Sunday, January 31, 2010

सुजातासंग रिसाए माधव, बढ्यो सरकार परिवर्तन सम्भावना

काठमाण्डौ, १७ माघ- उप्रधानमन्त्री सुजाता कोइरालासंग प्रधानमन्त्री माधव कुमार नेपाल निकै रिसाएका छन्

सिहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा वर्तमान सरकार समर्थित १० दलको बैठकमा आक्रोशित शैलीमा बोल्दै प्रधानमन्त्री नेपालले ूसुजाताको अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै सो विषयमा उनीसंग चाडै स्पष्टीकरण लिईनेू बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यस्तै उनले सुजाताको भनाइका विषयलाई लिएर काग्रेससमक्ष समेत कुरा राख्ने प्रतिवद्धता व्यक्त गरेको बुझिएको छ । हिजो शनिबार बुटबलमा आयोजित एक पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सुजाता कोइरालाले मन्त्री परिषदको बैठक एमालेको जस्तो भएको, एमाले सत्ता कब्जाको रणनीतिमा लागेको एवं संविधान निर्माणका लाग सरकारको नेतृत्व परिवर्तन आवश्यक रहेको बताएकी थिइन् ।

यस्तै केही समय यता विभिन्न आशंकाका बीच गतिरोध अन्त्यका निम्ति उच्च स्तरिय राजनीतक संयन्त्र गठन हुनु, सत्तारूढ दल काग्रेसको बैठकमा सरकार परिवर्तनको विषयमा छलफल हुनुले पक्कै पनि अबको केही दिनमै नेपाली राजनीति उटल पुटल हुने सम्भावना बढेको छ । यस्तै गएको माघ १२ गते माओवादी अध्यक्ष प्रचण्डले काग्रेस सभापति गिरिजा प्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको समाचार र्सार्वजनिक हुनु र कोइराला पुत्री सुजाताले एमाले प्रति सो आरोप लगाउनुलाई पनि निकै अर्थपूर्ण रूपले हेरिएको कतिपय विश्लेषकले बताउछन्

कैलालीको सातौ डिभिजनबाट ३ सय ३६ अयोग्य माओवादी लडाकु घर फिर्ता

काठमाण्डौ, १६ माघ- सातौ डिभिजनको रूपमा रहेको कैलालीको तालबन्दी स्थित सातौ डिजिनबाट सय ३६ अयोग्य माओवादी लडाकु आज घर फिर्ता भएका छन्

अनमिन प्रतिनिधि र मानवअधिकारवादीको रोहबारमा २२ हजार नगद र एक जोर लुगा दिएर उनीहरूलाई विदाई गरिएको हो । अनमिनको तथ्याङ्क अनुसार सातौ डिभिजनमा ४ सय ६८ अयोग्य लडाकु भएतापनि विविध कारणबस अन्य १ सय ३२ जनाले यस अघिनै शिविर छाडिसकेको माओवादीले जनाएको छ । यस्तै शिवरबाट घर र्फकने ३ सय ३६ मध्ये १ सय ११ जना महिला लडाकु थिए ।

यस्तै यस अघि सिन्धुलीको दुधौलीको दोस्रो डिभिजन, चितवनको शक्तिखोर स्थित तेस्रो र इलामको चुलाचुली स्थित तेस्रो डिभिजनबाट अयोग्य लडाकु घर फिर्ता भइसकेका छन् ।

Saturday, January 30, 2010

अनाथ बालबालिकालाई फिल्म हेर्राईन पुजानाले

काठमाण्डौ,१६ माघ- बलिउडकी कामुक नायिका मल्लिका सेरावत जस्तो देखिने नेपाली रजतपटकी नायिका पुजाना प्रधानले २६ जना अनाथ बालबालिकालाई आफ्नो चलचित्र हेर्राईन



राजधानीका हलहरूमा मा दुई सातामा चलिरहेको आफ्नो चलचित्र पापी मान्छे -२ देखाउन शनिबार जय संगत आश्रमका २६ जना अनाथहरूका साथ उनी जमल स्थित विश्व ज्योति हलमा देखिएकी थिइन्, र साथमा थिए पापी मान्छे -२ का निर्माता राजकुमार र्राई र निर्देशक दिपक श्रेष्ठ । "अनाथहरूलाई चलचित्र हेर्न मन लागेतापनि कसैले फिल्म हल नलगिदिने र स्वयम एक्लै जान नसक्ने भएका कारण यिनिहरूलाई फिल्म हेर्न ल्याएको" उनले बताइन् । यस्तै चलचित्रका निर्माता राजकुमार र्राईले "पुजानाको यो कदमलाई आफुले सकारात्मक लिएको भन्दै यस्तो कार्यमा आफ्नो सहयोग निरन्तर रहने" बताए । भारत बाट प्रशिक्षित कुकुर र बादरलाई लिएर दिपक श्रेष्ठको निर्देशनमा बनेको यस चलचित्रमा शिर्षपहिलो पटक शिर्षभूमिकमा पुजानाले अभिनय गरेकी हुन । चलचित्रमा नायक निखिल उप्रेती, सुनिल थापा लगायतको अभिनय रहेको छ ।

यस्तै विश्व ज्योतिहलमा नायिका पुजाना प्रधानसंग लिइएको छोटो अर्न्तवार्ता

पछिल्लो समय कर कार्यालयले कलाकारहरूलाई करको दायरमा ल्याउन फोन गरिरहेको छ । तपाईलाई अहिले सम्म त्यहा बाट फोन आएको छ कि छैन ?

अ.... अहिले सम्म त आएको छैन । तर मैले कर भनेको चलचित्र क्षेत्रबाट भने अहिले सम्म तिरेको छैन । तर तिर्नु पर्छ, हाम्रो पनि दायित्व हो गर्भरमेन्टलाई कर तिर्नु तर यो बाहेक म हर्वो इन्टरनेशनलमा कार्यरत भएकाले म त्यहाबाट आएको प्रत्येक इन्कमबाट मैले कर तिरिरहेको छु । यस्तै कर कार्यालयबाट फोन आयो भने म कर तिर्न तयार छु ।

त्यसो भए चलचित्र क्षेत्रबाट तपाइको बाषिर्क कमाई कति हुन्छ त ?


नेपाली चलचित्रमा एस्पेक्टेशन अनुसारको कमाई त्यती सारो त हुदैन तर जे होस लाईफ चलाउनलाई सजिलै छ भन्नु पर्‍र्यो । हास्दै ........ कमाई भन्नुनै पर्ने हो ? त्यही हो खर्च कटाएर अलि अलि बच्छ ।

भने पछी खर्च कटाएर कति बच्छ ?

फेरी हा...हा.......हा... गर्दै हास्दै त्यही हो बर्षा ४ ५ लाख बच्छ ।


आजकाल धर्म कर्म, योगा, ध्यानमा तपाईको झुकाव निकै देखिन्छ नी, कत्तिको अस्थावान हुनुहुन्छ ?

मलाई अहिले एकदमै । किन भने मान्छेलाई आत्म सन्तुष्टीनै ठूलो कुरा हो । जब देखि म जय संगतमा लागेको छु तव देखि योग ध्यानबाट मेरो लाइफमा धेरै परिवर्तहरू आएको छ । र म सन्तुष्ट पनि छु मेरो लाईफ देखि । मानिसहरू मलाई के भन्छन भने यस्तो लाउ लाउ खाउ भन्ने बेलामा किन यस्तो गएको भन्छन तर म उहाहरूलाई के भन्न चाहान्छु भने यदि तपाई हरूको बच्चा हुनुहुन्छ भने उहाहरूलाई बच्चै देखि आश्रममा पर्ठाईदिनुस , प्लिज बोर्डिङ स्कुल पढेर मात्रै उनीहरूले राम्रो संस्कार सिक्दैनन् । त्यसैले एउटा राम्रो संस्कार सिक्नका लागि उनीहरूलाई अश्रम पठाइदिनुस ।

हातमा औठीहरू पनि लाउनु भएको छ । ग्रह दशामा कत्तिको विश्वास गर्नु हुन्छ ?


एक दमै विश्वास गर्छु । किन कि यो सफल लाइफ संग रिलेटेड छ र अहिले हाम्रो जन्म भनेको पूर्व जन्मको कर्मको फल हो । हामीले यो जन्ममा पूर्व जन्मको फल अनुसार भोग्छौ भने साथ साथै नया कर्म पनि गरिराखेका हुन्छौ । र त्यही नया कर्म गर्ने क्रममा हामीले कति राम्रो कर्म गर्र्छौ त्यसले चाहि अर्को जिवनको कर्म को निर्धारण गर्ने हुन्छ ।

तपाईको निधारमा सधै रातो टिका देखिन्छ किन सधै रातो टिका लगाउनु हुन्छ ?
रातो टिकाले दिन भरी उर्जा दिने भएकाले यसमा विश्वास हुन्छ, श्रद्धा हुन्छ र जुन काम गर्दा पनि मैले गरेको काम सही हुन्छ भन्ने हुन्छ । किन कि भगवानको आशिर्वाद मैले लाएको हुन्छु भन्ने विश्वास हुन्छ त्यही भएर म सधै रातो टिका लाउने गर्छु । तर महिना ४ दिन लाउदिन ।

सकियो श्रीस्वस्थानी ब्रतकथा

काठमाण्डौ, १६ माघ- प्रत्येक पौष शुक्ल पूणिर्मा दिन सरू भई माघ शुक्ल पूणिर्मा दिन सम्म गरिने श्रीस्वस्थानी ब्रतकथा आज बाट सकिएको छ ।


सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव पती पाऊ भगवान विष्णुले निदिृष्ट गरेको धार्मिक मान्यता अनुरूप प्रत्येक बर्षमाघ शूक्ल पूणिर्मा दिन देखी एक महिना सम्म चोखो भई मध्यकालमा शिवजीको पुजा अर्चना गरी श्रीस्वस्थानी ब्रतकथा पढ्ने र अरूलाई सुनाउने गरेमा आफ्नो सबै दुःख कष्ट नाश हुने धार्मिक मान्यत अनुरूप यो ब्रत समापन गर्ने धार्मिक चलन छ ।



यस्तै श्रीस्वस्थानीको ब्रतको अन्तिम दिन आज अष्टोत्तर शय रोटी (१ सय ८), अक्षता, फूल, सुपारी, पान, तरह-तरहका सामग्री सबै अष्टोत्तर शय तयार गरी आर्शीमा ॐ कार लेखी गंङ्गा जलले स्नान गरी सिन्दुर, रक्तचन्दन र फूलमाला पहिर्राई धुप, दीप नैबेद्य, मेवा, मिष्टान्न, कस्तुरी, वस्त्र र भेटी चर्ढाई श्रीस्वस्थानी परमेश्वरीको साङ्गे गरी यो ब्रत समापन हुन्छ ।

यस्तै पुजा साङ्गे पश्चात परमेश्वरीलाई सम्झी तपाईका क्रिपाले मेरो ब्रत पूर्ण होस भनी पुजामा चढाएका १ सय ८ सम्पूर्ण प्रसादमा आठ जनै, आठ पान, आठ कुडका सुपारी सगुन समेत आफनो पतिलाई दिने चलन छ । यस्तै पति नभए ब्रत गरेकी स्त्रीले सो प्रसाद आफ्ना छोरालाई दिने चलन छ । यदि छोरा पनि नभए मित छोरा र मित छोरा पनि नभए जुन कामनाले ब्रत बसेको हो सो पुरा हवस् भनी नदीमा बगाई दिने चलन छ । यस्तै बाकी रहेका १ सय रोटी लगायतका प्रसाद आफुले फलाहार गर्दै रातभर जागराम बसी यो ब्रत पूर्ण रूपले समान गरिने चलन छ ।





आज सहिद दिवस, देशै भरी विविध कार्याक्रम गरिदै मनाइदै

काठमाण्डौ, १६ माघ- प्रजातन्त्रका लागि आफ्नो ज्यानको आहुती दिएका प्रमुख ४ सहिदहरूको सम्झनामा आज सहिद दिवस मनाइदैछ ।

यस्तै २००७ मा राणा शासन विरूद्ध लडेका, २०४६ मा प्रजातन्त्रका लागि योगदान दिएका एवं र २०६३ मा लोकतन्त्रका लागि ज्यान गुमाएका अन्य सहिदहरूलाई समेत सम्झदै विविध कार्याक्रमका साथ यो दिवस मनाईदैछ । यस्तै काठमाण्डौको गोकर्ण स्थित प्रमुख चार सहिद धर्म भक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्दको प्रतिमामा फूल माला एवं श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनेता लगायत अन्य व्यक्तिहरू पुग्ने क्रम जारी छ । साथै सहिद दिवसको अबसरमा प्रत्येक बर्षमनाईने सहित सप्ताहको समेत आज समापन गरिनेछ ।

यस्तै सहिद दिवसको अबसरमा एक विज्ञप्ती निकाल्दै राष्ट्रपति डा। रामवरण यादबले प्रजातन्त्रको लागि ज्यन उर्त्र्सग गर्ने सहिदको बलिदान स्मरण गर्न सवैमा आग्रह गरेका छन् । साथै प्रधानमन्त्री माधव कुमारनेपालले पनि एक सन्देश दिदै सहिदको बलिदानीको स्मरण गरेका छन् ।

