Monday, December 28, 2009

भोली देखि लोडसेडिङ हप्ताको ५१ घण्टा

काठमाण्डौ, १४ पुस- दैनिक ४ घण्टा लोडसेडिङ गर्दै आएको नेपाल विधुत प्राधिकरणले भोली बुधबार बाट हप्ताको ५१ घण्टा लोडसेडिङ गर्ने भएको छ ।

विधुत प्रँधिकरण भार प्रेशण केन्द्रका प्रमुख शेरसिह भाटका अनुसार बुधबार देखि साताको ५ दिन दैनिक ७ घण्टा र बाकी दुई दिन ८ घण्टाका दरले लोडसेडिङ हुने जानकारी दिएका छन् । लोडसेडिङको नया तालिका आज सार्बजनिक गरिने बताउदै भाटले पोहर सालको भन्दा यस पालि लोडसेडिङ कम हुने दाबी गरे । यस्तै उनले हिमालयमा हिउ नपग्लिएका कारण खोलामा पानीको बहाव कम हुन गई आवश्यक्ता अनुसारको माग धान्न नसकिएकाले भोली बुधबार बाट थप लोडसेडिङ बढाउन प्राधिकरण बाध्य भएको बताए । साथै नेपालका अधिकाशं विधुत गृहहरू रन अफ दि रिभरमा आधारित भएकाकारण बर्षेनी हिउदको समयमा यो समस्या देखिएको भाटले बताए ।
पुस महिनाको मध्य सम्म साताको २८ घण्टा रहेको लोडसेडिङ ५१ घण्टा पुग्दा उद्योग तथा कलकारखाना सबैमा असर पुग्ने निश्चित देखिन्छ । यस्तै गएको बर्षदैनिक १६ घण्टा सम्म पुगेको लोडसेडिङले नेपालको अर्थ तन्त्र डामाडोल बनाउनुको साथै केही संख्यामा उद्योगहरू पलायन समेत भएका थिए ।


No comments:

Post a Comment