काठमाण्डौ, ९ पुस- दिगो शान्तिका लागि राष्ट्रिय सहमतिको कुनै विकल्प नभएको प्रमुख तीन दलका नेतालेले सहमतिलाई नै अगाडी बढाउनु पर्ने मा जोड दिएका छन् ।
४ महिना पछी बिहिबार बसेको संसदको बैठकमा बोल्दै प्रमुख तीन दलका शिर्ष नेता माओवादी अध्यक्ष प्रचण्ड, झलनाथ खनाल र राम चन्द्र पौडेलले नया संविधान निर्माण र दिगो शान्तिका लागि सहमतिमा जोड दिनु पर्ने बताए । गएको साउन २३ गते बाट बन्द रहेको संसद लाई माआवादीले एकपक्षीय रूपमा हिजो बाट खोलिदिने निर्णय गरेपछी सभामुखले आजको बैठक आहृवान गरेका थिए ।
संसदमा बोल्दै एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा बैदेशिक हस्तक्षेप बढ्दै गएका कारण सम्पूर्ण पार्टीले एक भएर राष्ट्रिय स्वाधिनताको प्रस्ताव सदन बाट पारित गर्नुपर्ने बताएका छन् । अध्यक्ष दाहालले भारतीय सेना प्रमुखले खुलेआम नेपाली जनताको र्सार्वभौमसत्ता माथि हस्तक्षेप गरेको भन्दै यस विषयमा सरकारले सिघ्र आफ्नो धारणा प्रस्तुत गर्नपर्नुमा जोड दिए । नेपालमा विदेश निति नभएका कारण बैदेशिक हस्तक्षेप बढेको भन्दै दाहालले तत्काल विदेश नितिको समेत आवश्यक्ता परेको बताए । गणतन्त्रको स्वतन्त्र विदेश निति नेपाललाई चाहिकाले राष्ट्रिय स्वाधिनता नभई नागरिक सर्वोच्चता समेत कायम हुन नसक्ने भन्दै उनले जतिसक्दो चाडो राष्ट्रिय स्वाधिनताको पक्षमा एक भई नया निस्कर्षमा पुग्न सम्पूर्ण दलहरूलाई आग्रहसमेत गरे ।
त्यस्तै एमाले अध्यक्ष झलनाथ खनालले संसदलाई सम्बोधन गर्दै राष्ट्रिय सहमतिको कुनै विकल्प नभएको बताएका छन् । उनले अन्तरिम संविधानको धारा ४३ लाई सम्पूर्ण दलहरूले आत्साथ गर्दै राष्ट्रिय सहमतिको मूल मन्त्रलाई सम्झनु पर्नेमा जोड दिए । खनालले राष्ट्रिय सहमतिको लागि सरकारले आफ्नो ठाउबाट महत्वपूर्ण भूमिका खेल्ने छ भनी विश्वास समेत व्यक्त गरेका छन् । शान्ति सम्झौता जुन रूपले गरिएको थियो सोही अनुरूप नरहेको भन्दै नया संविधान निर्माणका लागि एक दिन पनि शिर्ष नेताहरू छलफलमा नबसेको भन्दै गुनासो व्यक्त गरे ।
साथै नेपाली काग्रेसका उपसभापति राम चन्द्र पौडेलले विश्वासको कमि भएकाका कारण यस विषयलाई सयमित भएर अगाडी बढाउने पर्ने बताए । साथै नेता पौडेलले नागरिक सर्वोच्चताको अभ्यास तर्फबल्ल लागे जस्तो लागेको बताए । उनले सात महिना अघिको राष्ट्रपतिको कदम कोट्याउदै १८ दलको सहमतिमा राष्ट्रपतिलाई देशको सुरक्षा, शान्ति र आन्तरिक सुरक्षा अनि सविधानको भावनाको नाताले सो कदम चाल्न आग्रह गरेको बताए । सेना प्रमुख हटाउने प्रक्रिया अफैमा अपूर्ण रहेकाले राष्ट्रपतिले सच्चयाउनका लागि मात्र सो कदम गरेकाले राष्ट्रपतिले सविधान नमिचेको पौडेलले बताए । बुद्धिमता पूर्वक सेनालाई राजनीतिबाट टाढै राखेमा सवैलाई फाईदा पुग्ने भन्दै पौडेलले सहमतिमै शान्ति प्रक्रियालाई तार्किक निस्कर्षा पुर्र्याउनु पर्नेमा जोड दिए ।

No comments:
Post a Comment