प्रत्येक पुस शुक्ल पुर्णिमाका दिन सुरू भई माघ शुक्ल पुर्णिमामा सकिने यो पर्व सत्य युगमा भगवान विष्णुले पार्वतीलाई निर्दिष्ट गरेअनुरूप श्रीस्वास्थानी ब्रतले फलिफाप भई शिवजी पाएको धार्मिक मान्यता अनुरूप यो पर्व मनाइदै आएको छ । एक महिना सम्म प्रत्येक दिन चोखो नितो भई नित्य पुजा अर्चना गरी श्री स्वस्थानी ब्रतकथा सुनेमा र अरूलाई सुनाएमा आफ्नो मनोकाक्षा पुरा हुने जन विश्वासका साथ महिनाभर प्रत्येकको घर-घरमा श्रीस्वस्थानी ब्रतकथा भन्ने र सुन्ने गरिन्छ ।
यस्तै आजको दिन काठमाण्डौको उत्तर पूर्वमा रहेको साली नदीमा विहानै देखी भत्तजनहरू भेला भई भगवान शिवको प्रतिमा स्वरूप बालुवाको शिव लिङ्ग बनाई मध्यान्नमा श्रीस्वास्थानी ब्रत औपचारिक रूपले सुरू गर्ने गर्दछन् । यस्तै पूर्वको तमोर नदीमा पनि श्रीस्वस्थानी पुजा आजाका लागि श्रद्धालुहरूको भिड लाग्ने गर्दछ । ३१ अध्यायको श्री स्वस्थानी ब्रतकथा सुनिसकेपछी साङ्गे पुजा गरी विधिपूर्वक यो ब्रत सम्पन्न गरिन्छ ।
No comments:
Post a Comment