Saturday, December 26, 2009

चीन भ्रमणले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास, १५ सदस्य सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री चीन प्रस्थान,

काठमाण्डौ, ११ पुस - प्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो चीन भ्रमणले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्

पाच दिने औपचारिक चीन भ्रमणमा जानु अघि अन्तराष्ट्रय विमान स्थलमा सञ्चारकर्मीहरूसंग कुरा गर्दै प्रधानमन्त्री नेपालले नेपाल भ्रमणमा चिनिया नेतृत्वसंग आपसी हितका विषयमा कुराकानी हुने बताए । भ्रमणमा केही सम्भौता र समझदारीमा हस्ताक्षर हुनुका साथै मन्त्री परिषदीय केही कुरामा समेत छलफल हुने बताए । त्यस्तै उनले सञ्चारकर्मीलाई संक्षीप्त प्रतिक्रिया दिदै दलहरूको सम्बन्ध सुध्रिदै गएको बताए ।

नेपालका समकक्षी वेन जियाबाओको निमन्त्रणामा चीन भ्रमणमा गएका नेपालका साथमा प्रधानमन्त्री पत्नी गायत्री, उपप्रधानमन्त्री सुजता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, सरकारी सञ्चारकर्मीहरू गरी १५ सदस्य सरकारी टोली रहेका छन् । त्यस्तै आफ्नै खर्चमा १७ जना व्यापारीहरू पनि प्र्रधानमन्त्रीका साथमा चीन प्रस्थान गरेका छन् । व्यापारीहरूको टोलीम नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुश कमार जोशी, विनोद कुमार चौधरी लगायत रहेका छन् । चीन भ्रमणमा गएको प्रधानमन्त्रीको टोली आगामी पुस १६ गते नेपाल फर्किने कार्याक्रम रहेको छ ।



पाच दिने चीन भ्रमणका लागि १५ सदस्य सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री माधव कुमार नेपाल आज त्यस तर्फप्रस्थान गरेका छन् । विहान साढे ११ बजे चीन प्रस्थान गर्ने भनिएता पनि हवाइजाहाज आउन २ घण्टा ढिला भएका कारण उनको चीन प्रस्थान कार्याक्रम केही समयका लागि लम्बिएको थियो ।

No comments:

Post a Comment