Friday, January 29, 2010

राज्य पुर्नसंरचना आयोग गठन गर्ने संयन्त्रको सैदान्तिक सहमति, सिन्धुली घटना छानविन गर्न कार्यदल गठन

बैठक अब प्रत्येक बिहिबार बस्ने

काठमाण्डौ, १५ माघ- विभिन्न राजनीतिक एजेण्डाबारे छलफल गर्न बसेको उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठकले तत्काल राज्य पुर्नसंरचना अयोग गठन गर्न सैदान्तिक सहमति गरेको छ ।


संयन्त्रका संयोजक एवं नेपाली काग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगंजमा आज बसेको उक्त बैठकले "भावी संविधान निर्माणका लागि राज्य पुर्नसंरचना आयोग गठन गरी त्यसको प्रतिवेदन संविधानसभामा छलफल गराउने उद्देश्यका साथ सो आयोग गठन गर्न सैदान्तिक सहमति भएको" बैठकमा सहभागी काग्रेस महामन्त्री बिमलेन्द्र निधिले जानकारी गराए । जसका लागि आगामी सोमाबर बस्ने संयन्त्रको बैठकले सो सम्बन्धमा ठोस कार्ययोजना तय गरिने उनले बताए ।

यस्तै महामन्त्री निधिले "सिन्धुलीको झागाझेली गाविसमा वाइसिएलले एमाले केन्दि्रय सदस्य केशव देवकोटासहितलाई नियन्त्रणमा लिएको सम्बन्धमा छानविन गर्न तीन सदस्य अध्ययन कार्यदल गठन गर्ने निर्णय समेत भएको" बताए । जसमा प्रमुख तीन पार्टी नेपाली काग्रेसका तर्फबाट होमराज दाहाल, एमालेका विशमलाल अधिकारी र माओवादीका तर्फबाट बसन्त माझी रहेको बताए ।

आज सुद्ध तेस्रो पटक बसेको "संयन्त्रको बैठकले अब देखि प्रत्येक सातको बिहिबार बिहान ९ बजे बैठक बस्ने निर्णय समेत गरेको" निधिले बताए । आजको बैठकमा गत माघ ८ गते संयन्त्रले तय गरेको आफ्नो उद्धेश्य, कार्यविधि साथै आचारसहितको मस्यौदामा छलफल गर्ने बताइएतापनि त्यसबारे कुनै छलफल नभएको निधिले बताए ।

आजको बैठकमा काग्रेसका तर्फबाट सभापति एवं संयन्त्र संयोजक गिरिजा प्रसाद कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री बिमलेन्द्र निधि यस्तै बरिष्ठ नेता शेरबहादुर देउवा साथै नेता द्धोय कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिह केसी माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, र उपाध्यक्ष द्धोय नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराई साथै एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल र महासचिव इश्वर पोखरेल सहभागी थिए । यस्तै आमन्त्रित सदस्यको रूपमा रहेका प्रधानमन्त्री माधव कुमार नेपाल भने एक कार्याक्रमका सिलसिलामा राजधानी बाहिर गएकाले अनुपस्थित थिए ।

एघारौ साग आजबाट

काठमाण्डौ, १५ माघ- एसियाकै सवैभन्दा ठूलो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितको आज बाट सुरू हुदैछ । नेपाली समय अनुसार शुक्रबार साढे ३ बजे बंगलादेशको राजधानी ढाका स्थित बंगबन्धु रंगशालामा एक भव्य समारोहका बीच सो खेलको उदघाटन गरिदैछ ।

हाल सम्मकै भव्य उदघाटन समारोह रहने उक्त समारोहलाई बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले उदघाटन गर्ने भएका छन् । यस्तै सन् १९८४ मा पहिलो पटक नेपालमा आयोजना भएको उक्त प्रतियोगिता यो सुद्ध गरी बंगलादेशले तेस्रो पटक आयोजना गर्न लागेको हो । यस अघि बंगलादेशले दोस्रो संस्करण सन् १९८५ र १९९३ मा छैठौ संस्करणको आयोजना गरिसकेको छ । तेस्रो पटक प्रतियोगिता आयोजना गर्न लागे बंगलादेशले उदघाटनलाई अविस्मरणिय बनाउन कुनै कसुर नराखेको दाबी गरेको छ । आज उदघाटन मात्रै रहेने उक्त भव्य प्रतियोगितामा भोली बाट मात्र खेल सुरू हुने आयोजकले जनाइएको छ । जसका लागि ८ राष्ट्रका विभिन्न खेलाडीहरूले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, भारत, भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभस, अफगानस्थान र आयोजक बंगलादेश रहेका छन् ।

यस्तै आज हुने एघारौ सागको उदघाटन समारोहमा नेपालका तर्फ बाट भलिबल खेलाडी भरत शाहले मार्च पासको नेतृत्व गर्दैछन् । आज बाट सुरू एघारौ साग आगामी माघ २६ गते सोही रंगशालामा समापन गरिने छ ।

स्थानका आधारमा हाल सम्म भएका साग खेलकुद प्रतियोगिता तालिका


बर्ष खेलस्करण आयोजना स्थल देश
१९८४ पहिलो काठमाण्डौ नेपाल
१९८५ दोस्रो ढाका बंगलादेश
१९८७ तेस्रो कलकत्ता भारत
१९८९ चौथौ इस्लामाबाद पाकिस्तान
१९९१ पाचौ कोलोम्बो श्रीलंका
१९९३ छैठौ ढाका बंगलादेश
१९९५ सातौ मद्रास भारत
१९९९ आठौ काठमाण्डौ नेपाल
२००४ नवौ इस्लामाबाद पाकिस्तान
२००६ दशौ कोलोम्बो श्रीलंका
२०१० एघारौ बंगलादेश ढाका







Thursday, January 28, 2010

अन्तरिम संविधान सातौ पटक संशोधन, उपराष्ट्रपतिको पद क्रियाशिल हुने

काठमाण्डौ, १४ माघ- अन्तरिम संविधन २०६३ लाई आज सातौ पटक संशोसधन गरिएको छ ।

गएको भदौ १५ गते बाट निस्क्रिय अवस्थामा रहेका उपराष्ट्रपति परमानन्द झाको पद क्रियाशिल गराउन संकल्प प्रस्ताव सहित दुई तिहाई बढी मतले अन्तरिम संविधानको सातौ संशोधन गरिएको हो । संसदको रूपमा कार्य गर्दै आएको संविधानसभा भवनमा बेलुकी अबेर सम्म भएको मतदानमा संविधान संशोधनको पक्षमा ४ सय ९९ र विपक्षमा ४ मत परेको थियो ।

संविधान संशोधनको पक्षमा एकिकृत माओवादी, नेपाली काग्रेस र नेकपा एमालेले समर्थन गरेपछी दुई तिहाई मतको आधारमा संविधान संशोधन भएको हो । यस्तै विपक्षमा नेमकिपाका तर्फबाट ३ जना सभासद लीला, न्याइच्याई, नवराज कोइराला र सुनिल प्रजापति साथै चुरेभावर एकता समाजबाट १ जना सभासद रहेका केशव प्रसाद मैनालीले पनि विक्षमा मतदान गरेका थिए ।


३ महिना भित्र भूउपयोग नीति बनाऊ : प्राकृतिक स्रोत साधन समिति

काठमाण्डौ, १४ माघ- व्यवस्थापिका संसद अर्न्तरगतको प्राकृतिक स्रोत साधन समितिले ३ महिना भित्र भूउपयो नीति बनाउन भूमिसुधार मन्त्रालयलाई निर्देशन दिएको छ ।



सिहदरबार स्थित समितिको कार्यालयमा आज बसेको बैठकले अनियन्त्रित र अव्यवस्थित रूपमा हुदै भवन निर्माणलाई व्यवस्थित बनाउन मन्त्रालयलाई निर्देशन दिएको हो । यस्तै समितिकी सभापति शान्ता चौधारीको अगुवाईमा बसेको सो बैठकले जग्गा विक्रिका नाममा केही समय यता अवैधानिक रूपमा हुदै आएको जग्गा प्लटिङको अध्ययन गर्न भूमिसुधार मन्त्रीको संयोजकत्वमा भूमिसुधार तथा व्यवस्था उपसमिति समेत गठन गरेको छ ।
यस्तै बैठकमा समितिका सदस्य समेत रहेका विभिन्न दलका सभासदहरूले जमिनमाथि हुदै आएको राजनीति अन्त्य हुनुपर्ने माग राखेका थिए । साथै उनीहरूले जमिनको अतिक्रमण र खण्डिकरणमा जतिसक्दो चाडो रोक लागाउनुपर्नेमा जोड दिएका थिए ।



पछिल्लो पटक काठमाण्डौ, ललितपुर तथा अझ विशेष गरी भक्तपुर क्षेत्रमा खाली रहेका जमिनमा अवैधानिक रूपले जग्गा प्टीङको समाचार विभिन्न छापा माध्यममा आए पछी समितिले भूउपयोग नीति बनाउन चासो व्यक्त गरेको हो ।

आजदेखी दैनिक ११ घण्टा लोडसेडिङ्ग

काठमाण्डौ, १४ माघ- नदीहरूमा जलस्तर घट्दै गएका कारण विद्युत उत्पादनमा कमी आएको भन्दै नेपाल विद्युत प्राधिकरणले आज बाट दैनिक ११ घण्टा लोडसेडिङ्ग गर्ने भएको छ ।

यस अघि दैनिक ९ घण्टा लोडसेडिङ्ग गर्दै आएको प्राधिकरणले साबिको तालिकामा २ घण्टा लोडसेडिङ्गको समय थपेको हो । दैनिक २ घण्टाबाट सुरू यसपालिको लोडसेडिङ्ग गएको पुस १५ गते पहिलो पटक, माघ ३ गते दोस्रो पटक र यो सुद्ध गरी एक महिनामै तेस्रो पटक लोडसेडिङ्गको तालिका प्राधिकरणले र्सार्वजनिक गरेको हो । परिवर्तन गरिएको तेस्रो पटकको लोडसेडिङ्ग तालिका अनुसार एक पटकमा ६ घण्टा र अर्को पटकमा ५ घण्टा बिजुली जाने छ ।

यस्तै विभिन्न कार्याक्रममा उर्जा मन्त्री डा. प्रकाश शरण महतले यो बर्षदैनिक १२ घण्टा भन्दा बढ्ता लोडसेडिङ्ग नहुने बताएता पनि प्राधिकरणले भने लोडसेडिङ्गको समय अझ बढ्ने बताएको छ ।

आज बाट सुरू माओवादी स्थायी समिति बैठकमा अध्यक्षको प्रतिवेनमा ५ जनाले छलफल सके, बैठक भोली पुन बस्ने

काठमाण्डौ, १३ माघ- आज बाट सुरू एकिकृत माओवादीको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक समिक्षात्मक प्रतिवेनमाथि पाच जना बक्ताले छलफल सकेका छन् ।

पार्टी केन्दि्रय कार्यालय पेरिसडाडामा बसेको सो समितिको बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिदै माओवादी प्रवक्ता दिनानाथ शर्माले "उपाध्यक्ष त्रय मोहन बैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ साथै महासचिव राम बहादुर थापा र सचिव पोष्टबहादुर बोगटीले आजको छलफलमा भाग लिएको "बताए । यस्तै बैठकमा सेना समायोजन, शान्ति प्रक्रिया र संविधान लेखन संगसंगै हुनुपर्छ भन्ने कुरामा छलफल भएको बताउदै भोली ११ बजे बैठक पुन बस्ने गरी स्थगित भएको जानकारी दिए ।

Wednesday, January 27, 2010

हत्या गरिए पत्रकार जोशीका परिवारलाई १० लाख दिइने मन्त्रीपरषदको निर्णय, सत्य निरूपण तथा मेलमिलाप आयोगमा विधेयक ल्याउन सरकार सहमत

काठमाण्डौ, १३ माघ- सरकारले कैलालीमा हत्या गरिएको पत्रकार जगतप्रसाद जोशीको परिवारलाई १० लाख दिइने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिहदरबारमा आज बसेको मन्त्रीपरिषदको बैठकले जगत प्रकाश जोशीका हत्या सर्न्दर्भमा छानबिन गर्न गठत समितिले तयार पारेको प्रतिवेदन अनुरूप जोशीको परिवारलाई सो सहयोग गर्ने निर्णय गरेको हो । बैठक पछी सञ्चारकर्मीहरूलाई जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरलेका "बृस्तृत शान्ति सम्झौता अनुरूप भएको सहमति अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक ल्याउने सम्बन्धमा सरकारले सकारात्मक सहमति समेत प्रदान गरेको" बताए । यस्तै उनले "नेपाली सेनाका दुई जना साहायक रथी नरबहादुर कडेल र नरेन्द्र रावललाई उपरथीमा समेत बढुवा गर्ने निर्णय भएको" बताए । साथै बढुवा भएको द्धोय उपरथी पोखरेललाई पश्चिम पृतना पोखरा र रावललाई पूर्वी पृतना इटहरीमा निमित्त कार्यभार प्रमुखको समेत जिम्मा दिइएको बताए । यस अघि गत माघ ६ गते पनि सरकारले नेपाली सेनाका उपरथी अनिलजंग थापाको २ बर्ष म्याद थप गर्नुको साथै रथी गौरव शमशेर जवरालाई उपरथीमा बढुवा गरेको थियो ।

