गते भित्र छलफल गरिसक्ने गरी कार्यतालिका परिवर्तन गरेको हो ।

संदन अब एक पक्षीय रूपमा चल्ने

काठमाण्डौ, ८ पुस- गएको साउन २३ गते बाट चल्न नसकेको व्यवस्थापिका संसद अब एक पक्षीय रूपमा चल्ने भएको छ ।

सेनापति प्रकरणम राष्ट्रपतिको कदम सच्चिनुपर्ने लगायत नागरिक सर्वोच्चताको माग राख्दै लामो समय यता निरन्तर आन्दोलनरत एकिकृत माओवादीको सिहदरबार स्थित संविधानसभा दलको कार्यालयमा आज विहान बसेको बैठकले संदनको अबरोधले संविधान विरोधी तत्व र प्रतिगमनकारीलाई फाईदा पुर्र्‍याएको निस्कर्षनिकाल्दै सो निर्णय गरेको हो ।

बैठक पछी सञ्चारकर्मीहरू कुरा गर्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सदन खुल्ला गरिएतापनि राष्ट्रपतिको कदम भने ज्युदै रहने र सो संघर्षलाई जारी राख्ने निर्णय समेत गरिएको बताए । हिजो नया बानेश्वरमा आयोजित सभामा पार्टी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्ति भारतीय हस्तक्षेप विरूद्ध कुनै निर्णय गर्न नसक्ने दलहरूप्रतिको व्यग्य मात्र रहेको भन्दै नेता श्रेष्ठले यसलाई तोडमोडका साथ हेर्न नहुने बताए । मूलुकको आन्तरिक मामलामा भारत संग नहुने भन्दै उनले भारत संग बार्ता गर्नु परे १९५० को सन्धी खारेजी, सुस्ता र कालापानी समस्याका विषयमा मात्र हुन सक्ने बताए ।

Tuesday, December 22, 2009

संविधान नबन्ने खतरा दिन प्रतिदिन बढ्दैछ : प्रधानमन्त्री

काठमाण्डौ, पुस - प्रधानमन्त्री माधव कुमार नेपालले समयमै संविधान संविधान नबन्ने खतरा दिन प्रतिदिन बढदै गएको बताएका छन्

क्रिसमशको पूर्व सन्ध्यामा राजधानीमा आज आयोजित एक कर्याक्रममा बोल्दै प्रधानमन्त्री नेपालले देश अनावश्यक भिडन्तमा होमिन थालेको साथै सहमतिको सम्भावना दिन प्रतिदिन घटदै गएकाले नया संविधान निर्माणको कार्य अप्ठयारोमा परेको बताए यध्यपी समयमै नया संविधान निर्माण गर्ने प्रवितवद्धता व्यक्त गर्दै प्रधानमन्त्री नेपालले अग्रगमन तर्फो यात्रा बल्ल सुरू भएकाले सवै एक भएर अगिबढनुपर्नेमा जोड दिए

माओवादीद्धारा एक महिने राष्ट्रिय जागरण तथा भण्डाफोर कार्याक्रम सार्बजनिक, माघ १० सम्म कुनै सहमति नभए अनिश्चितकालिन आमहडताल

काठमाण्डौ, पुस- एकिकृत नेकपमा माओवादीले आफ्नो तेस्रो चरणको आन्दोलनले पनि नागरिक सर्वोच्चता कायम हुन नसकेको भन्दै आगामी पुस १० गते बाट माघ १० गते सम्म जनजागरण तथा भण्डाफोर कार्याक्रम गर्ने बताएको

तेस्रो चरणको आन्दोलन अर्न्तरगतको तीन दिने आम हडताल कार्याक्रमको अन्तिम दिन माओवादीले संविधान सभा भवन अगाडी अयोजना गरेको जनसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चताका लागि चौथो चरणको आन्दोलनका कार्याक्रम र्सार्वजनिक गरिएको बताए । त्यस्तै उनले भण्डाफोर कर्याक्रम भित्रै सरकारले सहमतिको कुनै प्रयास नगरे आगामी माघ १० गते बाट अनिश्चितकालिन आम हडतालमा उत्रेने चेतावनी दिएका छन् । उनले रायमाझी आयोगले दोषी ठहराएका सम्पूर्ण व्यक्तिलाई जनताले कारबाहि समेत गरिने बताएका छन् । सेनापति प्रकरणका कारण करिब सात महिना पहिले सत्ताबाट सडकमा आएको एकिकृत माओवादीको यो अभिव्यक्तिले जसरी भएपनि पूर्व सेनापति रूङमागत कटुवाललाई कारबाही गरिछाड्ने देखिएको छ । कटुवालले ०६२ ६३ को जनआन्दोलनमा दमन गरेको भन्दै रायमाझी आयोगले उनलाई दोषी ठहराएको थियो ।

सरकारमा रहेका दलहरूका मालिक भारत र उनीहरू भारतबाट सञ्चालित भएको भन्दै राजनीतिक सहमतिका लागि एमाले काग्रेस लगायतका लागि दलहरूसंग बार्ता गर्ने जागर मरिसकेको र अबको बार्ता सिधै दिल्लीसंग मात्र हुने भन्दै अध्यक्ष प्रचण्डले दिल्ली संग पाच बुदामा आफु बर्तामा बस्न तयार रहेको उदघोष व्यक्त गरे । उनले सुस्ताको समस्या तत्काल अन्त्य हुनुपर्ने, कालापानीबाट भारतीय सेना हट्नुपर्ने, भारतीय व्यपार असन्तुलन हट्नु पर्ने, अन्तराष्ट्रिय कानुन अनुरूप नेपालले पाउने सुविधका साथै भारत चीन र नेपालका बीच उच्च स्तरीय समझदारी हुनु पर्ने लगतायतका विषयमा आफुले बार्ता गर्ने बताए । त्यस्तै उनले सहमति र शान्ति प्रक्रियाको पक्षमा माओवादी रहेको भन्दै प्रत्येक नेपालीले जवाफ दिनुपर्ने समय आइसकेको बताए । उनले सुरक्षा निकाय राष्ट्र सेवक सरकारी कर्मचारी लगायतलाई संयमित भएर आफ्ना काम कारबाही गर्न समेत सुझाव दिएका छन् ।

त्यस्तै सभालाई सम्बोधन राष्ट्रिय जनआन्दोलन समितिका अध्यक्ष् बाबुराम भट्टराईले रष्ट्रिय स्वाधिनता, नया संविधान, दिगो शान्ति, नागरिक सर्वोच्चता, नया संविधान राष्ट्रिय संयुक्त सरकारका लागि माओवादीले आन्दोलन थालेको भन्दै नागरिक सर्वोच्चता बहाली नभएसम्म आफ्ना आन्दोलनका कार्याक्रम कुनै पनि हालतमा नरोकिने बताए । उनले ३० बर्षे महेन्द्र पथ, ४ बर्षे ज्ञानेन्द्र पथको विरूद्धमा माओवादी लडेर आएको भन्दै एमाले काग्रेससंग लडन कुनै ठूलो नभएको उल्लेख गरे ।साथै उनले आगामी दिनको आन्दोलन थप पेचिलो बन्ने बताए ।





Thursday, December 17, 2009

माओवादीको गणराज्य घोषणा कार्याक्रम आज सकिदै, जनकपुरमा अन्तिम रूपमा मधेस गणराज्य घोषणा हुदै

