काठमाण्डौ, ७ पुस- एकिकृत नेकपमा माओवादीले आफ्नो तेस्रो चरणको आन्दोलनले पनि नागरिक सर्वोच्चता कायम हुन नसकेको भन्दै आगामी पुस १० गते बाट माघ १० गते सम्म जनजागरण तथा भण्डाफोर कार्याक्रम गर्ने बताएको छ ।तेस्रो चरणको आन्दोलन अर्न्तरगतको तीन दिने आम हडताल कार्याक्रमको अन्तिम दिन माओवादीले संविधान सभा भवन अगाडी अयोजना गरेको जनसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले नागरिक सर्वोच्चताका लागि चौथो चरणको आन्दोलनका कार्याक्रम र्सार्वजनिक गरिएको बताए । त्यस्तै उनले भण्डाफोर कर्याक्रम भित्रै सरकारले सहमतिको कुनै प्रयास नगरे आगामी माघ १० गते बाट अनिश्चितकालिन आम हडतालमा उत्रेने चेतावनी दिएका छन् । उनले रायमाझी आयोगले दोषी ठहराएका सम्पूर्ण व्यक्तिलाई जनताले कारबाहि समेत गरिने बताएका छन् । सेनापति प्रकरणका कारण करिब सात महिना पहिले सत्ताबाट सडकमा आएको एकिकृत माओवादीको यो अभिव्यक्तिले जसरी भएपनि पूर्व सेनापति रूङमागत कटुवाललाई कारबाही गरिछाड्ने देखिएको छ । कटुवालले ०६२ ६३ को जनआन्दोलनमा दमन गरेको भन्दै रायमाझी आयोगले उनलाई दोषी ठहराएको थियो ।
सरकारमा रहेका दलहरूका मालिक भारत र उनीहरू भारतबाट सञ्चालित भएको भन्दै राजनीतिक सहमतिका लागि एमाले काग्रेस लगायतका लागि दलहरूसंग बार्ता गर्ने जागर मरिसकेको र अबको बार्ता सिधै दिल्लीसंग मात्र हुने भन्दै अध्यक्ष प्रचण्डले दिल्ली संग पाच बुदामा आफु बर्तामा बस्न तयार रहेको उदघोष व्यक्त गरे । उनले सुस्ताको समस्या तत्काल अन्त्य हुनुपर्ने, कालापानीबाट भारतीय सेना हट्नुपर्ने, भारतीय व्यपार असन्तुलन हट्नु पर्ने, अन्तराष्ट्रिय कानुन अनुरूप नेपालले पाउने सुविधका साथै भारत चीन र नेपालका बीच उच्च स्तरीय समझदारी हुनु पर्ने लगतायतका विषयमा आफुले बार्ता गर्ने बताए । त्यस्तै उनले सहमति र शान्ति प्रक्रियाको पक्षमा माओवादी रहेको भन्दै प्रत्येक नेपालीले जवाफ दिनुपर्ने समय आइसकेको बताए । उनले सुरक्षा निकाय राष्ट्र सेवक सरकारी कर्मचारी लगायतलाई संयमित भएर आफ्ना काम कारबाही गर्न समेत सुझाव दिएका छन् ।
त्यस्तै सभालाई सम्बोधन राष्ट्रिय जनआन्दोलन समितिका अध्यक्ष् बाबुराम भट्टराईले रष्ट्रिय स्वाधिनता, नया संविधान, दिगो शान्ति, नागरिक सर्वोच्चता, नया संविधान राष्ट्रिय संयुक्त सरकारका लागि माओवादीले आन्दोलन थालेको भन्दै नागरिक सर्वोच्चता बहाली नभएसम्म आफ्ना आन्दोलनका कार्याक्रम कुनै पनि हालतमा नरोकिने बताए । उनले ३० बर्षे महेन्द्र पथ, ४ बर्षे ज्ञानेन्द्र पथको विरूद्धमा माओवादी लडेर आएको भन्दै एमाले काग्रेससंग लडन कुनै ठूलो नभएको उल्लेख गरे ।साथै उनले आगामी दिनको आन्दोलन थप पेचिलो बन्ने बताए ।
No comments:
Post a Comment