Wednesday, December 2, 2009

१८ औ विश्व अपाङ्ग दिवस विविध कार्याक्रम गर्दै मनाइदै

काठमाण्डौ, १८ मंसिर- अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको प्रत्याभुति सहस्राबदी विकास लक्ष्यमा हुनपर्छ यसको अनुभुति भन्ने नाराका साथ आज विविध कार्याक्रम गर्दै १८ औ विश्व अपाङ्ग दिवस मनाइदै छ ।

अपाङ्ग दिवसकै अबसरमा राष्ट्रिय अपाङ्ग महासंघले आज विहान र्‍याली समेत निकालेको छ । त्यस्तै राष्ट्रिय अपाङ्ग कोषले आज एक कार्याक्रमका बीच प्रतिभा पुरस्कार तथा सहयोग सामग्री वितरण समेत गर्ने भएको छ । राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष बीरेन्द्र पोखरेलले प्रत्येक बर्ष यो दिवस मनाइएतापनि यस प्रति सरकार गम्भिर हुन नसकेको प्रति गुनासो ब्यक्त गरेका छन् । उनका अनुसार नेपालमा रहेका १० प्रतिशत अपाङ्गहरूले मात्र राज्यबाट उचित सुविधा तथा सहुलियत पाएका तर बाकी ९० प्रतिशतले अझै उपेक्षीत भएर बस्नु परेको बताएका छन् ।

सरसफाई र खानेपानीको पहुच बाट टाढा बस्नुपर्ने आपङ्गहरूको वाध्यतालाई सरकारले उचित तरिकाबाट सेवा सुविधान प्रदान गर्ननसकेको कारण सरोकारवालाहरूले समेत यस प्रति गुनासो व्यक्त गर्दै आएका छन् ।


No comments:

Post a Comment