काठमाण्डौ, ३ पुस- चौतर्फी विरोधका बाबजुत गणराज्य घोषणा गरेको एकिकृत माओवादीले आज अन्तिम गणराज्यको रूपमा मधेस गणराज्य घोषणा गर्दै छ ।

यस अघि १२ वटा गणराज्य घोषणा गरिसकेको एकिकृत माओवादीले आज अपरान्ह जनकपुरबाट आफ्नो १३ गणराज्यको रूमपा मधेस गणराज्य घोषणा गर्न लागेको हो । माओवादीका अनुसार मधेस राज्यको घोषणा पार्टी उपाध्यक्ष एव राष्ट्रिय जनआन्दोलनका अध्यक्ष डा। बाबुराम भट्टराईले गर्ने जनाएको छ । त्यस्तै गणराज्य घोषणाको कार्याक्रममा पार्टीका अन्य उच्च नेताहरू समेत सम्बोधन गर्ने कार्याक्रम रहेको उसले जनाएको । राष्ट्रपतिको असंवैधानिक कदम सच्चिनुपर्ने लगायत नागरिक सर्वोच्चता कायम हुनुपर्ने माग राख्दै तेस्र्रो चरणको आन्दोलनमा उत्रिएको माओवादीले संघीयतालाई सुनिश्चित गर्न गएको मंसिर अन्तिम साता देखि एकतर्फी रूपमा गणराज्य घोषणाको कार्याक्रमलाई निरन्तरता दिदै आएको छ ।
राजनीतिक रूपमा मात्रै गणराज्य घोषण गर्नलागिएको भन्दै माओवादीले सवै भन्दा पहिलो पटक मंसिर २६ गते उसले पूर्वको विर्तामोडमा कोचिला र तेह्रथुममा लिम्बुवान गणराज्य घोषणा गरेको थियो । क्रमश उसले शेर्पा, किरात, सेती - महाकाली, थरूवान, भेरी-कर्णाली, भोटे-लामा, ताम्सालिङ, नेवा, तमुवान र मगरात गणराज्य घोषणा गरिसकेको छ ।


Wednesday, December 16, 2009

माओवादीले आज तमुवान र मगरात गणराज्य घोषणा गर्दै, तमुवानको विरोधमा पोखराका सम्पूर्ण विद्यालय बन्द

काठमाण्डौ, २ पुस- मंसिर २६ यता हिजो सुद्ध १० वटा गणराज्य घोषणा गरेको एकिकृत माओवादीले आज थप दुई गरी पोखरामा तमुवान र पाल्पामा मगरात गणराज्य घोषणा गर्दे छ ।

कास्कीको पोखरामा माओवादी नेता देव गुरूङले तमुवान गणरज्यको घोषणा गर्ने छन् भने पाल्पा स्थित तानसेन टुडिखेलमा माओवादी महासचिव राम बहादुर थापाले मगरात गणराज्य घोषणा गर्ने कार्याक्रम रहेको माओवादीले जनाएको छ । यस्ते सभालाई सम्बोधन गर्न माओवादी प्रवक्ता दिनानाथ शर्मा, पोलिटव्यूरो सदस्य टोप बहादुर रायमाझी लगायतले समेत सम्बोधन गर्ने बुझिएको छ ।

यस्तै उता पोखरामा तमुवान गणराज्य घोषणाको विरोधमा आधादर्जन विद्यार्थी संगठनले एकतर्फी रूपमा गणराज्य घोषण भएको भन्दै आज पोखराका सम्पूर्ण विद्यालयहरू बन्द गराएका छन् । १४ वटा गणराज्य घोषणाको तयारीमा रहेको एकिकृत माओवादीले थप दुई राज्य घोषणा गर्दा गणराज्यको संख्या १२ पुग्ने छ । त्यस्तै गणराज्य घोषणा कार्याक्रमको अन्तिम दिन भोली शुक्रबार उसले मधेस गणराज्य घोषणा गर्दै छ ।

Tuesday, December 15, 2009

आदीवासीको अधिकार माग्ने ७० प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

काठमाण्डौ, आगामी नया संविधानमा आदीवासी जनजातिको अधिकार सुनिश्चित हुनु पर्ने लगायत आदिवासी जनजातिका सम्बन्धमा संविधानसभा भित्र छुट्टै विषयगत समितिको गठन गरिनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका आदिवासी जनजाति बृहत मोर्चाका ७० भन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउसो १२ बजे माइतीघर मण्डलामा प्रदर्शनरत मोर्चामा अवद्ध व्यक्तिहरूलाई प्रहरीले प्रक्रिएर नेपाल पुलिस क्ल्बमा राखेको छ । प्रक्राउ पर्नेमा मोर्चाका सचिव कृष्णबहादुर भट्टचन, थरूहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारू आदीवासी सभासदहरू सुरेश आलेमगर, श्रीसमगर, रामबहादुर थापा, कुमार र्राई, लगायत आदिवासी जनजाति महासंघकी महासचिव सोमा र्राई लगायतका रहेका छन् । प्रक्राउ पश्चात टेलिफोनमा प्रतिक्रियामा मोर्चाका महासचिव भट्टचनले शान्तिपूर्ण अआन्दोलनलाई प्रहरीले हस्तक्षेप गरी नागरिकले प्रदर्शन गर्न पाउने अधिकार समेत हनन गरेको बताए ।

Monday, December 14, 2009

भेरी-कर्णाली र भोटे-लामा गणराज्य घोषणाको तयारीमा माओवादी

काठमाण्डौ, ३० मंसिर- ६ वटा गणराज्य घोषणा गरिसकेको एकिकृत माओवादीले आज पनि थप दुई गणराज्य घोषणा गर्दै छ ।

आज उसले हुम्लाको सिमिकोटमा भेरी-कर्णाली र जुम्लामा भोटे-लामा गणराज्य घोषणा गर्दै छ । हुम्लामा भेरी-कर्णाली गणराज्य घोषणा विदेश विभाग प्रमुख कृष्ण बहादुर महराले गर्नुको साथै भोटे-लामाको माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्द विप्लबले गर्ने माओवादीले जनाएको छ । यसका साथै माओवादीले गणराज्य घोषणाको तयारी स्वरूप हुम्ला र जुम्लामा ठूलो संख्यामा मानव सागर उतारिरहेको बुझिएको छ । विभिन्न क्षेत्रबाट माओवादी गणराज्य घोषणाको कार्याक्रम शान्ति प्रक्रिया विपरित भएको भनी खण्डन भइरहेको अवस्थामा माओवादीले २२ बुदे शान्ति सम्झौता एव अन्तरिम संविधानको भावना अनुरूप राजनीतिक रूपमा मात्र गणराज्य घोषणा गरिएको बताउदै आएको छ ।

यस्तै उसले कोचिला, लिम्बुवान, सेती-महाकाली, थरूहट र हिजो शेर्पा र किरात गणराज्य घोषणा गरिसकेको छ ।

३८ सदस्य सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री कोपेनहेगन प्रस्थान

काठमाण्डौ, २९ मंसिर- डेनमार्कको राजधानी कोपेनहेगनमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ३८ सदस्य सरकारी टोलीको नेतृत्व गर्दैर् प्रधानमन्त्री माधव कुमार नेपाल आज त्यस तर्फप्रस्थान गरेका छन्

