पार्टी केन्दि्रय कार्यालय पेरिस डाडामा बसेको सो बैठकका निर्णय बारे विज्ञप्ती निकाल्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनता विना नागरिक सर्वोच्चता कायम हुन नसक्ने भन्दै आज बाट राष्ट्रिय स्वाधिनताको पक्ष्ँमा प्रचारात्मक कार्याक्रम सुरूभएको जनाएका छन् । त्यस्तै उनले जारी गरेको विज्ञप्तीमा आफ्नो प्रचारात्मक कार्याक्रममा राष्ट्रघाती, दलाल, अपराधी र भष्ट्रचारीहरूको भण्डाफोर गर्ने समेत उल्लेख गरिएको छ । त्यस्तै सन् १९५० को असमान सन्धीलगायत अन्य सन्धी सम्झौता खारेज गर्ने जस्ता माग समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यस्तै सो विज्ञप्तीमा विदेशीको योजना र निर्देशनमा षडयन्त्र गरिरहे अनिश्चितकालिन बन्द सम्मको आन्दोलन घोषणा गर्न माओवादी बाध्य हुने चेतावनी समेत दिएका छन् ।
गएको बैशाख अन्तिम साता देखि सेनापति प्रकरणमा राष्ट्रपतिको कदम सच्चिनुपर्ने लगायत नागरिक सर्वोच्चता कायम हुनु पर्ने माग राख्दै चरण बद्ध आन्दोलनमा उत्रिएको एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले तेस्रो चरणको आन्दोलन अन्तिम दिन पुस १० देखि माघ १० गते सम्म राष्ट्रिय जागरण तथा भण्डाफोर कार्याक्रम गर्ने बताएका थिए ।
त्यस्तै हिजो बस्ने भनिएको माओवादी स्थायी समितिका बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालले संसदमा सम्बोधन गर्ने भएपछी आजको लागि सारिएको थियो । यध्यपी आजको स्थायी समितिको बैठक समेत स्थागित गरी माओवादी उच्च पदाधिकारीहरूको बैठक बसी सो निर्णय गरेको हो । त्यस्तै उता उच्च पदाधिकारीको बैठक बस्नु अघि पुस १२ गते देखि ४० दिन भित्र शिविरमा रहेका अयोग्य छापामारलाई बहिर निकाल्ने संयुक्त राष्ट्रसंघसंगको सहमति अनुरूप माओवादी जनमुक्ति सेनाका कमाण्डरहरूको बैठक सोही स्थानमा बसेको थियो ।
पेरिस डाडामा बसेको उक्त बैठकले शिविरमा रहेका अयोग्य लडाकुका विषयमा छलफल गरेको बैठकमा सहभागी एक कमाण्डरले जनाकारी दिए । देश भरि रहेका सात वटा डिभिजन कमाण्डर सहित अध्यक्ष पुष्पकमल दाहाल, डेपुटी कमाण्डर जनार्दन शर्मा, कमाण्डरहरू नन्द किशोर पुन, चन्द्र प्रकाश खनाल बलदेब लगायतका सो बैठकले कुनै पनि हालतमा माओवादी लडाकुलाई सेनामा समायोजन गर्नु पर्ने निस्कर्षनिकालेको साथै सम्मान जनक ढङ्गले शिविरमा रहेका लडाकुलाई बहिर निकाल्ने निस्कर्षनिकालेको स्रोतको भनाई छ ।
No comments:
Post a Comment