यस्तै बैठकले गएको माघ ७ गते देखि आन्दोलनमा उत्रिएका स्थानिय निकायका कर्मचारीहरूको मागका सम्बन्धमा बार्ता गरी समस्याको समाधान निकाल्न स्थानिय विकास राज्य मन्त्री गणेश बहदुर खडकालाई जिम्मेबारी समेत दिएको छ । विगतमा सरकारले आफुहरूसंग गरेको सहमतिको कार्यान्वयन नगरेको विरोधमा एक साता अघि स्थानिय निकायका विभिन्न पाच संगठनले पेशागत माग राख्दै स्थानियक निकाय अर्न्तरगतका नगरपालिका, गाविस, वडा लागयतमा कामकाज ठप्प पारेका कारण सरकारले राज्यमन्त्रीलाई सो समस्या हल गर्न निर्देशन दिएको हो ।

एक भएर आन्दोलन गर्ने फोरम र थरूहटको निर्णय

काठमाण्डौ, १३ माघ - एक अर्कामा आरोप प्रत्यारो गर्दै छुट्टाछुट्टै आन्दोलन गर्दै आएका मधेसी जनधिकार फोरम नेपाल र थरूहट संयुक्त संघर्ष समिति एक भएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दुवै पक्षका अगुवाहरूले राज्य पुनसंरचना तथा राज्य शाक्तिको बाडफाड समितिले संविधानसभामा पेश गरेको प्रारम्भिक मस्यौदामा थरूहट र मधेसलाई तीन टुक्रा पार्न खोजिएको भन्दै सो विरूद्ध एक भएर आन्दोलन गर्न पाच बुदे सहमति सहित सो निर्णय गरेका हुन । कार्यगत एकता गर्दै उनीहरूले आफ्ना माग पुरा गराउन प्रचारात्मक आन्दोल सुरू गरिएको भन्दै मधेस र थरूहटको पहिचान कुनै पनि हालतमा समाप्त हुन नदिने अठोट व्यक्त गरेका छन् ।

यस्तै पत्रकार सम्मेलनमा मधेसी जनधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले "गएको माघ ६ गते भावी संविधानका निम्ति राज्य पुनसंरचना र शक्तिको बाडफाड समितिले प्रस्ताव गरेको १४ वटा गणराज्य प्रति आफुहरू सहमत हुन नसक्ने" बताए । यस्तै उनले "मधेसी समुदायलाई उपेक्षित गरेर राज्यको निर्माण हुन नसक्ने भन्दै तत्काल समितिको सो निर्णय नसच्चिए आफुहरू कडा आन्दोलनमा उत्रन बाध्य हुने" बताए । यस्तै थरूहट संयुक्त संघर्ष समितिका संयोजक लक्ष्मण थारूले "सरकाले मेची देखी महाकालीलाई टुक्राउने खेलमा लागेको भन्दै संविधानसभाका प्रमुख तीन दल एमाले, काग्रेस र माओवादीले आफ्ना मागलाई कार्यान्वयन गर्नुपर्ने" बताए । यस्तै फोरमका सह अध्यक्ष जय प्रकाश प्रसाद "गुप्ताले समितिले दाङको देउखुरी, कमलाखोज, उदयपुर र सप्तरी जिल्लाको त्रियुगा लगायतका अन्य क्षेत्रको बदनियत ढङ्कले सिमाङ्कन गरेको प्रति आपत्ती प्रकट गर्दै मधेसी जनताको धारणा विपरित गएर गरिने कुनै पनि क्रियाकलाप आफुहरूलाई मान्य नहुने" बताए ।

यस्तै पत्रकार सम्मलेलनमा निकालिएको संयुक्त विज्ञप्तीमा उनीहरूले उदयपुरको त्रियुगा, सिन्धुलीको कमला खोच, दाङ्गको देउखुरी र घोराहीको तुलसीपुर उपत्यका, चितवन र नवलपुरका पुरै दक्षिणी भूभाग, सुर्खेतको काक्रे बिहार, लाटिकोइली र उत्तर गंगा लगायत पूर्वको झापा देखि पश्चिम कञ्चनपुर सम्म तथा उत्तर चुरे श्रृखला र दक्षिणमा भारतीय सिमाना सम्मको भूभागलाई अखण्ड रूपमा आत्म निर्णयको अधिकार सहितको एक स्वायत्त प्रदेशको नया संविधानमा सुनिश्चित गराउन दुवै पक्ष एकता बद्ध भई सयुक्त आन्दोलन गर्ने उल्लेख गरिएको छ ।

यस्तै उनीहरूले आफ्ना माग प्रति ध्यानकर्षा गराउन माघ १५ गते संविधानसभाका अध्यक्ष र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने लगायत धनगढी, कोहलपुर, भैरहवा, लाहान इटहरी लगायतका विभिन्न ८ स्थानमा अन्तरक्रिया कार्याक्रम सञ्चालन गर्ने बताईको छ ।


Tuesday, January 26, 2010

कोइराला-लनग्रेन भेट

काठमाण्डौ, १३ माघ- नेपाली काग्रेसका सभापति गिरिजा प्रसाद कोइराला नेपाल स्थित संयुक्त राष्ट्रसंघीय मिसन नेपालकी अनमिन प्रमुख करिन लनग्रेन बीच भेटवार्ता भएको

आज विहान कोइराला निवास महाराजगंञ्जमा भएको उक्त भेटवार्तामा लनग्रेनले नेपालको जारी शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा कोइराल समक्ष छलफल गरेको बुझिएको छ । यस्तै भेटपछी सञ्चारकर्मीहसग कुरा गर्दै लनग्रेनले ४ महिनाका लागि थप गरिएको अनमिनको म्याद र सो सिमाभित्र शान्ति प्रक्रियालाई पूर्णता दिइने कुरामा छलफल भएको बताइन् । यस्तै उनले राजनीतिक गतिरोधका निम्ति गठन गरिएको उच्च स्तरिय संयन्त्रको प्रशंसा गर्दै संयन्त्रले शान्ति प्रक्रिया पूर्णता दिइने कुरामा आफु विश्वस्त रहेको बताइन् । यस्तै उनले माओवादी लडाकु समायोजन प्रक्रियाका लागि सरकारले ल्याएको योजनाको समेत प्रशंसा गरिन ।

कोइरालालाई प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव

काठमाण्डौ, १२ माघ- एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले काग्रेस सभापति गिरिजा प्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।

मंगलबार बिहान कोइरालालाई भेट्न अकस्मात महाराजगञ्ज पुगेका प्रचण्डले कोइरालालाई "म तापाईलाई आज दाहिने हात दिन आएको हु, तपाई प्रधानमन्त्री हुन जरूरी छ, नत्र संविधान निर्माण हुन नसक्ने देखि राजनीतिक गतिरोधले निकास पाउदैन" भनेको स्रोतले जनाएको छ । यस्तै उनले "तपाई प्रधानमन्त्री नबन्ने हो आफुलाई सहयोग" गर्ने प्रस्ताव समेत प्रचण्डले राखेको बताइएको छ । प्रचण्डको प्रस्ताव पछी कोइरालाले सो विषयमा आफु सोचेर मात्र जवाफ दिने बताएको बुझिएको छ । यस्तै स्रोतले पाएको उच्च जानकारी अनुसार प्रचण्डले कोइरालालाई "तपाई सुतेरै प्रधानमन्त्रीको कुर्सी सम्हाल्नुस म तपाईलाई सहयोग गर्छु" समेत भनेका छन् । करिब १० मिनेट भएको उक्त भेटवार्तामा प्रचण्डले कोइरालालाई ३६ घण्टा भित्र प्रधानमन्त्री बन्ने वा नबन्ने विषयमा निर्णय गर्न आग्रह समेत गरेको बुझिएको छ । यस्तै सो भेटमा प्रचण्डले

कोइरालासंमक्ष आगामी बस्ने संयन्त्रको बैठकमा माओवादी माग प्रवेश गरिनुपर्ने लगायतका विषयमा समेत आग्रह गरेका थिए । यस्तै आफ्ना माग बारे संयन्त्रको दोस्रो बैठकमा सकारात्मक धारणा आएकाले माओवादीले माघ १० गते बाट गर्ने भनेको अनिश्चितकालिन आम हडताल समेत फिर्ता गरेको भन्दै संयन्त्रको आगामी बैठकमा माओवादी मागले प्रवेश पाउनु पर्ने प्रस्ताव समेत दाहालले राखेको बुझिएको छ ।

जारी राजनीतिक गतिरोध निम्ति पुस २२ गते गठन गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्र प्रति विभिन्न शंका उपशंका उठिरहेको बेला अकस्मात भएको उक्त भेटवार्ता र प्रचण्डको सो प्रस्तावले नेपाली राजनीतिमा फेरी तहल्का मच्चाउने पक्का भएको छ ।

लेखाले १८ संस्थानका अध्यक्ष र महाप्रवन्धकलाई बोलायो

काठमाण्डौ, १२ माघ- व्यवस्थापिका संसद अर्न्तरगतको र्सार्वजनिक लेखा समितिले अनियमितता छानविन गर्न सम्पूर्ण संस्थानका अध्यक्ष र महाप्रवन्धकलाई बोलाउने निर्णय गरेको छ ।
सिहदरबार स्थित समितिको आजको बैठकले आर्थिक अनियमितताबारे प्राप्त उजुरीका आधारमा विभिन्न १८ वटा संस्थानका अध्यक्ष एवं महाप्रवन्धकलाई बोलउने निर्णय भएको समितिका सभापति राकृष्ण यादवले बताए । यस्तै आजको बैठकमा संस्थानका हालसम्मका करिब २ खर्ब बेरूजु र्फछयौट तथा संस्थान सुधारका निम्ति आवश्यक कानुन निर्माण सम्बन्धमा समेत छलफल भएको यादवले बताए ।

Sunday, January 24, 2010

पहिलो डिभिजनबाट ४ सय ७६ अयोग्य लडाकु घर फर्किए

काठमाण्डौ, ११ माघ-- इलामको चुलाचुली स्थित पहिलो डिभिजनबाट संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले अयोग्य ठहर्र्याएका सय ७६ जना अयोग्य माओवादी लडाकुलाई आज विदा गरिएको

अनमिनका, माओवादी, सरकार लगायत मानवअधिकारवादीको रोहवरमा डिभिजनका मुख्यालय सहित अन्य साहायक शिविर टाडी, दानावारी याङसिलामा रहेका अयोग्य लडाकुलाई सोमबार एक औपचारिक कार्याक्रम सहित विदा गरिएको हो अनमिनको तथ्याङ्क अनुसार पहिलो डिभिजनमा सय ७६ अयोग्य लडाकु भएतापनि मंगलबारको विदाई कार्याक्रममा सय ७६ मात्र उपस्थित भएको माओवादीले जनाएको यस्तै उसले यस अघि विविध कारणवस अन्य लडाकुले शिविर छाडिसकेको अयोग्य मध्ये आधालाई मात्र औपचारिक कार्याक्रम मार्फत विदा गरिएको जनाएको जसमा सय १८ अयोग्य महिला लडाकु रहेका छन्

संयुक्त राष्ट्रसंघको सहयोगमा अनमिनले उपलब्ध गराएको १० हजार माओवादीले दिएको १२ हजार सहित अयोग्य लडाकु आज घर फर्किन लागेका हुन यस्तै यस अघि सिन्धुलीको दुधौली स्थित दोस्रो डिभिजन, चितवनको शक्तिखोर स्थित तेस्रो डिभिजनमा रहेका अयोग्य लडाकु घरफिर्ता भइसकेका छन्

वेरूतको समुद्रमा इथोपियन एयरलाइन्सको विमान खस्यो


काठमाण्डौ, ११ माघ- बेरूतको अन्तराष्ट्रिय विमान स्थल हरिरी बाट उडेको इथोपियन एयरालइन्सको विमान बेरूतको समुद्रमा खसेको छ ।

स्थानिय समय अनुसार विहान २२ बजेर २२ मिनेटमा ८३ यात्रु सहित ९ जना जाहाजका कर्मचारी बोकेर इथोपियाको राजधानी अदिसअबाब तर्फ उडेको ५ मिनेटमै समुद्रमा खसेको बीबीसीले जनाएको छ । बोइङ ७३७ नम्बरको उक्त जाहाजमा लेबनान, टर्की, फ्रान्स, रूस, क्यानेडा, सिरिया र इराकका नागरिक रहेको इथोपियन एयरलाइन्सले जानकारी दिएको छ ।

यस्तै इथोपियाका यातायत मन्त्रीले दुर्घटना ग्रस्त उक्त जाहाजको खोजी र यात्रुको उद्धारका लागि सबै पक्षलाई जानकारी दिईसकेको बताए । यस्तै अहिलो समुद्रमा हर्राई रहेको उक्त विमानको खोजीका लागि संयुक्त राष्टसंघीय शान्ति सेना र लेवनानी सेना आफ्नो खोजी कार्यलाई तिब्र पारेका छन् ।