प्रधानमन्त्रीका साथमा पत्नी गायत्री, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्त, प्रेस सल्लाहकार विष्णु रिजाल, विदेश मामिला सल्लाहकार राजन भट्टर्राई साथै सभासद, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुङ्गेल, जना पत्रकार, मुख्य सचिव परराष्ट्र मन्त्रालयका केही अधिकारीहरू प्रधानमन्त्रीका दुई अंग रक्ष्ँक रहेका छन् कोपेनहेगन प्रस्थान गर्नु अघि सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री माधव कुमार नेपालले जारी गतिरोध सहमतिबाटै अन्त्यहुनेमा विश्वास व्यक्त गरेका छन् त्यस्तै उनले कोपेनहेगन सम्मेलनमा जलवायु परिवर्तनले पारेको प्रभावको बारेमा विश्व समुदायको ध्यानआकर्षा गराउने समेत बताए विश्वका सवै राष्ट्र प्रमुख सरकार प्रमुख उपस्थित हुने उक्त सम्मेलनमा नेपालले आगामी बुधबार शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् सम्मेलनमा उनले मिनेट सम्म बोल्न पाउने समय पाएका छन्

भोली सम्म साझा संकल्प प्रस्तावलाई अन्तिम रूप दिन प्रमुख तीन दल सहमत

काठमाण्डौ, २९ मंसिर- राजनीतिक निकास का लागि केही दिन अघि गठित तीन दलीय कार्यदलले तयार पारेको साझा संकल्प प्रस्तावलाई भोली सम्म अन्तिम रूप दिन प्रमुख तीन दल सहमत भएका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज विहान बसेको प्रधानमन्त्री माधव कुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काग्रेस कार्यबाहक सभापति शुशिल कोइराला सहितको प्रमुख तीन दलीय शिर्ष नेताको बैठकले आलंकारी राष्ट्रपति र मन्त्रीपरिषदले आगामी दिनमा यस्ता गल्ती नदोर्र्‍याउने शब्द राखिन लागेको बैठकमा सहभागी एमाले महासचिव इश्वर पोखरेलले बताउनु भएको छ । त्यस्तै बैठकले भोली एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड र काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले बीच हुने संयुक्त बैठकले साझा संकल्प प्रस्तवलाई अन्तिम रूप दिइने बताइएको छ ।

सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम असंवैधानि भएको भन्दै माओवादीले कुनै पनि हालतमा संसदमा प्रस्तुत गर्न लागिएको संकल्प प्रस्तावमा राष्ट्रपतिलाई कहिनै कहि दोषी देखाउनुपर्ने अडान राखिरहेको बेला उसले साङकेतिक रूपमा मात्र राष्ट्रपतिको कदम गल्ती भएको औलाएको कारण गतिरोध अन्त्य हुने सम्भावना बढेको छ । त्यस्तै बैठकपछि माओवादीका उपनेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूसंग कुरा गर्दै भोली सम्ममा राजनीति निकास निस्कनेमा आफुहरू विश्वस्त रहेको बताए ।

माओवादीको गणराज्य घोषणाको कार्याक्रम आज पनि रोकिएन, शेर्पा र किरात घोषणा गरिदै

काठमाण्डौ, २९ मंसिर- गणराज्य घोषणाको कार्याक्रम शान्ति प्रक्रिया विपरित भएको भन्दै सवत्र विरोध भई रहेको अवस्थामा माओवादीले आज तेस्रो पटक पनि गणराज्य घोषणाको कार्याक्रमलाई निरन्तरता दिएको छ ।

आज माओवादीले सोलुखुम्बुको सल्लेरीमा शेर्पा गणराज्य घोषणा गर्नुको साथै खोटाङमा किरात गणराज्य घोषणा गर्दै छ । सोलुखुम्बुको सल्लेरीमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले शेर्पा गणराज्य र खोटाङको दिक्तेलमा महासचिव रामवहादुर थापाले किरात गणराज्य घोषणा गर्ने कार्याक्रम रहेको माओवादीले जनाएको छ । १४ वटा गणराज्य घोषणाको तयारीमा रहेको माओवादीले यस अघि गत २६ गते कोचिला र लिम्बुवान गणराज्य घोषणा गर्नुको साथै हिजो सुदुर पश्चिममा सेती-महाकाली र थरूवान गणराज्य घोषणा गरिसकेको छ ।

Saturday, December 12, 2009

प्रधानन्यायधिसद्धारा सपथ ग्रहण,न्याय क्षेत्रलाई भष्ट्रचारबाट मूक्त बनाउने प्रतिबद्धता व्यक्त


काठमाण्डौ, २८ मंसिर- संवैधानिक परिषदको सिफारिसमा गएको हप्ता प्रधानन्यायधिसका लागि सिफारिस गरिएको अनुपराज शर्माले आज राष्ट्रपति डा. रामवरण यादवसमक्ष आफ्नो पद गोपनियतको शपथ ग्रहण गरेका छन्

निवर्तमान प्रधानन्यायधिस मिन बहादुर रायमाझीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछी शर्माको नाम प्रधान न्यायधिसका लागि उनी चुनिएका हुन सितल निवासमा आज विहान आयोजित एक समारोहमा राष्ट्रपति यादवले उनलाई सपथ ग्रहण गराएका थिए शपथ लिएपश्चात शर्माले आफ्नो कार्यकाल अत्यन्त छोटो भएको भन्दै सकभर न्याय क्षेत्रलाई भष्ट्रचारबाट मूक्त बनाउने प्रतिबद्धता गर्नुको साथै एक साता भित्र नया न्यायिक रणनीति समेत र्सार्वजनिक गर्ने समेत बताएका उनको कार्यकाल आगमी चैतमा सकिदै

Thursday, December 10, 2009

माओवादीले दुई गणराज्य घोषणा गर्दै

काठमाण्डौ, २६ मंसिर- तेस्रो चरणको आन्दोलनमा उत्रेको एकिकृत माओवादीले आज दुई वटा गणराज्य घोषणा गर्दै छ ।


माओवादीका अनुसार आज पूर्वका तीन जिल्ला मोरङ्ग, सुनसरी र झापा लाई मिलाएर कोचिला गणराज्य घोषणा गर्ने कार्याक्रम रहेको जनाएको छ त्यस्तै लिम्बुहरूको बाहुल्य रहेको उत्तर पूर्व धनकुटा, तेह्रथुम क्षेत्रलाई लिम्बुवान गणराज्य घोषणा गर्ने बताएको छ । गणराज्य घोषणाका लागि आज विहानै माओवादीका सचिवालय सदस्यहरू त्यसतर्फलागि सकेका छन् । झापाको विर्तामोडमा कोचिला राज्य घोषणा गर्न माओवादी पोलिटव्यूरो सदस्य नेत्रविक्रम चन्द विप्लब त्यहा पुगिसकेका छन् । त्यस्तै लिम्बुवान गणराज्य घोषणा गर्न जनार्दन शर्मा र देब प्रसाद गुरूङ पनि तेह्रथुम पुगिसकेका छन् ।

