Thursday, December 10, 2009

माओवादीले दुई गणराज्य घोषणा गर्दै

काठमाण्डौ, २६ मंसिर- तेस्रो चरणको आन्दोलनमा उत्रेको एकिकृत माओवादीले आज दुई वटा गणराज्य घोषणा गर्दै छ ।


माओवादीका अनुसार आज पूर्वका तीन जिल्ला मोरङ्ग, सुनसरी र झापा लाई मिलाएर कोचिला गणराज्य घोषणा गर्ने कार्याक्रम रहेको जनाएको छ त्यस्तै लिम्बुहरूको बाहुल्य रहेको उत्तर पूर्व धनकुटा, तेह्रथुम क्षेत्रलाई लिम्बुवान गणराज्य घोषणा गर्ने बताएको छ । गणराज्य घोषणाका लागि आज विहानै माओवादीका सचिवालय सदस्यहरू त्यसतर्फलागि सकेका छन् । झापाको विर्तामोडमा कोचिला राज्य घोषणा गर्न माओवादी पोलिटव्यूरो सदस्य नेत्रविक्रम चन्द विप्लब त्यहा पुगिसकेका छन् । त्यस्तै लिम्बुवान गणराज्य घोषणा गर्न जनार्दन शर्मा र देब प्रसाद गुरूङ पनि तेह्रथुम पुगिसकेका छन् ।

आज बाट सुरू विभिन्न १४ वटा गणराज्य घोषणा गर्न लागेको माओवादीले भोली शनिबार सुदुर पश्चिमको सेती महाकाली गणराज्य दिपायलमा र थरूवानको नेपालगञ्जमा घोषणा गर्दै छ । त्यस्तै उसले क्रमश मंसिर २८ गते किरात गणराज्यको खोटाङमा र शर्पाको सोलुखुम्बुको सल्लेरीमा घोषणा गर्ने बताएको छ । यस अघि केही हप्ता पहिले पार्टीको निर्णय विपरित माओवादीका नेता गोपाल किरातीले किरात गणराज्य घोषणा गरेका थिए । त्यस्तै मंसिर २८ गतै नै भेरी कर्ण्ाालीको जुम्लामा, ३० गते भोटे लामाको हुम्लामा साथै पुस १ गते ताम्सालिङको काभ्रेमा र नेवाःगणराज्यको काठमाण्डौमा घोषणा गर्दै छ । साथै पुस २ गते तमुवानको पोखरामा र मगरातको पाल्पामा गणराज्य घोषणा गर्दै छ ।

सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम असंवैधानिक कदम सच्चिनुपर्ने लगायत नागरिक सर्वोच्चता कायम हुनुपर्ने माग राख्दै गएको ७ महिना देखि आन्दोलनरत माओवादीले आफ्नो दोस्रो चरणको आन्दोलनमा गणराज्य घोषणा गर्ने बताएतापनि विभिन्न अन्तराष्ट्रिय समुदायको दवावका कारण गणराज्य घोषणाको कार्याक्रम तत्काललाई स्थागित गरेको थियो ।







No comments:

Post a Comment