Friday, December 25, 2009

संवैधानिक समितिको मतदान सम्पन्न, माओवादीका अधिकाशं प्रस्ताव अस्वीकृत


काठमाण्डौ, १० पुस- भावी संविधानमा दुरगामी असर पार्ने लगायत विभिन्न विषयगत समितिको मस्यौदा समेत बनाउने जिम्मा पाएको संवैधानिक समितिको निर्वाचन सम्पन्न भएको छ ।

समितिको कार्यालय सिहदरबारमा चार घण्टा लगाएर विभिन्न ९ बुदामा भएको उक्त मतदानमा माओवादीले प्रस्ताव गरेका अधिकाशं बुदा बहुमतले अस्वीकृत भएको छ । माओवादीले प्रस्ताव गरेको जनयुद्ध शब्द बहुतले पारित हुन सकेन, त्यस्तै मधेस आन्दोलन लेख्नुपर्ने मधेसबादी दलको प्रस्तावमा बहुमत पुगेको छ । माओवदीको जनयुद्ध राख्ने पक्षमा २० र विपक्षमा ३० मत परेको थियो भने मधेस आन्दोलन शब्दको पक्ष मा भने २९ र विपक्षमा २१ मत परेको थियो । मधेस आन्दोलनको पक्षमा माओवादीले र्समर्थन गरेको थियो भने माओवादीको जनयुद्ध राख्ने प्रस्तावलाई मधेसवादी दलहरूले र्समर्थन गरेका थिएनन् । त्यस्तै माओवादीले राष्ट्रिय झण्डा फेर्न राखेको प्रस्ताव समेत ध्वनीमतले नराख्ने व्यवस्था गरिएको छ । यध्यपी माओवादीले हिन्दु धर्मको प्रतिनिधित्व गरेको भन्दै विभिन्न राष्ट्रिय चिन्हहरू संविधानमा नराख्ने प्रस्ताव भने ध्वनी मतका आधारमा नराख्ने व्यवस्था गरिएको छ । यस अघि संविधानमा राष्ट्रिय चिन्हका रूपमा जनावरको रूपमा गाई, फूलमा लालिगुरास, पन्क्षीमा डाफे र रंङ्गमा सिम्रिक भनी उल्लेख गरिएको थियो ।

त्यस्तै संविधानमा एमाले- काग्रेसले भावी संविधानमा बहुलबाद राख्न गरेको प्रस्ताव समेत अस्वीकृत भएको छ भने बहुबादलाई संविधानको अपरिवर्तनिय धाराका रूपमा राख्ने विषयमा भने सो प्रस्ताव बहुमतले परित भएको छ । यध्यपी सो प्रस्तावलाई माओवादीले यस अघि विमति राख्ने जनाएको थियो । शुक्रबार अबेर सम्म भएको उक्त मतदानमा संघीयता, प्रेस स्वतन्त्रता, धर्म निरपेक्षतालाई संविधानको अपरिवर्तनिय प्रावधानको रूपमा राख्ने प्रस्ताव समेत ध्वनीमत बाट अस्वीकृत भएको छ भने संविधानको प्रस्तावमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी राख्नुपर्ने शब्दावली समेत अस्वीकृत भएको छ । यसको सट्टा समानुपातिक समावेशी भन्ने शब्द भने पारित गरिएको छ । त्यसैगरी संविधानको प्रस्तावनामा जनताको भन्ने शब्द बहुमतको आधारमा राख्ने निर्णय गरिएको छ भने समाजबादको अगाडी लोकतन्त्र राख्नुपर्ने शब्दलाई भने अस्वीकृत गरिएको छ । त्यस्तै सामन्तबादको सबै खाले अवशेषहरू अन्त्य गर्दै भन्ने शब्दावली बहुमतले पारित गरिएको छ ।


अपरान्ह ४ बजे हुने भनिएको सो मतदानको कार्याक्रम बेलुकी ६ बजे पछी मात्र भएको सुरू गरिएको थियो । कूल ६३ जना सदस्य रहेको उक्त समितिको मतदानमा ५६ जना मात्र उपस्थित थिए । प्रमुख तीन दलका शिर्ष नेताहरू गिरिजाप्रसाद कोइराला माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल मतदानमा उपस्थित भएनन । यध्पी एमाले अध्यक्ष खनाल र माओवादी अध्यक्ष दाहाल मतदान स्थानमा आएर पनि पुन फर्किएका थिए । काग्रेस सभापति गिरिजा प्रसाद काइराला अस्वस्थ्य रहेका कारण उनी मतदानमा उपस्थित नहुने भएपछी खनाल र दाहालले सहमति अनुरूप मतदानमा भाग नलिने निर्णय गरेका थिए । त्यस्तै नेपाल सदभावना पार्टी (गिरी) पक्षधरकी सरिता गिरीले मतानको कार्यसूचि प्रति असहमति राख्दै बहिरिएकी थिइन् । त्यस्तै समितिकी अर्की सदस्य काग्रेसकी सभासद सुप्रभा घिमिरे अमेरिका गएकी कारण उनी पनि मतदानमा उपस्थित हुन सकिनन् त्यस्तै नेपाल परिवार दलका सभासद एकनाथ ढकालले यस अघिनै सो समितिको मताधिकार प्रयोग गरेकाले उनले पनि मतदानमा भाग लिन सकेनन् ।

No comments:

Post a Comment