Thursday, December 3, 2009

मन्त्रीपरिषदको बैठक सम्पन्न, १० बुदे सगरमाथा घोषणपत्र जारी

काठमाण्डौ, १९ मंसिर- संसारकै अग्लो स्थानमा पहिलो पटक मन्त्री परिषदको आजको बैठकले १० बुदे सगरमाथा घोषण पत्र जारी गरेको छ ।

समुद्र सतहबाट करिब ५ हजार २ सय ४२ मिटर उचाईमा सगरमाथाको आधार शिविर कालापत्थरमा बसेको उक्त बैठकका औपचारिक जानकारी दिन स्याङबोचेमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री माधव कुमार नेपालले १० बुदे सगरमाथा घोषणा पत्र जारी गरेका छन् ।

घोषणा पत्रमा जलवायु परिवर्तनका दृष्टिले जोखिमा रहेका पर्यावरणिय हिम क्षेत्रलाई संरक्षीत क्षेत्र घोषण गर्ने, जलवायु परिवर्तनले उत्पन्न गरेको परिस्थितीबाट गरिव सिमान्तकृत नेपाली जनाता, महिला तथा बालबालिका प्रति पर्ने असरका विषयमा जनचेतना अभियान सञ्चालन गर्ने , कृषि क्षेत्रमा असरका विषयमा पूर्व सूचना प्रणालीलाई विकास गरने, पर्वतीय पर्यावरणीयलाई संरक्षण गर्ने क्रममा २० प्रतिशत भुभाग ओगटेको बाके राष्ट्रिय निकुञ्जलाई २५ प्रतिशतले बढाउने साथै अपिनाप्पा र गौरीशंकर हिम क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्नुको साथै बन क्षेत्रलाई थप विस्तार गर्दै लैजाने, जलवायु परिर्वतन बाट जलस्रोत, कृषि लागयत मानव क्षेत्रमा परेको असर अनुरूप आगामी शनिबार जलवायु पर्रवर्तन सम्बन्धी केपन हेगनमा हुने विश्वसम्मेलनमा विकसित राष्ट्रहरूले १।५ प्रतिशतले जलवायु परिवर्तन अनुदान कोषमा रकम जम्मा गर्नु को साथै हरितगृह लगायत हिमालयमा पर्नेअसर कम गर्न र हरित गृह उर्त्र्सजन कम गर्राई हरित गृहबाट असरमा परेका राष्ट्रहरूलाई क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गर्ने लगायत हिम गलन सम्बन्धी विषयमा प्रशिक्षण समेत दिइने लगायतका विषयमा प्रधानमन्त्रीले घोषणा पत्र जारी गरेका छन ।

विश्वको ध्यान केन्दि्रत गर्ने उद्देश्य अनुरूप मन्त्री परिषदको बैठकका लागि २४ सदस्य मन्त्री मण्डलका विभिन्न सदस्य सहित चिकित्सक, विभिन्न सरकारी अधिकारीहरू र करिब ८० को संख्यमा स्वदेशी र विदेशी पत्रकार एव सञ्चारकर्मीहरू हिजो स्याङबोचे पुगेका थिए । मन्त्रीहरू केही समय पछी सेना, तथा निजि विमान कम्पनीका हेलिकप्टर मार्फत केही बेरमा काठमाण्डौ आईपुग्ने कार्याक्रम रहेको छ ।


No comments:

Post a Comment