Monday, December 14, 2009

भोली सम्म साझा संकल्प प्रस्तावलाई अन्तिम रूप दिन प्रमुख तीन दल सहमत

काठमाण्डौ, २९ मंसिर- राजनीतिक निकास का लागि केही दिन अघि गठित तीन दलीय कार्यदलले तयार पारेको साझा संकल्प प्रस्तावलाई भोली सम्म अन्तिम रूप दिन प्रमुख तीन दल सहमत भएका छन् ।

प्रधानमन्त्री कार्यालयमा आज विहान बसेको प्रधानमन्त्री माधव कुमार नेपाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काग्रेस कार्यबाहक सभापति शुशिल कोइराला सहितको प्रमुख तीन दलीय शिर्ष नेताको बैठकले आलंकारी राष्ट्रपति र मन्त्रीपरिषदले आगामी दिनमा यस्ता गल्ती नदोर्र्‍याउने शब्द राखिन लागेको बैठकमा सहभागी एमाले महासचिव इश्वर पोखरेलले बताउनु भएको छ । त्यस्तै बैठकले भोली एमाले अध्यक्ष झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड र काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले बीच हुने संयुक्त बैठकले साझा संकल्प प्रस्तवलाई अन्तिम रूप दिइने बताइएको छ ।

सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम असंवैधानि भएको भन्दै माओवादीले कुनै पनि हालतमा संसदमा प्रस्तुत गर्न लागिएको संकल्प प्रस्तावमा राष्ट्रपतिलाई कहिनै कहि दोषी देखाउनुपर्ने अडान राखिरहेको बेला उसले साङकेतिक रूपमा मात्र राष्ट्रपतिको कदम गल्ती भएको औलाएको कारण गतिरोध अन्त्य हुने सम्भावना बढेको छ । त्यस्तै बैठकपछि माओवादीका उपनेता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूसंग कुरा गर्दै भोली सम्ममा राजनीति निकास निस्कनेमा आफुहरू विश्वस्त रहेको बताए ।

No comments:

Post a Comment