काठमाण्डौ, १३ पुस- बन्दहडतालको निरन्तर मार खेपी रहेका नेपाली जनताले आज पुन चिकित्सकहरूको आन्दोलन खेप्न बाध्य भएका छन् ।
सरकारसंग विगतमा भएका सहमति कार्यान्व्यन नभएको , साथै चिकित्सको पेशागत सुरक्षाको माग राख्दै आज देशभरीको चिकित्सकहरूले आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष केदार नरसिह केसीका अनुसार सरकारसंग विगतमा पटक पटक सकारात्मक रूपले बार्ता भएतापनि कार्यान्वयन नभएको भन्दै आफुहरू आन्दोलनमा उत्रिन बाध्य भएको बताए । त्यस्तै उनले आज अपरान्ह सम्म सरकारले संघले उठाएका माग लाई सम्बोधन नगरे आफुहरू थप चरणको आन्दोलन घोषणा गर्न बाध्य हुने बताए ।
चिकित्सकहरूको हडतालका कारण आज विहानै देखि निजी र सरकारी अस्पतालहरू बन्द भएका छन् । यस्तै राजधानीका वीर, कान्ति, त्रिवि शिक्षिण अस्पताल, प्रसुतिलगायत देशै भरिका करिब ४ सय भन्दा बढी अस्पतालमा कुनै स्वास्थय सेवा सञ्चालन हुन सकेको छैन् । अस्पताल बन्दका कारण लाखौ विरामी स्वास्थ्य सेवाबाट बञ्चित भएको छ । यस्तै सरकारले चिकित्सहरूको माग सम्बोधन गर्नको लागि चिकित्सकहरूलाई बार्तामा आउन आग्रह गरेको छ ।

No comments:
Post a Comment