आज बाट सुरू विभिन्न १४ वटा गणराज्य घोषणा गर्न लागेको माओवादीले भोली शनिबार सुदुर पश्चिमको सेती महाकाली गणराज्य दिपायलमा र थरूवानको नेपालगञ्जमा घोषणा गर्दै छ । त्यस्तै उसले क्रमश मंसिर २८ गते किरात गणराज्यको खोटाङमा र शर्पाको सोलुखुम्बुको सल्लेरीमा घोषणा गर्ने बताएको छ । यस अघि केही हप्ता पहिले पार्टीको निर्णय विपरित माओवादीका नेता गोपाल किरातीले किरात गणराज्य घोषणा गरेका थिए । त्यस्तै मंसिर २८ गतै नै भेरी कर्ण्ाालीको जुम्लामा, ३० गते भोटे लामाको हुम्लामा साथै पुस १ गते ताम्सालिङको काभ्रेमा र नेवाःगणराज्यको काठमाण्डौमा घोषणा गर्दै छ । साथै पुस २ गते तमुवानको पोखरामा र मगरातको पाल्पामा गणराज्य घोषणा गर्दै छ ।

सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम असंवैधानिक कदम सच्चिनुपर्ने लगायत नागरिक सर्वोच्चता कायम हुनुपर्ने माग राख्दै गएको ७ महिना देखि आन्दोलनरत माओवादीले आफ्नो दोस्रो चरणको आन्दोलनमा गणराज्य घोषणा गर्ने बताएतापनि विभिन्न अन्तराष्ट्रिय समुदायको दवावका कारण गणराज्य घोषणाको कार्याक्रम तत्काललाई स्थागित गरेको थियो ।







त्रिविको ३५ औ दीक्षान्त समारोह आज, ६ हजार ४ सय ४० विद्यार्थी दीक्षीत हुदै

काठमाण्डौ, २६ मंसिर- त्रिभुवन विश्वविद्यालयले आज आफ्नो ३५ औ दीक्षान्त समारोह आयोजना गर्दै छ ।

नियमित तर्फ५ बर्ष हुन लागेको आजको दीक्षान्त समारोहमा नियमित तर्फ६ हजार ४ सय ४० विद्यार्थी दीक्षीत हुने बताइएको छ । स्नातक तहका ५ हजार ७० विद्यार्थी, स्नातोकत्तर तहका १ हजारर ३ सय ५८ र पिएचडी तर्फा १२ विद्यार्थी दीक्षीत हुने विश्वविद्यालयका प्रवक्ता सुरेन्द्र अमात्यले जानकारी दिएका छन् । त्यस्तै उनले आज दिउसो २ बजे सुरू हुने उक्त समारोहमा विश्वविद्यालयका कुलपतिको समेत रहेका प्रधानमन्त्री माधव कुमार नेपालले विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गर्ने कर्याक्रम रहेको बताएका छन् ।

Wednesday, December 9, 2009

सरकारको निर्णय प्रति माओवादीले कडा प्रतिवाद गर्ने

काठमाण्डौ, २५ मंसिर- मन्त्री परिषदको बुधबारको बैठकले कैलाली घटनामा माओवदीले शान्ति सम्झौता उल्घंनको गरेको आरोप लगाएको प्रति माओवादीले सरकारको त्यस कदम विरूद्ध कडा प्रतिवाद गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास नयाबजारमा आज बसेको माओवादी पदाधिकारीको बैठकले प्रधानमन्त्री माधव कुमार नेपाल संग केही दिन अघि अध्यक्ष पुष्पकमल दाहालले गरेको वार्ता विपरित निर्णय आएको भन्दै माओवादीले सरकारको सो निर्णय प्रति कडा आपत्ती जनाएको छ । बैठक पछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै माओवादीका उपनेता नारायणकाजी श्रेष्ठले मन्त्रीपरिषदको हिजो निर्णय अस्वभाविक भएको भन्दै माओवादीले त्यसको कडा प्रतिवाद गर्ने बताए । साथै उनले यस विषयमा प्रधानमन्त्री संग सर्म्पर्कको प्रयास समेत भइरहेको बताए ।

प्रधानन्यायधिसमा अनुपराज शर्मा सर्वसम्त


काठमाण्डौ, २५ मंसिर- आज विहान बसेको संसदीय सुनुवाई विशेष समितिले नया प्रधानन्यायधिसमा अनुपराज शर्माको नाम र्सवसम्मतले अनुमोदन गरेको छ ।

गत साता संवैधानिक परिषदको बैठकले प्रधानन्याधिसमा शर्माको नाम प्रस्ताव गरेपछी आज बिहान बसेको समितिको बैठकले प्रधानन्यायधिमा नियुक्तिका लागि उनको नाम र्सवसम्मतले अनुमोदन गरेको हो । उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका बर्तमान प्रधानन्यायधिस मिनबहादुर रायामाझीको आगमी मंसिर २७ गते बाट पदावधी सकिने लागेको बेला शर्मा नया प्रधानन्ययाधिसका लागि चयन भएका हुन । शर्मा विरूद्ध ३ वटा उजुरी परेको कारण करिब १ घण्टा सम्म समितिमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए ।
त्यस्तै उनले सुनुवाई समतिमा बोल्दै नेपालको संघीय प्रणाली अनुसार भरतीय मोडलको न्यायप्रणाली उपयुक्त हुने बताएका छन् । आफ्नो कार्यकाल अत्यन्त छोटो भएको भन्दै शर्माले महत्वकाक्षी योजना बनाउने भन्दा केही नया बाटोको लिक बनाउने तर्फआफु लागिपर्ने बताए । शर्माको नाम राष्ट्रपति समक्ष पुगेपछी उनलाई राष्ट्रपतिले सपथ गराएपछी उनी वैधानिक रूपमा प्रधानन्यायधिसममा नियुक्त हुने छन् ।

६१ औ अन्तराष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि विविध कर्याक्रम गर्दै मनाईदै

काठमाण्डौ, २५ मंसिर- विविधतालाई आत्मसाथ गरौ विभेदलाई अन्त्य गरौ भन्ने मूल नारा सहित आज ६१ औ विश्व मानवन अधिकार दिवस नेपालमा पनि विविध कार्याक्रम गर्दै मनाईदै छ ।

आज भन्दा ६१ बर्षपहिले सन् १९४८ १० डिसेम्बरका दिन मानिसले पाउनुपर्ने न्यूनतम अधिकार विषयमा वकालत भएपछी विश्वव्यापी मानवअधिकारको घोषणा पत्र जारी गरिएको थियो । त्यस्तै यता गएको तिन दिन देखि ६१ औ विश्व मानव अधिकार दिवसको सर्न्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले राजधानीको कमलादी स्थित प्रज्ञा भवनमा मानव अधिकार महा भेला आयोजन गरेको छ । भेलाले विभिन्न सास्कृतिक कर्याक्रम गर्नुको साथै आज विहान र्‍याली समेत निकालेको छ भने आज अपरान्ह मानव अधिकार घोषाण पत्र जारी गर्दै महा भेला सम्मपन्न गरिने आयोजकले जानकारी दिएको छ ।

दिवसका अवसरमा विज्ञप्ती निकाल्दै राष्टि मानव अधिकार आयोगका अध्यक्ष केदार नाथ उपाध्यायले सरकार मानव अधिकारका विषयमा गम्भिर हुन नसकेको साथै द्धन्द्धकालमा बेपत्ता पारिएका ८ सय ३५ जनाको स्थिती अहिले सम्म र्सार्वजनिक गर्ने तर्फसरकारको ध्यान नगएको बताएका छन् ।

