Wednesday, December 30, 2009

तमु समुदायका व्यक्तिहरूले ल्होछार पर्व धुम धामका साथ मनाउदै

काठमाण्डौ, १५ पुस- तमुहरूको महान चाड तमुः ल्होछार आज गुरूङ समुदायका व्यक्तिहरूले भव्य रूपमा मनाई रहेका छन्

प्रत्येक पुस १५ गते मनाइने यो पर्वलाई यसपालि गुरूङ समुदायले तमु लोह बर्ग बाघको रूपमा मनाएका छन् यस्तै यता राजधानीको टुडिखेलमा ल्होछारको अबसरमा ठूलो कार्याक्रम समेत आयोजना गरिएको तमुवान राज्य सहितको समावेशी संविधान हाम्रो चाहना भन्ने नाराका साथ सो समुदायका व्यक्तिहरूले कार्याक्रममा माओवादी पोलिटव्यूरो सदस्य देब प्रसाद गुरूङ, नेपाली काग्रेसका महामन्त्री केबी गुरूङ लगायत संविधानसभामा प्रतिनिधित्व गर्ने २२ जना सभासदहरूलाई समेत बोलाई भव्य कार्याक्रममको आयोजना गरेका छन् त्यस्तै राज्यका विभिन्न उच्च क्षेत्रमा रहेको तमु जातिको प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तिलाई समेत सो कार्याक्रममा बोलाईएको थियो

परम्परागत भेषभुषा सजिएर टुडिखेल पुगेका गुरूङ समुदायका व्यक्तिहरूले विभिन्न नाच गान गर्नुका साथै विभिन्न झाकी समेत प्रदर्शन गरिएको थियो गाई बर्गलाई विदाई गरी बाघ बर्गलाई निम्ताउदै सुरू यस पर्वमा सो समुदायका व्यक्तिहरूले आजको दिन मिस्ठान्न भोजन नाचगान गरी यो पर्व मनाउने गर्दछन् यस्तै अन्तरिम संविधानमा नेपाल धर्म निरपेक्ष राज्यको रूपमा घोषित भएकाले बर्षयता आजको दिन सरकारले र्सार्वजनिक विदा समेत दिदै आएको

यस्तै ल्होछारको उपलक्ष्यमा राष्ट्रपति डा. रामबरण यादवले तमु ल्होछार पर्वले सवै नेपालीबीच मेलमिलाप सदभाव एवम् भाइचाराको भावना सुदृढ गर्राई शान्त समृद्ध नेपाल बनाउन हामी सबैलाई प्रेरणा मिलोस भनी शुभकामना दिएका छन् यस्तै प्रधानमन्त्री माधव कुमार नेपालले पनि ल्होछारको शुभकामना दिदै यस पर्वको उपलक्ष्यमा सम्पूर्ण नेपाली तमुमा सुख शान्ति समृद्धिको कामना व्यक्त गरेका छन् साथै माओवादी अध्यक्ष प्रचण्ड, काग्रेस सभापति गिरिजा प्रसाद कोइराला एमाले अध्यक्ष झलनाथ खनालले समेत ल्होछारको अबसरमा शुभकामना दिएका छन्

No comments:

Post a Comment