तोरणको बढुवा कायमै

काठमाण्डौ, १० माघ- नेपाली सेनाका बालाधिकृत रथी तोरणजंग बहादुर सिह विरूद्ध परेको मुद्धा सर्वोच्च अदालतले खारेज गरेको छ ।


न्यायधिस द्धय तपबहादुर मगर र रामप्रसाद श्रेष्ठको संयुक्त इजलासले गएको पुस १९ गते प्रधानन्यायधिस अनुप राज शर्माको एकल इजलासले नेपाली सेनाका तोरणजंग बहादुर सिहलाई बालाधिकृत रथीमा बढुवा गर्ने सरकारी निर्णय क्रियाशिल नगर्न सरकारको नाममा जारी गरेको आदेश खारेज गरेको हो ।

यस अघि गएको पुस ९ गते बसेको मन्त्रीपरिषदको बैठकले तोरणलाई उपरथी बाट बालाधिकृत रथीमा बढुवा गरेको थियो । शसत्र द्धन्द्धको समयमा भैरबनाथ गणबाट बन्दी बेपत्ता पारी मानवअधिकार उल्लघन गरेको दाबी गर्दै एकिकृत नेकपा माओवादीको भातृ संगठन अखिल त्रान्तिकारीका महासचिव हिमाल शर्मा र केन्दि्रय सदस्य विना मगरले तोरण विरूद्ध २०६३ साउन ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

विशाल बजारमा गोली चल्यो

काठमाण्डौ, १० माघ- राजधानीको मुटुको रूपमा परिचित न्युरोडमा रहेको विशाल बजार सुपर मार्केटमा लुटेराहरूले गोली चलाएका छन्

स्थानीय सुनाचादी व्यवसायी प्रकाश राजभण्डारीलाई लुट्ने प्रयासमा गोली चलाइएको जनसेवा प्रहरी प्रभागका निरिक्षक तुलबहादुर कार्कीले बताए । त्यस्तै उनले विहान करिब ११ बजेको समयमा विशाल बजारको अन्डरग्राउण्डमा रहेको पार्किक स्थलमा लुटेराहरूले कुरेर सो घटना गराएको बताए । घटनालगत्तै २ जना व्यक्ति मोटरसाइकल चढी फरार भएको बताइएको छ । लुटेराहरू बा २२ प ९५८३ नम्बरको मोटरसाइकलमा फरार भएको निरिक्षक कार्कीले बताए । उनीहरूको लुट्ने योजना सुनियोजित भएको बताउदै कार्कीले जसरी भए पनि अपराधी पत्ता लगाई छाड्ने बताए ।
यस्तै घटनामा दुई जनाको संग्लनता रहेतापनि प्रत्यक्षदर्शीले दुई जना पार्किङ स्थलमा रहेको र बाकी दुईले गोली चलाएको बताएका छन् । यस्तै घटनापछी अहिले विशाल बजार सुपरमार्केटमा सुरक्षा बर्ढाईको छ ।

Saturday, January 23, 2010

एमाले विवाद संविधानसभामा

काठमाण्डौ, माघ- पार्टीमा दुई विभाजन भईरहेको नेकमा एमाललेको विवाद संविधानसभामा पनि छिर्ने भएको शनिबार एमाले संसदीय दलको बैठकमा स्थापन पक्षधर ओली पक्षधरका सभासद बीच राज्यको शासकिय स्वरूपमा विषय गम्भिर मतभेद देखिएपछी यो विवाद संविधानसभा छिर्ने भएको पक्का भएको हो

संस्थापन पक्ष खनाल निकटतमका सभासदले संविधानसभा निर्वाचनमा जानु अघि तयार पारेको चुनावी घोषणपत्रका आधारमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पद्धती अपनाइनुपर्ने ओली निकटतमाका सभासदले उठाएको सुधारिएको संसदीय प्रणाली अपनाएर जानुपर्ने विवादले टुङ्गो नपाएपछी यो विषय भोली आइतबार बाट संविधानसभामा शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमाथिको छलफलमा एमाले सभासद विभाजित भई संविधानसभामा प्रस्तुत हुने प्राय निश्चित भएको यस्तै संसदीय दलको बैठक पछी सञ्चारकर्मीहरूसंग कुरा गर्दे एमाले अध्यक्ष झलनाथ खनालले कुनै पनि हालतमा एमाले आफ्नो चुनावी घोषणा पत्र अनुसार अघि बढ्नेमा दृढ रहेको बताए उनले आफ्नो पार्टीमा लोकतान्त्रिक पद्धत्ती अनुसार सबैलाई बोल्ने अधिकार रहेकाले जसलाई जे बोल्न मन लाग्छ त्यो छुट रहेको बताए उता एमाले सचिव विष्णु पौडेलले सुधारिएको संसदीय पद्धतीमा आफु अडिग रहेको बताए यस्तै उनले सवै दलले -आफ्नो चुनावी घोषणापत्रमा अडिग रहि संविधानसभा प्रस्ततु भए संविधान बन्न नसक्ने बताउदै सहमतिका लागि आफु सुधारिएको संसदीय प्रणालीको पक्षमा रहेको बताए


यस्तै गएको मंसिर १६ गते राज्यको शासकीय स्वरूप निर्धारण समितिको निर्वाचनमा एमाले-काग्रेस मिलि संसदबाट निर्वाचित प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए उक्त मदतानमा माओवादी लगायत मधेसबादी दलले प्रत्यक्ष राष्ट्रपति प्रणाली अपनाउनु पर्ने पक्षमा मतदान गरेका थिए जसमा १८ मत प्रत्यक्ष राष्ट्रपतिको प्रणालीको पक्षमा १६ मत संसदबाट चुनिने प्रधानमन्त्रीको पक्षमा परेको थियो

Friday, January 22, 2010

संयन्त्रमा प्रधानमन्त्री सामेल, मोओवादीले पर्सीबाट गर्ने भनेको आन्दोलन फिर्ता हुने

काठमाण्डौ, ८ माघ- राजनीतिक गतिरोध अन्त्य गर्ने एव नया संविधान निर्माणका लागि निर्माण गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रमा आमन्त्रित सदस्यको रूपमा प्रधानमन्त्री सामेल हुने पक्का भएको छ ।

काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगञ्जमा बसेको संयन्त्रको बैठकपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले "आमन्त्रित सदस्यको रूपमा प्रधानमन्त्री समावेश गर्ने विषयमा माओवादी सहमतिमा आएकाले संयन्त्रमा प्रधानमन्त्री राख्न सबै दल सहमत भएको" बताए । साथै उनले "लामो समय देखि हुदै आएको राजनीतिक गतिरोध अन्त्यको सुरूवात भएको" बताए ।



यस्तै माओवादीले पर्सी १० गते बाट गर्ने भनेको अनिश्चितकालिन आम हडताल फिर्ता लिने संकेत गरेको छ । बैठकपछी पत्रकारहरूसंग कुरा गर्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले "बैठकमा सहभागी अन्य दलका नेताले आम हडताल फिर्ता लिन आग्रह गरे र त्यसमा हामी सकारात्मक छौ, यसबारे पार्टीमा छलफल गरी भरे बेलुकी सम्म निर्णय गर्र्छौ" भने । उनले सकारात्मक दिशा तर्फछलफल अगाडी बढेकाले पहिले सहमतिलाई प्राथामिकता दिइने बताए । सेनापति प्रकरणमा बैशाख अन्ति साता सरकार छाडी सडकमा ओर्लिएको एकिकृत माओवादीले राष्ट्रिय स्वाधिनता एवं नागरिक सर्वोच्चताको माग राख्दै सात महिना यता वर्तमान सरकार को विरोधमा विभिन्न आन्दोलन गर्दै आएको थियो भने आफ्नो आन्दोलनको नारामा राष्ट्रिय स्वाधिनताको मुद्धालाई थप गरी माघ १० गतेबाट अनिश्चित कालिन आम हडताल गर्ने बताएको थियो ।

यस्तै आजको बैठकमा सार्वजनिक रूपले एक अर्का विरूद्ध गाली गलौज नगर्ने, नेता कार्यकर्तामाथि आक्रण प्रयास नगर्ने जस्ता विभिन्न सहमति समेत भएको छ । राजनीतिक निकासका लागि गएको पुस २२ गते निर्माण गरिएको उक्त संयन्त्रको पहिलो बैठक अस्ति बुधवार सोही स्थानमा बस्नुको साथै तीन दलीय सम्मेलित ६ सदस्य कार्यदल समेत गठन गरी राजनीतिक निकास दिने निर्णय गरेको थियो । यस्तै आजको बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र देब गुरूङ, काग्रेसबाट सभापति गिरिजा प्रसाद कोइराला, प्रवक्ता अर्जुननरसिह केसी र कृष्ण प्रसाद सिटौला त्यस्तै एमालेबाट अध्यक्ष झलनाथ खनाल, भरतमोहन अधिकारी र युवराज ज्ञावाली उपस्थित थिए ।

टेलिकमको ब्यालेन्स ट्रान्सफर अनिश्चितकालका लागि बन्द

काठमाण्डौ, ८ माघ - नेपाल टेलिकमले आज बाट अनिश्चितकालका लागि ब्यालेन्स ट्रान्सफर सेवा बन्द गरेको छ ।

टेलिकमले सार्वजनिक गरेको सूचना अनुसार ठूलो परिणाममा रकम अवैद्य रिचार्ज भइरहेको र त्यसलाई रोक्न नसकिएको भन्दै अर्को सूचना नभएसम्म यो सेवा बन्द गरिएको जनाएको छ । प्रिपेड मोबाइलमा एक पटकमा १० देखि १०० रूपैया सम्म ट्रन्सफर गर्न मिल्ने उक्त सुविधा गएको असार २३ गते बाट लगभग दुई महिना बन्द भई पुन सञ्चालनमा आएको थियो ।

Thursday, January 21, 2010

कोइराला निवासमा संयन्त्रको बैठक जारी, संयन्त्रको कार्यविधिमा छलफल हुदै

काठमाण्डौ, ८ माघ- राजनीतिक गतिरोध अन्त्य एवं नया संविधान निर्माणका लागि निर्माण गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रको दोस्रो बैठक काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगञ्जमा बसिरहेको छ ।

गठन हुनु अघि देखि नै विवादित बनेको संयन्त्रको आजको बैठकमा संयन्त्रको कार्याविधि, त्रिदलीय कार्यदलको क्षेत्राधिकार, आमनत्रित सदस्यको रूपमा प्रधानमन्त्री लाई राख्ने विषयमा तथा अन्य विविध विषयमा छलफल हुने बुझिएको छ । संयन्त्र गठन भएपछी पहिलो पटक अस्ति बुधबार सोही स्थानमा बसेको संयन्त्रको पहिलो बैठकले तीन दलीय सम्मेलित ६ सदस्य कार्यदल गठन गरेको थियो । यस्तै आजको बैठकमा सो कार्यदलको क्षेत्राधिकार समेत तय गरिने बुझिएको छ ।

सहमतिको प्रयास स्वरूप एवं राजनीतिक निकास हुने तर्फमुलुक गइरहेको अवस्थामा संयन्त्रको बैठकले माओवादीले पर्सी १० गते बाट गर्ने भनेको आन्दोलनलाई समेत स्थगित गरिदिन सक्ने बुझिएको छ ।

संयन्त्रको बैठकमा काग्रेस सभापति गिरिजा प्रसाद कोइराला, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ लगायत प्रमुख तीन दलका शिर्षनेताहरू सहभागि भएका छन् ।


५ औ पटक थपियो अनमिनको म्याद


काठमाण्डौ, ८ पुस- नेपालको शान्ति प्रक्रिया पूर्ण नभएको भन्दै संयुक्त राष्ट्रसंघले नेपाल स्थित राष्ट्रसंघीय नियोग अनमिनको म्याद ५ औ पटक र्सवसम्मतीले थप्ने निर्णय गरेको छ ।

गए राति राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा बसेको सुरक्षा परिषदको बैठकले नेपाल सरकारको आग्रह अनुरूप अनमिनको म्याद थप गर्ने निर्णय गरेको हो । अनिमनको चौथो पटकको म्याद हिजो बिहिबार बाट सकिन लागेको बेला राष्ट्रसंघले गएराति नेपाल सरकारलाई थप गरिएको समयावधि भित्र शान्ति प्रक्रिया पूर्ण गर्ने गरी म्याद थप गरेको हो । यस्तै गएको पुस ९ गते मन्त्रिपरिषदको बैठकले अनमिनको समयावधि थप गर्न राष्ट्रसंघीय सुरक्षा परिषदलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

कपुर भए नेपाली सेनाको माननार्थ सेनापति

काठमाण्डौ, माघ- भारतीय स्थल सेनाध्यक्ष दीपक कपुरले नेपाली सेनाको मानार्थ सेनापतिको पद पाएका छन्

बिहिबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको विशेष कार्याक्रममा कपुरलाई राष्ट्रपति डा. रामबरण यादवले माननार्थ सेनापतिको सम्मन दिएका हुन । यस्तै केही साता पहिले भारतले पनि नेपालका सेनापति छत्रमान् सिह गुरूङलाई भारतीय सेनाअध्यक्षको पदवाधी दिएको थियो । सताब्दी देखि चलिआएको दुवै देशका सेनाध्यक्षलाई दिइने माननार्थ यो उपाधी गएको ६ बर्ष रोकिएको थियो । २०६० साल बैशाखमा भारतीय जनलर एनसी भिजले नेपालको भ्रमण गरेका थिए ।

नेपाली समकक्षी छत्रमान् सिह गुरूङको निमन्त्रणामा ४ दिने नेपाल भ्रमणमा आएका कपुरले प्रधानमन्त्री, रक्षामन्त्री लगायतसंग भेटवार्ता गरिसकेका छन् । कपुर भोली शुक्रबार स्वदेश र्फकने कार्याक्रम रहेको छ ।

माओवादीले नागरिक सर्वोच्चता अवमूल्यन गरेको सत्तारूढ दलको ठहर, आन्दोलन फिर्ता लिन आग्रह

काठमाण्डौ, ७ माघ- सत्तारूढ दश दलको बैठकले राष्ट्रिय स्वाधिनताको मुद्धा एवं नागरिक सर्वोच्चताको नाममा माओवादी आफैले नागरिक सर्वोच्चतको अवमूल्यन गरेको ठहर गरेको छ ।

एमाले पार्टी कार्यालय बल्खुमा आज बसेको सत्ताधारी दश दलको सो बैठकले आन्दोलनको नाममा जनता प्रत्यक्ष मारमा परेको भन्दै पर्सी दश गतेबाट माओवादीले गर्ने भनेको चौथो चरणको आन्दोलन स्थगित गर्न समेत आग्रह गरेका छन् । बैठकपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले "शान्ति प्रक्रियालाई तार्किक निस्कर्षा पुर्र्‍याउन र संविधान निर्माणलाई गति दिनका निम्ति माओवादीलाई आन्दोलन फिर्ता लिन आग्रह गर्ने निर्णय भएको" बताए । यस्तै उनले "बैठकमा सरकारको काम कारबाही र नया संविधान समयमै निर्माण गर्नको लागि राजनीतिक परिचालनको कार्याक्रम समेत तय भएको" बताए । जसका लागि सरकारलाई र्समर्थन गर्ने २२ दलको बैठक बोलाउने समेत निर्णय भएको जनाए । यस्तै सत्ताधारी दलका अर्का नेता डा. राम शरण महतले "संविधान निर्माण एव शान्ति प्रक्रियालाई निष्कर्षा पुर्र्‍याउनका लागि सबै दललाई गम्भिर हुन बैठकले आहृवान गर्ने" निर्णय समेत भएको बताए ।




Wednesday, January 20, 2010

रक्षा मन्त्रीको भनाईमा नलागौ : प्रधानमन्त्री

काठमाण्डौ, ७ माघ - प्रधानमन्त्री माधव कुमार नेपालले सेना समायोजनका विषयमा रक्षा मन्त्रीले दिएको अभिव्यक्ति तर्फनलाग्न माओवादीलाई आग्रह गरेका छन् ।

आज बसेको सेना समायोजन विशेष समितिको बैठकमा बोल्दै प्रधानमन्त्री नेपालले विशेष समितिको निर्णय नमान्ने रक्षा मन्त्रीको भनाई पछी नलागी कार्ययोजना अनुसार अघि बढ्नु सबैलाई आग्रह गरेका छन् । समितिको कार्यालय सिहदरबारमा आज बसेको सो बैठक रक्षा मन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण निर्णय विहिन समेत भएको छ । यस्तै बैठक सुरू भए लगत्तै माओवादी तर्फा सदस्य द्धोय बर्षान् पुन (अनन्त) र जनार्दन शर्माले गत मंगलबार रक्षा मन्त्री विद्यादेवी भण्डारीले माओवादी लडाकुको विषयमा दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउदै बैठकको ध्यानाकर्षण गराएका थिए । लगत्तै समितिका अध्यक्ष समेत रहेत प्रधानमन्त्री नेपालले शान्ति प्रक्रिया प्रति सरकार प्रतिबद्ध रहेकाले त्यस प्रति आशंका नगर्न आग्रह गरेका छन् । यस्तै समितिका अर्का सदस्य एव शान्ति मन्त्री रकम चेम्जोङले रक्षा मन्त्रीको अभिव्यक्ति प्रति सरकारले खण्डन गरिसकेकाले सो विषयलाई लम्बयाउन नहुने बताए ।

गएको मंगलबार आफ्नै कार्यकक्षमा अकस्मात पत्रकार सम्मेलन गरी मन्त्री भण्डारीले सेना समायोज विशेष
समितिले माओवादी लडाकुलाई सेनामा समायोजन गरे आफुलाई मान्य नहुने बताएकी थिइन् ।

भावी संविधानमा १४ गणराज्यको प्रस्ताव


काठमाण्डौ, ६ माघ- नया संविधान निर्माणका लागि गठन गरिएको ११ वटा समितिहरूमध्ये प्रतिवेदन बुझाउन बाकी रहेको संविधान सभा अर्न्तरगतको राज्य पुनर्संरचना र शक्तिको बाडफाड समितिले १४ वटा संघीय गणराज्यको प्रस्ताव गरेको छ ।
बुधबार बेलुकी समितिको कार्यालय सिहदरबारमा बसेको समितिको बैठकले आवश्यक सहमति जुटाउन नसकी मतविभाजनको आधारमा भावी संविधानका लागि विभिन्न १४ वटा गणरँज्यको प्रस्ताव गरको हो । सो प्रस्तावमा माओवादी र एमाले एक भएपछी बहुमतको आधारमा सो प्रस्ताव पारित भएको हो । बहुमतका लागि २१ सदस्य आवश्यक पर्नेमा २३ सदस्यको मत सो प्रस्तावमाथि परेको थियो । यस्तै विपक्षमा नेपाली काग्रेसले गरेको ६ वटा संघीय राज्यको प्रस्ताव अस्विकृत भएको थियो । यस्तै १४ राज्यको प्रस्तावमाथि मधेसबादी दलले समेत असन्तुष्टी ब्यक्त गरेका थिए ।
निर्वाचन पश्चात सञ्चारकर्मीहरूसंग कुरा गर्दै समितिका सभापति लोकेन्द्र विष्ट मगरले विभिन्न जिल्ला र गाउ विकास समितिलाई मिलाएर १४ वटा राज्यको प्रस्ताव संविधानसभामा लैजान सफल भएको बताए । उनले सो प्रस्तावलाई भोली बिहिबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्ग समक्ष बुझाउने कार्याक्रम रहेको बताए ।

कोइराला-मुन भेटवार्ता, सेना समायोजन नभई संविधान बन्न नसक्ने कोइरालाको भनाई

काठमाण्डौ, ६ माघ- नेपाली काग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र अमेरिकी उप विदेश मन्त्री पेट्रिक मुन बीच भेटवार्ता भएको ।

आज विहान कोइराला निवास महाराजगञ्जमा भएको उक्त भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको कोइरालाका निजी सल्लाहकार डा. सुरेश राज चालिसेले जानकारी दिएका छन् । यस्तै भेटमा उनले "जारी राजनीतिक गतिरोधका निम्ति केही सता अघि गठन गरिएको उच्च स्तरीय राजनीतिक संयन्त्र र त्यसको काम कारबाहीको विषयमा छलफल भएको " बताए । यस्तै काग्रेस सभापति कोइरालाले मुन समक्ष शिविरमा रहेका माओवादी लडाकुको समायोजन प्रक्रिया पूर्ण नभएसम्म नया सविधान बन्न नसक्ने बताएको र त्यसका लागि अमेरिकी सहयोग आवश्यक पर्ने बताएको चालिसेले बताएका छन् ।

यस्तै भेटघाटपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै अमेरिकी उप विदेश मन्त्री मुनले शान्ति प्रक्रिया र नेपालको नया भावी संविधानको विषयमा छलफल भएको बताए । तीन दिने नेपाल भ्रमाणका लागि अस्ति नेपाल आएका मन्त्री मुनले यस अघि नेपालको शान्ति प्रक्रियालाई चासो मान्दै प्रधानमन्त्री माधव कुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड लगायतसग भेटवार्ता गरिसकेका छन् ।

विद्याकी देवी सरस्वतीको पुजा आजा धुमधामका साथ मनाइदै, आजबाट बसन्त ऋतु प्रारम्भ


काठमाण्डौ, ६ माघ- ज्ञान बढोस एव बालबालिकालाई अक्षराम्भ गर्राईने दिनको रूपमा विद्यार्थीहरूले विद्याकी देवी श्री सरस्वतीमाताको पुजा आजा आज विशेष रूपले देशै भरी मनाइदैछ । ज्ञान एव सतकर्मको बाटो पाउ“ भन्ने कामनाका साथ आजको दिन सफा भई आफ्ना पुस्तक, कलम लगायत शैक्षिक सामग्रीलाई पुजा आज गर्ने चलन रहेको छ ।

यस्तै आजको दिनमा विद्यार्थीहरू सामुहिक भेला भई सरस्वतीको पुजाका लागि नजिकैको सरस्वती मन्दिर एव आफ्ना विद्यालयमा प्रतिस्थापन गरिएको श्रीसरस्वतीको तस्बिर एव मुर्तिमा भक्ति भाव सहित पुजा आज गर्ने चलन रहेको छ । यस्तै यता राजधानी स्थित ललितपुरको लेलेमा ठूलो मेलालागेको छ । साथै लाजिम्पाटको निल सरस्वती, स्वयम्भुको सरस्वती स्थान, लगायतका स्थानमा विद्याकी देवीको पुजा आजा गर्नेको घुइचो लागेको छ ।

यस्तै आजबाट सुर्य उत्तर तिर लाग्ने हुदा दिन लामा हुन गई बसन्त ऋतु प्रारम्भ हुने हुदा यो दिनलाई बसन्त पञ्चमी समेत भन्ने गरिन्छ । बसन्त पञ्चमीकै अबसरमा राष्ट्रपति डा. रामबरण यादवले आज विहान बसन्तपुर गई बसन्त श्रवण गरेका छन् । यस्तै आज अति उत्तम दिन रहेकाले विना र्साई त बैबाहिक कार्याक्रम समेत आयोजना गर्ने गरिन्छ ।

Tuesday, January 19, 2010

विशेष समितिको निर्णय अमान्य : रक्षा मन्त्री

काठमाण्डौ, माघ- रक्षा मन्त्री विद्यादेवी भण्डारीले सेना समायोजन समितिले माओवादी लडाकुलाई सेनामा प्रवेश गराएमा आफुलाई त्यो निर्णय मान्य नहुने बताएकी छिन्

मंगलबार सिहदरबार स्थित आफ्नै कार्यकक्षमा अकस्मात पत्रकार सम्मेलन गरी उनले बृहत शान्ति सम्झौतामा कहि पनि माओवादी लडाकुको समायोजन नेपाली सेनामा उल्लेख नगरिएको दाबी गर्दै सेना समायोजन विशेष समितिलाई सो सम्बन्धी निर्णय गर्ने अधिकार नभएको दाबा गरेकी छिन् । विशेष समितिमा आफु पनि नभएको र रक्षा मन्त्रालयका तर्फबाट कसैको पनि प्रतिनिधित्व नभएको भन्दै उनले समितिले गरेको कामकारबाही अन्तिम नहुने स्पष्ट पारेकी छिन् ।
आफ्नै पार्टीका नेता प्रधानमन्त्री समेत अध्यक्ष रहेको सो समितिको कार्य माओवादी सेनाको रेखदेख र पुनस्थापना गर्न मात्र रहेको भन्दै मन्त्री भण्डारीले माओवादी लडाकुको रेखदेख र पुनस्थापना गर्ने मात्र जिम्मेबारी सो समितिलाई रहेको स्पष्ट पारेकी छिन् । यस्तै उनले समितिले सो निर्णय गरे पनि आफुले त्यसमा हस्ताक्षर नगर्ने स्पष्ट पारेकी छिन् ।
यस्तै उनले केही दिन अघि माओवादीले गैर घातक हतियार नेपाली सेनाले भित्राउको भन्ने कुरा निराधार रहेको बताएकी छिन् उनले सेनाका लागि आवश्यक बन्दोबस्तीका समाग्री मात्र ल्याएको बताइन् ।

Saturday, January 16, 2010

फेरी बढ्यो लोडसेडिङ्ग

काठमाण्डौ, ३ माघ नदीहरूमा जलस्तर घट्दै गएको कारण विद्युत उत्पादनमा कमी आएको भन्दै नेपाल विद्युत प्राधिकरणले आज बाट पुन लोडसेडिङ्गको समय बढाएको छ ।

सातामा ५१ घण्टा लोडसेडिङ्ग गर्दै आएको प्राधिकरणले आज बाट ६३ घण्टे लोडसेडिङ्ग तालिका र्सार्वजनिक गरेको हो । तालिका अनुसार आज बाट प्रत्येक दिन ९ घण्टा का दरले एक पटकमा ५ र ४ घण्टा गरी लोडसेडिङ्ग हुने प्राधिकरणले जनाएको छ । ४ घण्टाबाट सुरू भएको यसपालिको लोडसेडिङ्गको कार्यतालिका लाई प्राधिकरणले गएको पुस १५ गते पहिलोपटक परिवर्तन गरी दैनिक ८ घण्ट बनाएको थियो भने यस पाली थप एक घण्टा बढाएको हो ।



