Thursday, December 24, 2009

क्रिसमस दिवसको पर्वको रौनक नेपालमा पनि, विविध कर्याक्रम गर्दै मनाइदै

काठमाण्डौ, १० पुस- इशार्सइ धर्मका प्रवक्तक यशुको जन्मोत्सवका दिन प्रत्येक बर्षमनाइने क्रिसमस पर्वको रौनक नेपालमा पनि देखिएको छ ।

प्रत्येक बर्षडिसेम्बर २५ तारिकका दिन मनाइने यो पर्व विश्वमा पहिलो पटक सन् ३५० मा रोममा मनाइएको थियो । पश्चिमी संस्कृतिको रूपमा नेपालमा भित्रिएको यो पर्वको पूर्व सन्ध्या देखि नै राजधानीका प्रमुख पर्यटकीय केन्द्र ठमेल तथा सपिङ मलहरू झिलिमिलीमय देखिएका छन् । नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषित गर्दै सरकारले यो पर्वको दिन र्सार्वजनिक विदा समेत दिने समेत निर्णय गरेकाले यो पर्वको थप महत्व बढ्दै गएको छ ।

क्रिसमश धर्मावलम्बीहरूले आजको दिन मिठा परिकार खाई, नाचगान गरी आफ्ना शुभ चिन्तक लाई मेरी क्रिसमश भनी शुभकामना समेत दिने चलन रहेको छ । त्यस्तै क्रिसमश दिवसको अबसरमा राष्ट्रपति डा. राम बरण यादवले इर्साई धर्मावलम्बीहरूको महान पर्व क्रिसमसको उपल्क्षमा देश भित्र एवम् देश बाहिर रहेका सम्पूर्ण क्रिश्चियन धर्मावलम्बी दिदी-बहिनी तथा दाजुभाईमा खुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

No comments:

Post a Comment