Tuesday, December 8, 2009

माओवादीले शान्ति सम्झौता उल्घन गरेको सरकारको ठहर, १३ सदस्य सुकुम्बासी समस्या समाधान आयोग गठन

काठमाण्डौ, २४ मंसिर- आज विहान बसेको मन्त्री परिषदको बैठकले माओवादीले शान्ति सम्झौता उल्घन गरेको ठहर गरेको छ ।

बैठकका बारेमा जानकारी दिदै सरकारका प्रवक्ता एव सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलले सुकुम्बासी समस्यालाई हल गर्न गोपाल माणी गौतमको अध्यक्षतामा १३ सदस्य सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको जानकारी दिएका छन् । त्यस्तै आजको मन्त्रीपरिषदको बैठकले गणतन्त्र घोषणपछी पूर्व राजा ज्ञानेन्द्रले तिर्नुपर्ने सम्पूर्ण कर असुल्ने निर्णय समेत गरेको उनले बताएका छन् । साथै माओवादीले शान्ति सम्झौता उल्घंन गरेको विषयलाई अन्तराष्ट्रिय समुदायलाई लक्षित गरी अनमिन, संयुक्त राष्ट्र संघ लगायतको ध्यानकर्षा गर्ने गरी गृह, रक्षा र परराष्ट्र मन्त्रालयलाई आफ्नो कार्य थाल्न सरकारले निर्देशन समेत दिएको पोखरेलले बताएका छन् ।

बैठकले नेपाली सेनाका साहायक रथी महेश विक्रम कार्कीको पदावधि थपगर्ने तथा प्रधानसेनापति छत्रमान सिह गुरूङलाई भारतको मानार्थ सेनापतिको उपाधी लिन स्वीकृति समेत दिएको छ । त्यस्तै मधेस आन्दोलनमा घाइते भएका तथा मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति का लागि तत्काल २ करोड रूपैया निकासा गर्ने निर्णय समेत भएको छ ।
साथै नियूक्ति तर्फ सरकारले सास्कृतिक संस्थानको अध्यक्षमा ध्रव प्रसाद रिजाललाई चयन गरिएको छ । साथै गएको बर्षबजेटमा व्यवस्था भएबमोजिम विधवा, दलित गैर दलित विवाहलाई प्रोत्साहन गर्ने निर्देशिका समेत आजको मन्त्री परिषदको बैठककले स्वीकृत गरेको छ ।

धामीको रिहाइको लागि विद्यार्थीद्धारा प्रदर्शन,आधा दर्जन प्रहरी हिरासतमा


काठमाण्डौ, २४ मंसिर- आफ्नै सहकर्मीबाट बलकृत प्रहरी सुन्तली धामीलाई रिहाइ गर्नु पर्ने माग राख्दै पद्यकन्या क्याम्पसका विद्यार्थीहरूले आज पुतली सडक क्षेत्रमा प्रदर्शन गरेका छन् ।

केही दिन देखि नजरबन्दमा रहेकी सुन्तली धामीलाई भेट्न पद्यकन्य क्याम्पसकी स्वविय सभापति सहितको एक टोलीलाई मंगलबार प्रहरी अस्पताल महाराजगञ्जका प्रहरीले दुर्बव्यवहार गरी हिरासतमा लिएको विरोधमा आज उनीहरूले प्रदर्शन गरेका हुन । हिजो बेलुकी हिरासतमा लिएतापनि केही समय पछी उनीहरूलाई मूक्त गरिए पनि विरोध स्वरूप उनीहरूले आज पुतलीसडक मुख्य चोकमा पुन प्रदर्शन गरेका थिए । प्रदर्शन क्रममा दरबारमार्ग प्रहरीको टोलीले पद्यकन्या क्याम्पसकी स्ववियु सभापति स्वस्तिका पोखरेल लगायत आधा दर्जन महिला विद्यार्थीलाई पक्राउ गरेको छ ।

तोकिएको समयमा संविधान निर्माण गर्नु अहिलेको आवश्यक्ताः राष्ट्रपति


काठमाण्डौ, २३ मंसिर- राष्ट्रपति डा रामबरण यादबले तोकिएकै समयमा लोकतान्त्रिक संविधान निर्माण गर्नुनै अहिलेको आवश्यक्ता रहेको बताएका छन् ।

६१ औ अन्तराष्ट्रिय मानवअधिकार दिवसको सर्न्दर्भमा राजधानीमा आज बाट सुरू मानव अधिकार महा भेलाकोको उदघाटन गर्दे राष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई लाई संस्थागत गर्नु अपरिहार्य रहेको भन्दै दलहरूलाई ६ महिना भित्र संविधान निर्माण गर्न आग्रह समेत गरेका छन् । मानव अधिकार केबल नारामा मात्र सिमित नरहोस भन्दै राष्ट्रपति यादवले मानव अधिकार धनी र गरिवका सवैका लागि उत्तीकै रहेको र भौतिक र आर्थिक रूपमा सवैले मानव अधिकार महसुस गर्न पाए मात्र यसले र्सार्थकता पाउने बताएका छन् ।

त्यस्तै महाभेला उदघाटनका क्रममा बोल्दै राष्ट्रिय मानव अधिकार अयोगका अध्यक्ष केदारनाथ उपाध्यायले नेपालको मानव अधिकारले खासै उपलब्धी हासिल गर्न नसकेका बताए, उनले गल्तीलाई यसको दोष र त्यसको दोष नभनिकन भविष्यमा यस विषयमा गल्ती नहोस भन्ने हिसावले अगाडी बढेमा नेपालमा मानव अधिकारले समति गति लिने बताए । त्यस्तै महा भेला उदघाटनमा पूर्व सभामुख दमननाथ ढुङ्गगाना, मानव अधिकार आयोगका पूर्व सदस्य पद्यमरत्न तुलाधार, सुदिप पाठक, कपिल श्रेष्ठ लागायतकाले समेत बोलेका थिए ।


Monday, December 7, 2009

एकिकृत माओवादीद्धारा भोलीको यातायात बन्दको कार्याक्रम फिर्ता

काठमाण्डौ, २३ मंसिर- माओवादीले भोली गर्ने भनेको यतायात बन्दको कार्याक्रमलाई स्थगित गरेको छ ।
यस अघि तेस्रो चरणको आन्दोलनलाई सहयोग पुर्र्‍याउने उद्देश्य अनुरूप अखिल नेपाल ट्रेड यूनियन हमासंघले भोली कलकारखाना र यातायात हडतालको कार्याक्रम घोषण गरेको थियो । पार्टी केन्दि्रय कार्यालय पेरिस डाडामा आज बसेको माओवादी स्थायी समितिको बैठक अनुरूप संयूक्त राष्ट्रि जनआन्दोलन समितिका अध्यक्ष डा बाबुराम भट्टराईले प्रेस विज्ञप्ती जारी गर्दै

मंसिर २४ गते जनताको परम्परा अनुसार विवाहको लगन दिन परेकाले यातायात बन्द नगरिदिन जनताहरूबाट सुझाव आएको र मानव अधिकार राष्ट्रिय महाभेला समेत परेकाले यातायता बन्दको कार्याक्रमलाई स्थागित गरी कलकारखाना र उद्योगधन्द मात्र बन्द गर्ने बताएका छन् ।