Friday, January 15, 2010

भारतको विदेश नितिमा नेपाल उच्च प्राथामिकता, नेपाल भारत बीच विभिन्न सम्झौता हुदै

काठमाण्डौ, १ माघ - तिन दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री एस एम कृष्णाले भारतको विदेश नितिमा नेपाललाई उच्च प्राथामिकतामा राखिएको बताएका छन् ।

शुक्रबार मध्यान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ओर्लिएका मन्त्री कृष्णाले सञ्चारकर्मीहरूसंग कुरा गर्दै अन्य मूलुक भन्दा यो परिस्थितिमा नेपाललाई विशेष स्थानमा राखिएको बताए । यस्तै उनको स्वागतार्थ विमानस्थल पुगेकी परराष्ट्र मन्त्री सुजाता कोइरालाले गोप्य भेटका लागि सोझै बत्तीसपुतली स्थति द्धारिका होटल लगेकी थिइन । त्यहा दुई समकक्षी बीच करिब २ घण्टा छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । उनीहरूबीच सुरूमा करिब आधा घण्टा गोप्य भेटवार्ता भएको थियो भने त्यसपछी लगत्तै दुई समकक्षीको सो बैठकपछी नेपालका प्रतिनिधि र भारतीय प्रतिनिधिबीच सोही होटलको छुट्टै कक्षमा अर्को बैठक सम्पन्न भएको थियो ।

यस्तै सामुहिक बैठकका बारे जानकारी दिदै उपप्रधानमन्त्री एवम् परराष्टमन्त्री सुजाता कोइरालाले १९५० को सन्धी पुनारावालोकन गर्न भारत तयार रहेको बताइन् यस्तै उनले भारतले यसको तयारी गरेर आउन समेत आग्रह गरेको बताइन् । यस्तै बैठकमा बाग्मती सिभिलाईजेशन प्रोजेक्ट लगायत विभिन्न बुदामा दुई देश बीच सहमत हुनुका साथै शुक्रबार साझ राजधानीको दरबार मार्गमा रहेको होटल याक एण्ड यतीमा हस्ताक्षरको कार्याक्रम रहेको बताइन् । त्यस्तै उनले बाग्मती सिभिलाइजेशन प्रोजेक्टमा पनि भारतसंग सहमति भएको बताइन । सिभिलाइजेशन प्रोजेक्टमा बाग्मती खोला सफा देखी लिएर पशुपति नाथ सरसफाईसम्मका कुराहरू रहेको उनले बताइन । जसका लागि दुई दिन भित्र र्सर्वे टोली भारतबाट नेपाल आइपुग्ने कार्याक्रम रहेको उनले बताइन् । यस्तै तर्राई जोडने हुलाकी राजमार्ग, विभिन्न पाच गाविसमा ग्रामिण विधुतीकरण, विज्ञान प्रविधिको क्षेत्रमा सयोग जस्ता कुरामा दुई देश बीच सहमति भएको बताइन् ।

सात सदस्य टोली सहित नेपाल आएका भारतीय विदेश मन्त्री एस एम कृष्णाले शुक्रबार बेलुकी प्रधानमन्त्री माधव कुमार नेपालसंग भेटवार्ता गर्ने कार्याक्रम रहनुको साथै भोली माओवादी अध्यक्ष प्रचण्ड, काग्रेस सभापति गिरिजा प्रसाद कोइराला, राष्ट्रपति डा. रामबरण यादव लगायतलाई भेटने कार्याक्रम रहेको छ ।

Wednesday, January 13, 2010

कोइराला-दाहाल भेटवार्ता, संयन्त्रमा प्रधानमन्त्री राख्न सहमत

काठमाण्डौ, ३० पुस- नेपाली काग्रेसका सभापति एव एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको

आज विहान कोइराला निवास महाराजगञ्जमा भएको उक्त भेटवार्तामा राजनीतिक गतिरोधका निम्ति गएको शुक्रबार निर्माण गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रमा प्रधानमन्त्रीलाई समावेश गर्न राखिएको कोइरालाको प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्ड लचक भएका हुन । यस्तै भेटपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई आमन्त्रित सदस्यको रूपमा राख्न सवै सहमति भए अनुरूप आफुहरूपनि सहमत भएको बताए । साथै उनले कोइरालासंगको भेटमा उच्चस्तरिय राजनीतिक संयन्त्रको पहिलो बैठक आगामी माघ ४ गते बस्ने तय समेत भएको बताए । यस्तै केही दिन अघि प्रधानमन्त्रीकै कारण राजनीतिक गतिरोध बढेको भन्दै संयन्त्रमा प्रधानमन्त्रीको आवश्यकक्ता नरहेको बताउदै आएका प्रचण्ड आज कोइरालासंगको भेटपछी एकएक सहमतिमा आउनुलाई निकै गम्भिरता पूर्वक हेरिएको छ ।

संयन्त्रलाई षडयन्त्रका रूपमा हेरिएको यो गठबन्धन अझै पनि चोखो नभएको कतिपय राजनीतिक विश्लेष्कले बताएका छन् । यस्तै संयन्त्रमा प्रधानमन्त्रीलाई सहभागी गराउने विषयमा हिजो काग्रेस सभापति र एमाले अध्यक्षबीच पनि सहमत हुनु लगत्तै भारत भ्रमणमा जानु कुनै संयोग नभई दालमा केही कालो छ भन्ने कुरा प्रष्ट हुन जान्छ ।

ज्ञानेन्द्र आए खनाल गए.......

काठमाण्डौ, २९ पुस- एक महिने भारत भ्रमणका क्रममा पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार स्वदेश फिर्ता भए लगत्तै व्यक्तिगत कामका लागि एमाले अध्यक्ष झलनाथ खनाल त्यसतर्फप्रस्थान गरेका छन्

भारत स्थति उडिसा राज्यमा रहेका आफन्तको विवाह समारोहका लागि एक महिना अघि त्यसतर्फप्रस्थान गरेका ज्ञान्नेन्द्र दम्पती बुधबार अपरन्ह ३ बजे जेट एयरवेजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आए लगत्तै खनाल दम्पत्तीसंग जम्का भेट भएको हो । पाच दिने व्यक्तिगत भारत भ्रमणका लागि हरिद्धार प्रस्थान गरेका खनालले सञ्चारकर्मीहरूसित योगी बाबा रामदेबको योग शिविरमा सहभागी हुन त्यसतर्फलागेको बताए । यस्तै अचानक योग शिविरको नाम दिएर भारत भ्रमण जानुपुव अध्यक्ष खनालले विवादित उच्चस्तरिय राजनीतिक संयन्त्रका विषयमा काग्रेस सभापति गिरिजा प्रसाद कोइरालासंग भेटवार्ता गरेका थिए । भेटमा भर्खरै गठन गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रमा प्रधानमन्त्रीलाई आमन्त्रित सदस्यको रूपमा राख्न दुवै नेता सहमत भएका थिए ।

Monday, January 11, 2010

भारतद्धारा अतिक्रमित सिमा क्षेत्र अवलोकन गर्दै माओवादी नेताहरू

काठमाण्डौ, २७ पुस- राष्ट्रिय स्वाधिनताको नारा सहित चौथो चरणको आन्दोलनमा उत्रिएको एकिकृत नेकपमा माओवादीका शिर्ष नेताहरूले आज भारतद्धारा देशका विभिन्न स्थानमा अतिक्रमित गरिएको सिमा क्षेत्र अवलोकन गर्दै छन् ।

सिमा क्षेत्र अबलोकन एव जागरण सभाका लागि माओवादी अध्यक्ष प्रचण्ड महाकाली, उपाध्यक्ष दोय डा. बाबुराम भट्टराई नवलपरासीको सुस्ता र मोहन बैद्य इलामको पशुपतिनगर पुगिसकेका छन् । यस्तै माओवादी अध्यक्ष प्रचण्डले भारतद्धारा मिचिएको सिमा महाकालीको टनकपुर स्थित ब्रम्हदेव गई अबलोकन गरेको विभिन्न सञ्चाचरमाध्यमहरूले जनाएका छन् । त्यस्तै उता सुस्ता पुगेको माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईको टोलीले दिउसो २ बजे सुस्तामा भारतद्धारा अतिक्रमित भुमिको अबलोकन गरेको त्यहा पुगेका अखिल क्रान्तिकारीका महासचिव हिमाल शर्माले बताएका छन् यस्तै नेपालको पूर्वी सिमाना इलामको पशुपतिनगरमा पनि उपाध्यक्ष मोहन बैद्यले अबलोकन गरेको खबर छ । हिजो आइतबार अतिक्रमित क्षेत्र पुगेका ती नेता आजै साझ काठमाण्डौ र्फकने माओवादीले जनाएको छ ।


चुरे क्षेत्रको अवलोकन गर्न १३ सदस्य अध्ययन उपसमिति गठन

काठमाण्डौ, २७ पुस- व्यवस्थापिका संसद अर्न्तगतको प्राकृतिक स्रोत साधन समितिले चुरे क्षेत्रबाट अबैध रूपमा भारत निकास हुदै आएको ढुङ्गा, बालुबाको तथा रोडा निकासी को अध्ययन गर्न चन्द्र देव जोशीको संयोजकत्वमा गर्न १३ सदस्य उपसमिति गठन गरेको छ ।

समितिको कार्यालय सिहदरबारमा बसेको बैठकले २ महिना भित्र आफ्नो प्रतिवेदन बुझाउने गरी उपसमिति गठन गरेको हो । त्यस्तै समिति सभापति शान्ता चौधरीका अनुसार उपसमितिमा कल्पना धमला, रामकुमार शर्मा, गगन थापा, पृथ्वी सुब्बा गुरूङ, अभिसेक प्रताप शाह, मोहनबहादुर खत्री त्यस्तै ३ जना विज्ञको रूपमा रवि शर्मा, सन्तोष नेपाल र अखिलेश्वर लाल कर्ण रहेको बताइन् ।

Sunday, January 10, 2010

संविधान संशोधनको विषयलाई लिएर तमलोपा केन्दि्रय समितिको बैठक बस्दै

काठमाण्डौ, २७ पुस- अन्तरिम संविधान संशोधनको विषयलाई लिएर मधेसवादी दल तर्राई मधेस लोकतान्त्रिक पार्टीको केन्दि्रय समितिको बैठक आज बस्दै छ ।

पार्टी कार्यालय बानेश्वरमा अपरान्ह बस्ने उक्त बैठकमा केही दिनमै हुन लागेको अन्तरिम संविधानको सातौ संशोधनका विषयमा उपराष्ट्रपतिले हिन्दीमा गरेको सपथ विवाद र उनको आगामी क्रियाशिलताका सम्बन्धमा छलफल केन्दि्रत रहने बुझिएको छ । यस्तै तमलोपा केन्दि्रय सदस्य एव सहमहामन्त्री जितेन्द्र सोनमाले "मूलुकको पछिल्लो राजनीतिक परिस्थितको सम्बन्धमा छलफल केन्दि्रत रहने" बताए । यस्तै "उनले गत शुक्रबार गठित उच्च स्तरिय राजनीतिक संयन्त्रका बारेमा पनि आफ्नो पार्टीले आफ्नो आधिकारिक धारणा समेत सार्वजनिक गर्ने" बताए । साथै उनले आजको बैठक कुनै खाश नभई नियमित रहेको बताए ।

गणतन्त्र स्थापना भएको २ बर्ष वितिसक्दा पनि पृथ्वी जयन्ती मनाइदै


काठमाण्डौ, २७ पुस- देशा गणतन्त्र स्थापना भइसेका दुई बर्शवितिसक्दा पनि गोरखामा जन्मिएका शाहकालका राजा पृथ्वी नारायण शाहको सय ८८ जन्मजयन्ती राष्ट्र एकता दिवसको नामले विविध कार्याक्रम गर्दै मनाईदै

राष्ट्र निर्माताको उपाधी पाएका पृथ्वी नारायण शाहको सम्झनामा उनको शुभेच्छुकहरूले विभिन्न स्थानमा रहेको उनको शालिक माथि मार्ल्यापण गर्दै सम्झैदैछन् । लोकतन्त्र उनको महत्व र योगदानलाई सम्झेर आजको दिन र्सार्वजनिक विदा दिने चलन रहेता पनि लोकतन्त्र आवागमन पश्चात तत्कालिन राष्ट्रप्रमुख एवम् प्रधानमन्त्री गिरिज प्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले सो विदा कटौति गरेको थियो ।

छरिएर रहेको विभिन्न ५२ वटा स-साना राज्यहरूलाई एकिकरण गरी सिङ्गो नेपाल बनाएका शाहको व्यक्तिगत नाम बाट राष्ट्रिय एकता दिवस हुन नसक्ने भन्दै विभिन्न इतिहासकार एव् बैधिक बर्गका व्यक्तिले गणतन्त्र पश्चात यसको औचित्य समाप्त भएको बताउदै आएका छन् ।

