Monday, December 7, 2009

एकिकृत माओवादीद्धारा भोलीको यातायात बन्दको कार्याक्रम फिर्ता

काठमाण्डौ, २३ मंसिर- माओवादीले भोली गर्ने भनेको यतायात बन्दको कार्याक्रमलाई स्थगित गरेको छ ।
यस अघि तेस्रो चरणको आन्दोलनलाई सहयोग पुर्र्‍याउने उद्देश्य अनुरूप अखिल नेपाल ट्रेड यूनियन हमासंघले भोली कलकारखाना र यातायात हडतालको कार्याक्रम घोषण गरेको थियो । पार्टी केन्दि्रय कार्यालय पेरिस डाडामा आज बसेको माओवादी स्थायी समितिको बैठक अनुरूप संयूक्त राष्ट्रि जनआन्दोलन समितिका अध्यक्ष डा बाबुराम भट्टराईले प्रेस विज्ञप्ती जारी गर्दै

मंसिर २४ गते जनताको परम्परा अनुसार विवाहको लगन दिन परेकाले यातायात बन्द नगरिदिन जनताहरूबाट सुझाव आएको र मानव अधिकार राष्ट्रिय महाभेला समेत परेकाले यातायता बन्दको कार्याक्रमलाई स्थागित गरी कलकारखाना र उद्योगधन्द मात्र बन्द गर्ने बताएका छन् ।

यस्तो छ प्रेस विज्ञप्ती

राष्ट्रपतिको असंवैधानिक कदमको खारेजी र नागरिक सर्वोच्चता कायम गर्न तेस्रो चरणको सङ्घर्ष चलिरहेको छ। सङ्घर्षकै क्रममा मङ्सिर २४ गते अखिल नेपाल ट्रेडयुनियन महासंघको यातायात, कलकारखाना बन्दको कार्यक्रम रहेको छ। उक्त दिन जनताको परम्पराअनुसार विवाहको लगन दिन परेकोले यातायात बन्द नगरिदिन जनताहरूबाट सुझाव आएको र मानवअधिकार राष्ट्रिय महाभेला पनि परेको हुनाले संयुक्त राष्ट्रिय जनआन्दोलन, नेपाल केन्द्रीय कार्यालयबाट मङ्सिर २४ गते यातायात बन्द स्थगित गरी कलकारखाना र उद्योगधन्दा मात्र बन्द गर्न सल्लाह दिएको छ।

मिति : २०६६ मङ्सिर २४ गते


बाबुराम भट्टराई
( अध्यक्ष )

No comments:

Post a Comment