यस्तो छ प्रेस विज्ञप्ती

राष्ट्रपतिको असंवैधानिक कदमको खारेजी र नागरिक सर्वोच्चता कायम गर्न तेस्रो चरणको सङ्घर्ष चलिरहेको छ। सङ्घर्षकै क्रममा मङ्सिर २४ गते अखिल नेपाल ट्रेडयुनियन महासंघको यातायात, कलकारखाना बन्दको कार्यक्रम रहेको छ। उक्त दिन जनताको परम्पराअनुसार विवाहको लगन दिन परेकोले यातायात बन्द नगरिदिन जनताहरूबाट सुझाव आएको र मानवअधिकार राष्ट्रिय महाभेला पनि परेको हुनाले संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल केन्द्रीय कार्यालयबाट मङ्सिर २४ गते यातायात बन्द स्थगित गरी कलकारखाना र उद्योगधन्दा मात्र बन्द गर्न सल्लाह दिएको छ।

मिति : २०६६ मङ्सिर २४ गते


बाबुराम भट्टराई
( अध्यक्ष )

प्रमुख तीन दलीय कार्यदलको बैठक सिहदरबारमा जारी

काठमाण्डौ, २३ मंसिर- भोली सम्म जारी राजनीतिक गतिरोध अन्त्य गर्न निर्माण गरिएको प्रमुख तीन दलीय कार्यदलको बैठक सिहदरबार स्थित शान्ति मन्त्रालयमा बसिरहेको छ ।

तीन पार्टीबाट दुई-दुई जना सदस्य रहने गरी गठन गरिएको उक्त कार्यदलले संसदमा प्रस्तुत गर्न लागिएको साझा संकल्प प्रस्तावका विषयमा टुङ्गो लगाउने बताइएको छ । कार्यदलका एक सदस्य भरतमोहन अधिकारीका अनुसार उक्त बैठकले भरसक आजै ठोस निर्णय निकाल्न सक्ने बताएका छन् । दुई दिन भित्र गतिरोध अन्त्य गर्ने उद्देश्य अनुरूप हिजो सोमाबर माओवादी काग्रस र एमालेका तर्फबाट दुई-दुई जना रहने गरी कार्यदल गठन गरेको थियो । कार्य दलमा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र देब गुरूङ रहेका छन त्यस्तै काग्रेसका तर्फबाट अर्जुन नरहिस केसी र कृष्ण सिटौला रहेका छन् भने एमालेको तर्फाट भरतमोहन अधिकारी र भीम रावल छन् । गतिरोध अन्त्य गर्नका लागि तयार हुन लागेको साझा संकल्प प्रस्तावमा माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमको विषयलाई कुनै पनि तरिकाले सम्बोधन गर्नु पर्ने बताएको छ भने काग्रेसले राष्ट्रपतिलाई आक्षेप लगाएर संकल्प प्रस्ताव लैजान नमिल्ने अडान राखेको छ ।

राष्ट्रपति र काग्रेस नेता बीच महत्वपूर्ण छलफल हुदै

काठमाण्डौ, २२ मंसिर-राष्ट्रपति डा. रामबरण यादव संग आज काग्रेसका प्रभावशाली नेताले भेट गर्दै छन् ।

अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा हुने भनिएको उक्त भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बुझिएको छ । जारी राजनीतिक गतिरोध अन्त्य गर्नेका लागि हुने भनिएको उक्त भेटवार्तामा काग्रेसका मुख्य सचेतक लक्ष्मण प्रसाद घिमिरे, काग्रेस महामन्त्री केबी गुरूङ, विनयध्यज चन्द र काग्रेस केन्दि्रय सदस्य गोबिन्द राज जोशी लगायतका दर्जन प्रभावशाली नेता रहेका छन् । त्यस्तै यो भेटलाई कतिपय राजनीतिक विश्लेशकले महत्वपूर्ण रूपमा हेरेको बताएका छन् ।

गतिरोध अन्त्य गर्न सभामुख सक्रिय

काठमाण्डौ, २२ मंसिर- जारी राजनीतिक गतिरोध अन्त्य गराउन संविधान सभा अध्यक्ष एव् सभामुख सुवास चन्द्र सक्रिय भएका छन्

बेलैमा नया संविधान निर्माण गर्न तथा राजनीतिक सहमतिका लागि संविधानसभा भवन स्थित उनकै कार्यकक्षमा आज प्रमुख तीन दलका सचेत र प्रमुख नेता लाई बोलाई छलफल गरेका छन् । छलफलमा प्रधानमन्त्री माधव कुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल सहभागी हुनुको माओवादी उपनेता नारायण काजी श्रेष्ठ, माओवादीका मुख्य सचेतक पोष्ट बहादुर बोगटी, काग्रेसका मुख्य सचेत लक्ष्मण घिमिरे, एमालेका भीम आचार्य र अग्नी खरेल समेत सहभागी थिए । बैठक पछी सञ्चारकर्मीहरूसंगै बोल्दै माओवादी अध्यक्ष प्रचण्डले तोकिएकै समय भित्रै संविधान लेख्न आफुहरू प्रतिवद्ध रहेको बताए ।

Sunday, December 6, 2009

संवैधानिक परिषदको बैठक आज पनि स्थगित

काठमाण्डौ, २२ मंसिर- आज बस्ने भनिएको संवैधानिक परिषदको बैठक पुन स्थगित भएको छ ।

परिषदमा रहेका सदस्य एव विपक्षी दलका नेता पुष्पकमल दाहाल अनुपस्थित भएपछी आजको बैठक स्थगित भएको हो । लामो समयदेखि कार्यवाहकको रूपमा चल्दै आएका विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको टुङ्गो लगाउनका लागि बोलाइएको उक्त बैठक आज सुद्ध गरी सातौ पटक स्थगित भइसकेको हो । बैठकमा सहभागि हुनका निम्ति प्रधानमन्त्री माधव कुमार नेपालले माओवादी अध्यक्षलाई हिजै उनकै निवासमा भेटी र फोन मार्फत समेत सहभागी हुन आग्रंह गरेका थिए ।

उच्च मावि सम्मका सम्पूर्ण विद्यालय बन्द

काठमाण्डौ, २२ मंसिर- एकिकृत माओवादी निकट अखिल नेपाल शिक्षक संगठनले आज देशभरिका उच्चमावि सम्मका सम्पूर्ण निजी तथा सरकारी विद्यालयमा पठनपाठन ठप्प पारेका छन् ।

सरकार संग विगतमा भएका सहमति पालना नभएको, शिक्षकको सुरक्षा नभएको र समयानुकुल सेवा सुविधा थपनगरिएको भन्दै संगठनले देश भरिका विद्यालय र उच्चमावि बन्द गराएको जनाएको छ । बन्दका कारण विहानी सत्रको विद्यालयको पर्ढाई भएतापनि दिवा पर्ढाई भने कही पनि भएका छैनन् । जसका कारण लाखौ विद्यार्थीहरू आजको पर्ढाई बाट बञ्चित भएका छन् । संगठनका अध्यक्ष गुणराज लोहनीका अनुसार माउ पार्टीको तेस्रो चरणको आन्दोलनलाई साथ दिनका निम्ति यो आन्दोलनले समेत साथ दिएको बताएका छन् ।