Saturday, January 9, 2010

संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाद्धारा उपत्यका बन्दको आहृवान, संघीयताको पक्ष्यमा बसन्तपुरमा मोटरसाईकल र्‍याली

काठमाण्डौ, २६ पुस- संघीयताको खारेजी, राष्ट्रिय स्वाधिनताको रक्षा लगायतका माग राख्दै संविधान सभामा प्रतिनिधित्व गरिरहेको राष्ट्रिय जनमोर्चाले आज काठमाण्डौ उपत्यका बन्दको आहृवान गरेको

जनमोर्चाका कार्यकताले उपत्यकाका विभिन्न स्थानमा विहानै बाट प्रदर्शन गरेका कारण विहानै देखि बन्दको प्रभाव देखिएको छ । यस्तै बन्दमा सवारी चलाएको भन्दै राजधानीको ताहचलमा सोल्टी होटलको बा १ क ४६५० नम्बरको बसमा आगजनी गरेका छन् । त्यस्तै ललितपुरको कुमारी पाटीमा बा १ ख ७०५१ नम्बरको ट्रकमा तोडफोड समेत भएको प्रहरीले जनाएको छ । यस्तै यता डिल्ली बजारमा पनि बा १ ज ४७११नम्बरको ट्याक्सी पनि बन्दकर्ताले तोडफोड गरेका छन् । साथै उता बालाजुमा प्रदर्शन गरिरहेका जनमोर्चाका कार्यकर्ताले बा १ ज ९०४७ र ७२०० नम्बरको दुई वटा ट्याक्सीमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।

बन्द सफल बनाउन जनमोर्चाका कार्यकाताले संघीयता चाहिदैन देश टुक्राउन पाइदैन जस्ता नारा लगाई ठाउ ठाउमा नाराबाजी गर्दै बजार पसल समेत बन्द गराउदै हिडेका छन् । यध्यपी उपत्यकाका भित्रि सडक र सहरमा भने हलुका सवारी साधन चलेका छन् भने केही मात्रामा बजार पसल समेत खुलेका छन् । राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रघाती शान्ति सम्झौता खारेजी, लगायत विभिन्न स्थानमा भारतद्धारा मिचिएको भुभाग फिर्ता हुनुपर्ने लगायत २७ बुदे माग राख्दै एक महिना विभिन्न अञ्चल बन्द गराउदै आएको यता राष्ट्रिय जनमोर्चाले आज एक दिनका लागि उपत्यका बन्दको आहृवान गरेको हो ।



यस्तै यता संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले उपत्यका बन्द गराएकै दिन सो आन्दोलनलाई चुनौति दिदै संघीयताका पक्ष्यमा नेवाः संयुक्त संघर्ष समितिले काठमाण्डौको बसन्तपुरबाट मोटरसाईकल र्‍याली निकालेका छन् । विभिन्न जातीय संघ संस्थाका प्रतिनिधि सहित निकालिएको उक्त र्‍याली असन, क्षेत्रपाटी, कलंकी हुदै पुन बसन्तपुरमा आई समापन हुने आयोजकले बताएका छन् । नेवाः राज्य आफ्नो भएको भन्दे संघर्ष समितिले आफ्नो र्‍यालीमा कसैले हस्तक्षेप गरे प्रतिकारमा उत्रने चेतावनी समेत दिएको छ ।

बारमा ५९ को भिडन्त, अध्यक्षमा ३ को मुख्य प्रतिष्पर्धा

काठमाण्डौ, २५ पुस- स्वतन्त्र न्यायपालिकाको अस्तित्व जोगाऔ भन्ने मुल मुद्दाका साथ कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नया कार्यसमितिको लागि निर्वाचन प्रक्रिया सुरू गरिएको

१७ कार्य समितिको लागि ५९ जना को उम्मेदवारी रहेको सो निर्वाचनका लागि देश भरि विभिन्न स्थानमा ३३ वटा मतदान केन्द्र स्थापना गरिएको छ । ६ हजार ८ सय ९९ मतदाता रहेको बारमा विहान ९ बजे बाट सुरू निर्वाचन प्रक्रिया अपरान्ह ४ बजे सम्म चल्ने छ । प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएको सो निर्वाचनमा १ जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, र नौ सदस्य सहितिको १७ सदस्य कार्यसमिति चयन हुने बारले जनाएको छ ।

यस्तै अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दिइएता पनि ३ जना मुख्य प्रतिस्पर्धा रहेको छ । अध्यक्ष पदका लागि एमालेनिकट प्रगतिशिल समूहका हरिकृष्ण कार्की, काग्रेस निकट प्रजातान्त्रिक समूहका प्रेम बहादुर खडका र माओवादी निकट गणतान्त्रिक समूहका रामनाथ मैनाली रहेका छन् । यस्तै प्रजातन्त्रिक समूहका प्रेम बहादुर खडकाका बारेमा केही दिन पहिले एक दैनिक पत्रिकाले उनले विगतमा गरेका नकारात्मक समाचार छापेपछी उनको जित सम्भावना लाई केही तल झारिदिएको छ भने अन्य दुई स्पर्धी कार्की वा मैनाली मध्ये एकले बारको अध्यक्षमा दाबी मार्ने निश्चित रहेको केही अधिवक्ताले बताएका छन् । यस्तै आजको निर्वाचन प्रक्रियामा सार्वजनिक पदमा रहेको भन्दै यस पालि पनि संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग मतदानमा उपस्थित नहुने भएका छन् ।

यस्तै निर्वाचनको परिणाम भोली मात्र सार्वजनिक गरिने बारले जनाएको छ ।

उम्मेदवारीमा को को ?

अध्यक्षमा :- हरिकृष्ण कार्की, काग्रेस निकट, प्रजातान्त्रिक समूहका प्रेम बहादुर खडका र माओवादी निकट गणतान्त्रिक समूहका रामनाथ मैनाली, लोकतान्त्रिक विद्रोहीका मातृका निरौला, मधेसवादी दलबाट रामकुमार यादव र मदन मोहन चौधरी ।



उपाध्यक्षमा :- पूर्वाञ्चलबाट सिताराम र्राई, जय कुमार गोइत, राजेन्द्र प्रसाद भट्टराई, सुरेश लाल श्रेष्ठ पश्चिमाञ्चलबाट सुदर्शन पन्त, हरि प्रसाद शर्मा, गोपाल प्रसाद पाण्डे, मध्यमाञ्चलबाट गीता पाठक संग्रौला, सीताराम अग्रवाल, इश्वरी दाहाल, सुरेन्द्र कुमार महतो, मध्यपश्चिमाञ्चल बाट हरि प्रसाद शर्मा, गोकर्ण डाँगी , सालिकराम सापकोटा र ध्रवु प्रसाद बस्याल त्यस्तै सुदुर पश्चिमाञ्चलबाट रामबहादुर केसी, जोहरीलाल चौधरी, दयाकृष्ण पन्त रहेका छन् ।

महासचिबमा :- सुषमा बास्कोटा, विजय प्रसाद मिश्र, हरि फुयाल, श्यामजी प्रधान रहेका छन् ।

कोषाध्यक्षमा :- युवराजकुमार भण्डारी, शंकर सुवेदी, हरीन्द्र राई र सञ्जय कुमार साह रहेका छन् ।


Friday, January 8, 2010

संविधानसभाको बैठक अपरान्ह बस्दै, संवैधानिक समितिले २ सय ३४ पृष्ठ लामो प्रारम्भिक मस्यौदा बुझाउने

काठमाण्डौ, २५ पुस- संविधान सभाको बैठक आज अपरान्ह बस्दै छ ।

अपरान्ह ४ बजेका लागि संविधानसभा भवन नया बानेश्वरमा ठाकिएको सो बैठकमा संविधान निर्माणका लागि तयार पारिएका ११ वटा समिति मध्येको सवै भन्दा महत्वपूर्ण मानिएको संवैधानिक समितिले २ सय ३४ पृष्ठ लामो प्रारम्भिक मस्यौदाको अवधारणा पेस गर्दै छ । ४ अनुसूची ३१ धारा रहेको उक्त प्रतिवेदनलाई संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्ग समक्ष्ँ समितिका सभापति निलाम्बर आचार्यले बुझाउने कार्याक्रम रहेको संविधान सभा सचिवालयले जनाएको छ ।

सहमतिको आधारमा प्रतिवदेनमा उठाएका बुदामा समतिका सदस्यहरू बीच निकै मतभेद देखिएपछी निकै विवादका बाबजुत गएको पुस १० गते विवादित विभिन्न ९८ बुदामा भएको मतदान अनुरूप समितिले तयार पारेको सो प्रतिवेदन आज संविधानसभामा पेश गरिन लागेको हो । नेपालको संविधान २०६७ नाम दिएको सो प्रतिवेदनमा विभिन्न २१ वटा फरक मतलाई समेत समावेश गरिएको छ । यस्तै प्रतिवेदनमा राष्ट्रिय झण्डा फेर्ने प्रस्ताव यथावत रहेको छ भने, भावी संविधानमा बहुबाद, संघीयता, प्रेस स्वतन्त्रता, धर्म निरपेक्षतालाई संविधानको अपरिवर्तनिय धाराको रूपमा समेत राखिएको छ भने सामन्तबादका सवै खाले अवशेषहरू अन्त्य गर्दै भन्ने शब्दावली समेत प्रयोग गरिएको छ ।

बल्ल बन्यो संयन्त्र, सफल होला या नहोला ?


काठमाण्डौ, २४ पुस- राजनीतिक गतिरोध अन्त्यका लागि लामो समय देखि चर्चामा रहेको उच्च स्तरिय राजनीतिक संयन्त्र अन्तत् गठन भएको छ ।

काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगञ्जमा आज विहान बसेको प्रमुख तीन दलका शिर्ष नेताहरूको बैठकले सो संयन्त्र बनाउन सफल भएका हुन । ३ जना सदस्य रहने गरि निर्माण गरिएको सो संयन्त्रमा काग्रेस सभापति गिरिजा प्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल रहेका छन् ।

सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम असंवैधानिक भएको लगायत नागरिक सर्वोच्चता कायम हुनु पर्ने माग राख्दै गएको बैशाख अन्तिम साता देखि आन्दोलनमा उत्रिएका माओवादी कारण असफलता तर्फगइरहेको नेपाली राजनीतिलाई निकास दिने उद्देश्यले सो संयन्त्र गठन गर्न प्रमुख तीन दल आज सहमत भएका हुन । संयन्त्र गठन पछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले "काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको संयोजक्त्वमा गठित यो संयन्त्रले शान्ति प्रक्रिया र संविधान निर्माणमा
महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै उनले यो संयन्त्रले लामो समय देखि जारी राजनीतिक गतिरोध अन्त्य हुनेमा आफु विश्वस्त रहेको" बताए ।

नेपालको राजनीतिक उपलब्धीलाई जोगाउन एवम् दलहरूबीच विश्वासको वातावरण पैदा गर्ने उद्देश्यले गएको कात्तिक ८ गते माओवादी अध्यक्ष र उपचारका लागि सिङगापुरको ग्लेनेगल अस्पतालमा भर्ना भएका काग्रेस सभापति बीच भएको सहमति अनुरूप यो संयन्त्र निर्माण गरिएको हो । संयन्त्र निर्माणका लागि काग्रेस सभापतिले जोड दिदै आएतापनि केही समय यो संयन्त्रको निर्माणलाई लिए काग्रेस भित्र बैचारिक राजनीतिको लर्डाई समेत भएको थियो । कोइराला पुत्री सुजता र काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल बीच यही संयन्त्रका कारण फाटो आएको थियो । कोइराला संयन्त्र गठनको पक्षम थिइन भने पौडेल विपक्षमा । उनीहरूले सार्वजनिक रूपमै एक अर्कामा आरो प्रत्योरो लगाएका कारण यो निर्माण अघिनै यो संयन्त्र विवादमा परिसकेको छ । यस्तै एमालेमा पनि केही नेताले संयन्त्र आवश्यक नरहेको बताउदै आएका थिए भने केहीले यसको अवश्यक्ता रहेको बताउदै आएका थिए ।

साथै पछिल्लो पटक गएको बुधबार दरबार मार्गमा रहेको होटल अन्नपूर्णमा बसेको प्रमुख तीन दलका उच्च नेतको बैठकले आज शुक्रबार विहान सम्ममा संयन्त्र गठन गरिसक्ने निर्णय गरेका थिए, भने सोही दिन उपत्यका बाहिरको एक कार्याक्रममा प्रधानमन्त्री माधव कुमार नेपालले संयन्त्रको दायरा स्पष्ट हुनुपर्ने अनिमात्र संयन्त्र गठन हुनुपर्ने बताएका थिए । निर्माण हुनु अघि नै विवादास्पद बनेको यो संयन्त्रले निकास पाउला वा नपाउला त्यो भने आगामी समयले नै बताउने छ ।

