Monday, December 7, 2009

प्रमुख तीन दलीय कार्यदलको बैठक सिहदरबारमा जारी

काठमाण्डौ, २३ मंसिर- भोली सम्म जारी राजनीतिक गतिरोध अन्त्य गर्न निर्माण गरिएको प्रमुख तीन दलीय कार्यदलको बैठक सिहदरबार स्थित शान्ति मन्त्रालयमा बसिरहेको छ ।

तीन पार्टीबाट दुई-दुई जना सदस्य रहने गरी गठन गरिएको उक्त कार्यदलले संसदमा प्रस्तुत गर्न लागिएको साझा संकल्प प्रस्तावका विषयमा टुङ्गो लगाउने बताइएको छ । कार्यदलका एक सदस्य भरतमोहन अधिकारीका अनुसार उक्त बैठकले भरसक आजै ठोस निर्णय निकाल्न सक्ने बताएका छन् । दुई दिन भित्र गतिरोध अन्त्य गर्ने उद्देश्य अनुरूप हिजो सोमाबर माओवादी काग्रस र एमालेका तर्फबाट दुई-दुई जना रहने गरी कार्यदल गठन गरेको थियो । कार्य दलमा माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ र देब गुरूङ रहेका छन त्यस्तै काग्रेसका तर्फबाट अर्जुन नरहिस केसी र कृष्ण सिटौला रहेका छन् भने एमालेको तर्फाट भरतमोहन अधिकारी र भीम रावल छन् । गतिरोध अन्त्य गर्नका लागि तयार हुन लागेको साझा संकल्प प्रस्तावमा माओवादीले सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको असंवैधानिक कदमको विषयलाई कुनै पनि तरिकाले सम्बोधन गर्नु पर्ने बताएको छ भने काग्रेसले राष्ट्रपतिलाई आक्षेप लगाएर संकल्प प्रस्ताव लैजान नमिल्ने अडान राखेको छ ।

No comments:

Post a Comment