Thursday, December 3, 2009

मन्त्रीपरिषदको बैठक सम्पन्न, १० बुदे सगरमाथा घोषणपत्र जारी

काठमाण्डौ, १९ मंसिर- संसारकै अग्लो स्थानमा पहिलो पटक मन्त्री परिषदको आजको बैठकले १० बुदे सगरमाथा घोषण पत्र जारी गरेको छ ।

समुद्र सतहबाट करिब ५ हजार २ सय ४२ मिटर उचाईमा सगरमाथाको आधार शिविर कालापत्थरमा बसेको उक्त बैठकका औपचारिक जानकारी दिन स्याङबोचेमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधव कुमार नेपालले १० बुदे सगरमाथा घोषणा पत्र जारी गरेका छन् ।

घोषणा पत्रमा जलवायु परिवर्तनका दृष्टिले जोखिमा रहेका पर्यावरणिय हिम क्षेत्रलाई संरक्षीत क्षेत्र घोषण गर्ने, जलवायु परिवर्तनले उत्पन्न गरेको परिस्थितीबाट गरिव सिमान्तकृत नेपाली जनाता, महिला तथा बालबालिका प्रति पर्ने असरका विषयमा जनचेतना अभियान सञ्चालन गर्ने , कृषि क्षेत्रमा असरका विषयमा पूर्व सूचना प्रणालीलाई विकास गरने, पर्वतीय पर्यावरणीयलाई संरक्षण गर्ने क्रममा २० प्रतिशत भुभाग ओगटेको बाके राष्ट्रिय निकुञ्जलाई २५ प्रतिशतले बढाउने साथै अपिनाप्पा र गौरीशंकर हिम क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्नुको साथै बन क्षेत्रलाई थप विस्तार गर्दै लैजाने, जलवायु परिर्वतन बाट जलस्रोत, कृषि लागयत मानव क्षेत्रमा परेको असर अनुरूप आगामी शनिबार जलवायु पर्रवर्तन सम्बन्धी केपन हेगनमा हुने विश्वसम्मेलनमा विकसित राष्ट्रहरूले १।५ प्रतिशतले जलवायु परिवर्तन अनुदान कोषमा रकम जम्मा गर्नु को साथै हरितगृह लगायत हिमालयमा पर्नेअसर कम गर्न र हरित गृह उर्त्र्सजन कम गर्राई हरित गृहबाट असरमा परेका राष्ट्रहरूलाई क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गर्ने लगायत हिम गलन सम्बन्धी विषयमा प्रशिक्षण समेत दिइने लगायतका विषयमा प्रधानमन्त्रीले घोषणा पत्र जारी गरेका छन ।

विश्वको ध्यान केन्दि्रत गर्ने उद्देश्य अनुरूप मन्त्री परिषदको बैठकका लागि २४ सदस्य मन्त्री मण्डलका विभिन्न सदस्य सहित चिकित्सक, विभिन्न सरकारी अधिकारीहरू र करिब ८० को संख्यमा स्वदेशी र विदेशी पत्रकार एव सञ्चारकर्मीहरू हिजो स्याङबोचे पुगेका थिए । मन्त्रीहरू केही समय पछी सेना, तथा निजि विमान कम्पनीका हेलिकप्टर मार्फत केही बेरमा काठमाण्डौ आईपुग्ने कार्याक्रम रहेको छ ।


राजनीतिक रूपमा मात्र गणराज्य घोषणा गरिएको प्रचण्डको स्पष्टोक्ति

काठमाण्डौ, १८ मंसिर- एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक रूपमा मात्र आफ्नो पार्टीले गणराज्य घोषणा गर्न लागेको बताएका छन्

नेपाल एफ एम नेटवर्क को छैठौ बाषिर्कोत्सव कार्याक्रमा बोल्दै अध्यक्ष प्रचण्डले विगतमा माओवादीका तर्फबाट भएका गल्तीलाई आफ्नो पार्टीले सच्याउन तयार रहेको तर सेनापति प्रकरणमा राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न बाध्य पार्ने अन्य दलहरूले पनि आफ्नो गल्तीलाई स्वृकार गर्नु पर्ने बताएका छन् । गणराज्य घोषणा केबल प्रचारात्मक र सुनिश्चितताको लागि मात्र भएको भन्दै दाहाले समानान्तर सरकार चलाउने पक्षमा माओवादी नरहेको स्पष्ट पारेका छन् । संघीयता प्रति अन्य राजनीतिक दलप्रति आफुहरू विश्वस्त नरहेकाले गणराज्य घोषणा कार्याक्रम गर्न आफुहरू बाध्य भएको बताएका छन् । जारी राजनीतिक गतिरोध अन्त्यका लागि दलहरूबीच शंका स्थिती तत्काल अन्त्य हुनुपर्नेमा उनको जोड थियो । त्यस्तै कार्याक्रममा उपस्थित भएका एमाले अध्यक्ष झलनाथ खनालले दलहरू आत्मकेन्दि्रत रहेकाले थप समस्या उत्पन्न भएको बताएका छन् । संघीयताको परिभाषा दलहरूले आ-आफ्नै ढङ्गले दिएकाले यस विषयमा विवाद उत्पन्न भएको खनालले बताएका छन् ।

त्यस्तै कार्याक्रममा बोल्दै नेपाली काग्रेसका कार्यावाहक सभापति शुशिल कोइरालाले तत्काल सवैदल संवेदनशिल भएर अगि बढ्नु पर्नेमा जोड दिएका छन् । गतिरोध अन्त्य गर्नका लागि उनले उच्च स्तरिय राजनीतिक संयन्त्रको पहिलो प्रस्ताव नेपाली काग्रेसलेनै राखेकाले राष्ट्रपतिलाई कुनै पनि आक्षेप नलगाईकन सहमति गर्न काग्रेस हरदम तयार रहेको बताएका छन् ।

Wednesday, December 2, 2009

१८ औ विश्व अपाङ्ग दिवस विविध कार्याक्रम गर्दै मनाइदै

काठमाण्डौ, १८ मंसिर- अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको प्रत्याभुति सहस्राबदी विकास लक्ष्यमा हुनपर्छ यसको अनुभुति भन्ने नाराका साथ आज विविध कार्याक्रम गर्दै १८ औ विश्व अपाङ्ग दिवस मनाइदै छ ।

अपाङ्ग दिवसकै अबसरमा राष्ट्रिय अपाङ्ग महासंघले आज विहान र्‍याली समेत निकालेको छ । त्यस्तै राष्ट्रिय अपाङ्ग कोषले आज एक कार्याक्रमका बीच प्रतिभा पुरस्कार तथा सहयोग सामग्री वितरण समेत गर्ने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष बीरेन्द्र पोखरेलले प्रत्येक बर्ष यो दिवस मनाइएतापनि यस प्रति सरकार गम्भिर हुन नसकेको प्रति गुनासो ब्यक्त गरेका छन् । उनका अनुसार नेपालमा रहेका १० प्रतिशत अपाङ्गहरूले मात्र राज्यबाट उचित सुविधा तथा सहुलियत पाएका तर बाकी ९० प्रतिशतले अझै उपेक्षीत भएर बस्नु परेको बताएका छन् ।

सरसफाई र खानेपानीको पहुच बाट टाढा बस्नुपर्ने आपङ्गहरूको वाध्यतालाई सरकारले उचित तरिकाबाट सेवा सुविधान प्रदान गर्ननसकेको कारण सरोकारवालाहरूले समेत यस प्रति गुनासो व्यक्त गर्दै आएका छन् ।


