काठमाण्डौ, २९ मंसिर- डेनमार्कको राजधानी कोपेनहेगनमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा भाग लिन ३८ सदस्य सरकारी टोलीको नेतृत्व गर्दैर् प्रधानमन्त्री माधव कुमार नेपाल आज त्यस तर्फप्रस्थान गरेका छन् ।प्रधानमन्त्रीका साथमा पत्नी गायत्री, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्त, प्रेस सल्लाहकार विष्णु रिजाल, विदेश मामिला सल्लाहकार राजन भट्टर्राई साथै ८ सभासद, विज्ञान तथा प्रविधि राज्य मन्त्री इन्द्र प्रसाद ढुङ्गेल, ९ जना पत्रकार, मुख्य सचिव र परराष्ट्र मन्त्रालयका केही अधिकारीहरू र प्रधानमन्त्रीका दुई अंग रक्ष्ँक रहेका छन् । कोपेनहेगन प्रस्थान गर्नु अघि सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री माधव कुमार नेपालले जारी गतिरोध सहमतिबाटै अन्त्यहुनेमा विश्वास व्यक्त गरेका छन् । त्यस्तै उनले कोपेनहेगन सम्मेलनमा जलवायु परिवर्तनले पारेको प्रभावको बारेमा विश्व समुदायको ध्यानआकर्षा गराउने समेत बताए । विश्वका सवै राष्ट्र प्रमुख र सरकार प्रमुख उपस्थित हुने उक्त सम्मेलनमा नेपालले आगामी बुधबार शिखर सम्मेलनलाई सम्बोधन गर्ने छन् । सम्मेलनमा उनले ३ मिनेट सम्म बोल्न पाउने समय पाएका छन् ।
No comments:
Post a Comment