काठमाण्डौ, १३ पुस- संयुक्त राष्ट्रिय संघ मिसन अनमिन नेपालकी प्रमुख करिन लनग्रेन र माओवादी अध्यक्ष पुष्पकमल दाहलबीच आज विहान भेटवार्ता भएको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न माओवादी पार्टी केन्दि्रय कार्यालय कोटेश्वर पुगेकी लनग्रेनले अनमिनको आगामी कार्यविस्तार, क्षेत्राधिकार लागायत लडाकु समायोजन प्रक्रियाका विषयमा छलफलगरेको बताएकी छिन् । सञ्चारकर्मीहरूलाई आफ्नो भेटबारे जानकारी दिदै लनग्रेनले अयोग्य लाडकुलाई शिविरबाट निकाल्न लागिएको अन्तिम प्रयासका विषयमा समेत छलफल भएको बताइन् ।
यस्तै माओवादी अध्यक्षलाई भेट्न सोमबार विहान करिब ११ बजे भारतीय जनतादलका नेता भगत कोसारी पेरिस डाडा पुगेका थिए । करिब १ घण्टा भएको उक्त भेटको बारेमा जानकारी दिदै कोसारीले भारतीय सेना प्रमुखले सेना समायोजनका बारेमा नेपाली सेना प्रमुखलाई दिएको अभिव्यक्तिका बिषयमा प्रचण्डले चासो व्यक्त गरेको बताए । त्यस्तै उनी संग अध्यक्ष प्रचण्डले आफुले भारत विरोधी आन्दोलन नगरेको भन्दै केबल नागरिक सर्वोच्चताको पक्षमा माओवादी आन्दोलन केन्दि्रत रहेको बताउदै नागरिक सर्वोच्चता कायम गर्न भारतले सहयोग गर्नु पर्ने विचार व्यक्त गरेको बताए । त्यस्तै उनले भारतीय सेना प्रमुख दिपक कपुरले केही दिन अघि दिएको अभिव्यक्ति आधिकारिक नभएको भन्दै सो विषयमा आफुले दिल्लीमा आवाज उठाउने बताए ।

No comments:
Post a Comment