कलाकारले गरे रगत दान


काठमाण्डौ, १७ मंसिर- नेपाल चलचित्र संघले बुधबार आयोजना गरेको रक्त दान कार्याक्रममा नेपाली सिने जगतका विभिनन कलाकारहरूले रगत दान गरेका छन् ।

चलचित्र क्षेत्रमा हुने सम्भावित दुर्घटनालाई मध्यनजगर गर्दै आयोजना गरिएको उक्त रक्तदान कार्याक्रममा नेपाली रजतपटका नायक धिरेन शाक्ले सबैभन्दा पहिले रगत दान गरेका थिए । त्यस्तै धिरेन शाक्य पछी अभिनेता सुनिल थापाले रगत दान गरेका थिए । १ सय ५० भन्दा बढी व्यक्तिले रगत दान गर्ने लक्ष्य सहित आयोजना गरिएको उक्त कार्याक्रममा सञ्चारकर्मी एव् निर्देशक दिनेश डिसी, लय संग्रौला, अभिनेत्री जेनी कुबर, संगिता मोक्तान निर्मात्री प्रज्ञा जोशी लगायतकाले रगत दान गरेका थिए ।

त्यस्तै तितो सत्यमा प्रधानमन्त्री माधव नेपालको भुमिकामा खेल्दै आएका चर्चित कलाकार कमल मैनालीले आफ्नो ५३ औ रेकर्ड लाई तोड्दै ५४ औ पटक रगत दान दिएर नया रेकर्ड कायम गरेका छन् । रगत दान सहित कलाकार भेटघाटसमेत भनिएको उक्त कार्याक्रममा अमेरिका बाट केही समय अगि फर्किएका हास्य कलाकार नारायण त्रिपाठी, अभिनेत्री सुभद्रा अधिकारी, शान्ति मास्के झरना थापा, गरिमा पन्त, दिपकराज गिरि, उत्तम केसी, भिम बहादुर थापा, लगायत थुप्रै कलाकारको उपस्थिति थियो ।


कसले कति पटक रगत दान गरे ?
कसले कति पटक रगत दान गरे भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा सबै भन्दा बढी ५४ औपटक कमल मैनालीले दिएका रहेछन् । त्यस्तै चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकले दुई बर्षअघि आफुले रगत दान दिएको र यो लागएर ५ पटक रगत दान गरिसकेको बताएका छन् । त्यस्तै सुनिल थापाले आफु १४ बर्षो उमेर हुदा पहिलो पटक रगत दान गरेको र त्यसपछी अहिले रगत दिएको बताएका छन् । हास्य शैलीमा उनले आफुलाई त चलचित्रमा सुटिङ गर्दा समेत कहिलै रगत दान दिएको अभिनय गर्नु नगरेको बताएका छन् । त्यस्तै नायक नबल खडकाले यो भन्दा तीन महिना पहिले आफ्नै गृह जिल्ला खोटाङकी मुटुरोगले पिडित एक महिलालाई रगत दान दिएको र यो सुद्ध छैठौ पटक आफुले रगत दान गरिसकेको बताए ।

त्यस्तै नायिकाको भिडमा जेनी कुबरले २०४५ सालमा पहिलो पटक रगत दान दिएको र यो अहिले गरेर १७ पटक रगत दान दिइसकेको बताइन् । त्यस्तै नायिका गरिमा पन्तले यतिका उमेर भईसक्यो अहिले सम्म आफुले रगत दान नगरेको बताइन् ।

Tuesday, December 1, 2009

संवैधानिक परिषदको बैठक स्थगित, अर्को बैठक आइतबार

काठमाण्डौ, १७ मंसिर- प्रमुख प्रतिपक्षी दल एकिकृत माओवादीका अध्यक्ष पुष्पकमद दाहाल पार्टीको आन्तरिक व्यस्थताका कारण अनुपस्थित भएपछी आज विहान साढे आठ बजे भनिएको संवैधानिक परिषदको बैठक अन्तिममा आएर स्थगित भएको छ ।

परिषदको बैठकमा एक जना अनुपस्थित हुदा बैठक सञ्चानलन गर्ने प्रवधान भएतापनि महत्वपूर्ण विभिन्न संवैधानिक निकायका पदाधिकारीको नियुक्ति गरिने भएकाले आजको बैठकलाई स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिएका छन् । लामो समय देखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग, महालेखा परिक्षक र महान्यायधिवक्ताका कार्यालय कार्यवाहकको रूपमा चल्दै आएका कारण उक्त बैठकले ती निकायमा नया पदाधिकारी चयन गर्ने भनिएको थियो । गएको समोबार बसेको परिषदको बैठकमा पनि माओवादी अध्यक्ष प्रचण्ड अनुपस्थित भएपछी प्रधानमन्त्री माधव कुमार नेपालले दाहाललाई टेलिफोन सर्म्पर्क गरी अनुपराज शर्माको र्समर्थन लिएर नया प्रधानन्यायधिसमा चयन गरिएको थियो ।

त्यस्तै परिषदकी अर्की सदस्य उपप्रधान एव परराष्ट्र मन्त्री सुजता कोइराला समेत अन्तिममा आएर बैठकमा उपस्थित हुन नसक्ने भएपछी आगामी आइतबार पुन बस्ने गरी बैठक स्थगित गरिएको हो ।

राजदुत भए मह जोडी


काठमाण्डौ, १६ मंसिर- मह जोडीको रूपमा नेपाली रजतपटका क्षेत्रमा ख्याती कमाएका कलाकार द्धोय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले एचआइभी एड्स २०१० अभियानका लागि राजदुतको भुमिका निर्वाह गर्ने जिम्मेबारी पाएका छन् ।

२२ औ विश्व एड्स दिवसको अबसरमा राजधानीको टुडिखेलमा आयोजीत एक कार्याक्रममा कलाकार मदन कृष्ण श्रेष्ठलाई प्रधानमन्त्री माधव कुमार नेपालले एचआइभी एड्स विरूद्ध राष्ट्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि साथै अर्का कलाकार हरिवंश आचार्यलाई एच आइभी एड्स रोकथाम, उपचार साथै मानव अधिकारको हितको निम्ति नेतृत्वदायी भूमिका खेल्न सदभावना राजदुतको सम्मान दिएका हुन । त्यस्तै एचआइभी एड्स नियन्त्रण गर्न र जनचेता फैलाउनका लागि तेस्रो लिङ्गीको तर्फबाट सन्ध्या लामालाई सदभावना राजदुतको नेतृत्वदायी भूमिका निर्वाह गर्ने
जिम्मेबारी दिइएको छ ।


सम्मान पछी बोल्दै कलाकार मदनकृष्ण श्रेष्ठले १७ बर्ष अगाडी देखि एड्स नियत्रण गर्ने तर्फआफुहरू लागेको बताएका छन् । त्यसतै हरिवंश आचार्यले धेरैपहिले देखि विभिन्न टेलिचलचित्र मार्फत एड्स सम्बन्धी विषय बस्तुलाई उठाएका कारण आज यो सम्मान मिलेको बताएका छन् । सम्मान पछी खुशी हुदै आचार्यले आफुलाई दिएको दायित्व १ बर्षभित्र पुरा गर्ने अठोट व्यक्त गरेका छन् ।