Thursday, December 17, 2009

माओवादीको गणराज्य घोषणा कार्याक्रम आज सकिदै, जनकपुरमा अन्तिम रूपमा मधेस गणराज्य घोषणा हुदै

काठमाण्डौ, ३ पुस- चौतर्फी विरोधका बाबजुत गणराज्य घोषणा गरेको एकिकृत माओवादीले आज अन्तिम गणराज्यको रूपमा मधेस गणराज्य घोषणा गर्दै छ ।

यस अघि १२ वटा गणराज्य घोषणा गरिसकेको एकिकृत माओवादीले आज अपरान्ह जनकपुरबाट आफ्नो १३ गणराज्यको रूमपा मधेस गणराज्य घोषणा गर्न लागेको हो । माओवादीका अनुसार मधेस राज्यको घोषणा पार्टी उपाध्यक्ष एव राष्ट्रिय जनआन्दोलनका अध्यक्ष डा। बाबुराम भट्टराईले गर्ने जनाएको छ । त्यस्तै गणराज्य घोषणाको कार्याक्रममा पार्टीका अन्य उच्च नेताहरू समेत सम्बोधन गर्ने कार्याक्रम रहेको उसले जनाएको । राष्ट्रपतिको असंवैधानिक कदम सच्चिनुपर्ने लगायत नागरिक सर्वोच्चता कायम हुनुपर्ने माग राख्दै तेस्र्रो चरणको आन्दोलनमा उत्रिएको माओवादीले संघीयतालाई सुनिश्चित गर्न गएको मंसिर अन्तिम साता देखि एकतर्फी रूपमा गणराज्य घोषणाको कार्याक्रमलाई निरन्तरता दिदै आएको छ ।
राजनीतिक रूपमा मात्रै गणराज्य घोषण गर्नलागिएको भन्दै माओवादीले सवै भन्दा पहिलो पटक मंसिर २६ गते उसले पूर्वको विर्तामोडमा कोचिला र तेह्रथुममा लिम्बुवान गणराज्य घोषणा गरेको थियो । क्रमश उसले शेर्पा, किरात, सेती - महाकाली, थरूवान, भेरी-कर्णाली, भोटे-लामा, ताम्सालिङ, नेवा, तमुवान र मगरात गणराज्य घोषणा गरिसकेको छ ।


No comments:

Post a Comment