Thursday, January 7, 2010

खानापकाउने एलपी ग्यासमा प्रति सिलिण्डर १ सय २५ रूपैया बढ्यो

काठमाण्डौ, २४ पुस- नेपाल आयल निगमले आज देखि लागुहुने गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर सय २५ रूपैया बढाएको
निगम व्यवस्थापन समितिको हिजो बेलुकी बसेको बैठकले साविकको मूल्यमा निगम अत्याधिक घाटमा गएको भन्दै मूल्य बृद्धि गर्न बाध्य भएको जनाएको छ । यस्तै मूल्य बृद्धि तर्राई र पहाडी जिल्लामा भने फरक हुने निगमले जनाएको छ । तर्राईमा ढुवानी खर्च कम लाग्ने हुनाले सो क्षेत्रमा उपभोक्ताले अन्य भन्दा २० रूपैया कम तिर्नु पर्ने छ भने पहाडी क्षेत्रम बढी । यस अघि उपत्यकमा ११ सय २५ रूपैया रहेको प्रति सिलिण्डिर लाई अब उपभोक्ताले १२ सय ५० रूपैया तिर्नु पर्ने छ भने तर्राईमा १२ सय ३० रूपैया तिर्नु पर्ने छ ।

Wednesday, January 6, 2010

एमाले पोलिटब्यूरो बैठक आज पनि जारी

काठमाण्डौ, २३ पुस - पार्टी भित्रको आन्तरिक मतभेद तथा दलहरूबीच देखिएको असमझदारीलाई हटाउन हिजो बाट सुरू नेकपमा एमालेको पोलिटब्यूरो बैठक आज पनि जारी

पार्टी कार्यालय बल्खुमा बसिरहेको उक्त बैठकमा शुक्रबार गठन गरिने भनिएको उच्चस्तरिय राजनीतिक संयन्त्रका विषयमा समेत छलफल हुने बताइएको छ । यस्तै पोलिटब्यूरो बैठकमा चर्को मतभेदका बावजुत विभिन्न जिल्लामा गठन गरिएको समानान्तर कमिटिका विषयमा समेत गम्भिर छलफल हुने बुझिएको छ । साथै विवाद अन्त्यका लागि भरसक ओली पाक्षधर र अध्यक्ष खनाल पक्षधरले गठन गरेको सवै कमिटि विघटन गरी नया कमिटि समेत गठन हुन सक्ने बुझिएको छ । ८ औ महाधिवेशनपछी पहिलो पटक गत मंसिर ८ गते बाट सुरू एमाले पोलिटब्यूरो बैठक गएको केही साता अघि पटक पटक स्थागित हुदै बस्दै आएको छ ।

एक दिनका लागि प्रचण्ड हङकङ प्रस्थान

काठमाण्डौ, २२ पुस- एक दिनका लागि एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार बेलुकी हङकङ तर्फलागेका छन्

नेपाल चेर्म्बर्स अफ कमर्स र हङकङमा स्थित गैर नेपालीहरूको संगठन एआरएन ले आयोजना गर्ने एक कार्याक्रममा सहभागी हुन उनी त्यस तर्फ गएका हुन । हुन । १ दिने हङकङ भ्रमणका लागि आज राती १० बजे माओवादी विदेश विभाग कृष्णबहादुर महराका साथ उनी त्यस तर्फप्रस्थन गरेको माओवादीले जनाएको छ । । त्यस्तै हङकङ प्रस्थान गर्नु पूर्व माओवादी अध्यक्ष दाहाल र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्य बहादुर थापा बीच दाहाल निवास नयाबजारमा करिब आधा घण्टा भेटवार्ता भएको थियो । दाहाललाई भेट्नु पूर्व थापाले भारतीय राजदुत राकेश सुदसंग भेटगरी दाहाललाई भेट्न गएका थिए । भारत निकटस्त नेताको रूपमा चिनिएका थापा र दाहालको सो भेटलाई निकै महत्वपूर्ण का साथ हेरिएको छ ।

Monday, January 4, 2010

संविधान संशोधन प्रस्ताव पारित हुने

काठमाण्डौ, २० पुस- व्यवस्थापिका संसदबाट हुन लागेको सातौ पटक अन्तरिम संविधान संशोधनको प्रस्ताव पारित हुने प्राय निश्चित भएको छ ।

सपथ प्रकरणमा भाषा विवादका कारण उत्पन्न राजनीतिक परिस्थितिले उपराष्ट्रपतिको पदीय हैसियत रहने वा नरहने विवाद बढिरहेको अबस्थामा आज माओवादी र मधेसबादी दलहरूबीच भएको सहमति अनुरूप संविधान संशोधन प्रस्तावमा एक भई जाने र उपराष्ट्रपतिको पद पुन क्रियाशिल हुने ग्यारेण्टीका साथ संयुक्त प्रस्ताव ल्याउने निर्णय भए बमोजिम संसदमा प्रस्तुत गरिन लागेको संविधान संशोधन विधयेक माथि छलफल हुने पक्का भएको हो । यस्तै छलफलका बारे सञ्चारकर्मीहरूलाई जानकारी दिदै सदभावना अध्यक्ष राजेन्द्र महतोले "उपराष्ट्रपतिको पद क्रियाशिल हुन शर्तमा सरकारले ल्याउने सातौ संशोधन विधेयकमा माओवादी र मधेसवादी दलबीच एक भई अगि बढ्ने निर्णय भएको" बताए ।

यस अघि मधेसी जनाधिकार फोरमका नेता जय प्रकाश प्रसाद गुप्ताले संविधान संशोधनको प्रस्ताव अगावै पूर्व छलफल गर्ने समय नभएको भन्दै सो विधेयक प्रस्तुत गर्न दिएका थिएन् । बैठकमा माओवादीका तर्फाट उपाध्यक्ष दोय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ तमलोपाका तर्फाट अध्यक्ष महन्त ठाकुर, फोरम लोकतान्त्रिकबाट अध्यक्ष विजय कुमार गच्छदा लगायतको उपस्थिति थियो । उता निर्धारित समय भन्दा ४० मिनेट ढिला गरी सुरू भएको संसदको आजको बैठकमा कानुन मन्त्री प्रेम बहादुर सिहले अन्तरिम संविधानको सातौ संशोधन विधेयक, उर्जा मन्त्री प्रकाश शरण महतले विधुत विधेयक २०६५ र नेपाल विधुत नियमन आयोग विधेयक २०६५ माथि प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको संसद सचिवालले जनाएको छ ।

Sunday, January 3, 2010

आफ्नै हलमा नया कुसुमे रूमालले सय दिन पूरा गर्‍र्यो

काठमाण्डौ, २० पुस- गोपी कृष्णा मुभिजको ब्यानरमा बनेको चलचित्र कुसुमे रूमाल ले आफ्नै हलमा सय दिन पुरा गरेको

लगभग १ करोडको लगानीमा निर्माण गरिएको चलचित्र गत असोज ९ गते दशैको फुलपाती देखि राजधानी लगायत राजधानी बाहिरका हलमा एकसाथ प्रदर्शन गरिएको थियो । गोपी कृष्ण हल बाहेक चलचित्र व्यपारका
दृष्टिकोणले अन्य हलहरूमा भने यो चलचित्रले खाशै ब्यापार भने गर्न सकेन । गएको शनिबार यस चलचित्रले प्रदर्शनको १०० दिन आफ्नै हलमा पुरा गरेकाले चलचित्रका निर्माता एवम् गोपी कृष्णहलका सञ्चालक उद्धब पौडेल मख्ख छन् । यस्तै उद्धबका पुत्र चलचित्रका निर्देशक निरक पौडेल पनि निकै गदगद छन् ।

नव नायक नायिका निरज बराल र रूबी भट्टर्राईको प्रमुख अभिनय रहेको यस चलचित्रमा संगितकार शम्भुजित बास्कोटा पुत्र सौर्यजित बास्कोटाको संगित राखी तयार गरिएको उक्त चलचित्र हेर्ने अधिकाशं दर्शकले २४ पहिले भुवन केसीद्धा अभिनित पुरानो कुसुमे रूमाल जस्तो राम्रो नरहेको प्रतिक्रिया दिएका थिए । यस्तै कतिपय चलचित्रकर्मीले चलोस नचलोस आफ्नै हलमा सय दिन त के ५ सय दिन मनाउदा पनि हुन्छ भन्ने प्रतिक्रिया दिएका छन् ।

हिजो स्थगित माओवादी केन्दि्रय समितिको बैठक आज पुन बस्दै

काठमाण्डौ, २० पुस- हिजो स्थगित माओवादी केन्दि्रय समितिको बैठक आज पुन बस्ने भएको छ ।

एक हप्ता सम्म बसेको माओवादी पोलिटब्यूरो बैठकले चौथो चरणको आन्दोलन तय गरि अन्तिम रूपमा केन्दि्रय समितिमा बुझाउने निर्णय बमोजिम सो बैठक बस्न लागेको माओवादीले जनाएको छ । मध्यान्न पार्टी कार्यालय कोटेश्वर स्थित पेरिसडाडामा बस्ने केन्दि्रय समितिको बैठकले पोलिटब्यूरो बैठकले तय गरेको भारतीय हस्तक्षेप सम्बन्धमा सिमा क्षेत्रमा उच्च नेताले गर्ने जागरण सभाका सम्बन्धमा थप छलफल गर्नुका साथै कुन क्षेत्रमा को नेता कहिले जाने सम्बन्धमा मिति समेत तोकिने बुझिएको छ ।

राष्ट्रिय स्वाधिनताको मुद्धालाई केन्द्रमा राख्दै भारतद्धारा नेपालका विभिन्न सिमामा मिचिएका भूमि अवलोकन तथा सो क्षेत्रका जनतासंग प्रत्यक्ष सम्बाद गर्ने उद्देश्यले अस्ति सम्पन्न पोलिटब्यूरो बैठकले नेपालका विभिन्न स्थानमा भारतद्धारा सिमा अतिक्रमण गरिएका विभिन्न क्षेत्र अबलोकन गर्ने निर्णय गर्नुका साथै कुन नेता कहा गई जागरणसभा गर्ने समेत निर्णय गरेको थियो । निर्णय बमोजिम अध्यक्ष प्रचण्ड कालापानी, उपाध्यक्ष त्रय मोहन बैद्य पूर्वको पशुपतिनगर, डा. बाबुराम भट्टराई नवलपरासीको सुस्ता र नारायाणकाजी श्रेष्ठ लक्ष्मणपुर बाध साथै महासचिव रामबहादुर थापा खुर्दुलकोट क्षेत्र गई जागरण सभा गर्ने कार्याक्रम तय गरेको थियो ।

जनआन्दोलको भावना अनुसार अघि बढ्नुको कुनै विकल्प नभएको प्रधानमन्त्रीको भनाई


काठमाण्डौ, १९ पुस- प्रधानमन्त्री माधव कुमार नेपालले दलहरू जनआन्दोलनको भावना अनुसार बढ्नुको कुनै विकल्प नभएको बताएका छन् ।

जनआन्दोलन २०६३ मा घाइते भई हिजो शनिबार ज्यान गुमाएका विष्णुलाल महर्जनको पार्थिव शरिर माथि खुल्लामञ्चमा श्रद्धाञ्जली प्रकट गर्दै प्रधानमन्त्री नेपालले दलहरूबीच देखिएको मतभेद छिट्टै अन्त्य हुने भन्दै यस प्रति आफु हरदम क्रियाशिल भएको बताए । त्यस्तै उनले सहिद विष्णुलालको योगदानको कदर गर्न सरकारले कुनै पनि कसर बाकी नराख्ने बताउदै नेपालले उनले संसार छाडेपनि उनको योगदानको उचित मूल्याङ्कन गरिने बताए । त्यस्ते श्रद्धाञ्ली दिन खुल्लामञ्च पुगेका माओवादी अध्य क्ष पुष्पकमल दाहालले जनआन्दोलमा शाहदत प्राप्त गर्ने भावना अनुसार दलहरूबीच एकता हुनु पर्ने भन्दै सहिदको सम्मान र उनीहरूको सपना साकार पार्न आफ्नो पार्टी लागिरहने बताए । त्यस्तै संधिवानसभा अध्यक्ष सुवास नेम्वाङ्गले दलहरू एक भएर अगि बढेमा मात्र सहिदको सपना पूरा गर्न सकिने भन्दै दलहलाई एक जुट हुन आग्रह समेत गरे । श्रद्धाञ्जली सभामा गृह मन्त्री भीम बहादुर रावल, लगायत केही मन्त्रीहरू, र विभिन्न पार्टीका नेताको समेत उपस्थिति थियो ।

सुजता सचेत होऊ : प्रधानमन्त्री

काठमाण्डौ, १९ पुस- प्रधानमन्त्री माधव कुमार नेपालले उपप्रधान एव् परराष्ट्रमन्त्री सुजता कोइरालालाई सचेत हुन आग्रह गरेका छन् ।

सवैधानिक समितिको आजको बैठकमा प्रधानमन्त्री समक्ष हिजो शनिबार एक साक्षत्कारमा मन्त्री कोइरालाले संघीयताको विषय जनमत संग्रह मार्फत टुङ्गो लगाउनु पर्ने दिएको अभिव्यक्ति आपत्तीजनक भएको भन्दै चर्को विरोध गरेपछी प्रधानमन्त्रीले बैठकमा सहभागी मन्त्री कोइरालालाई जिम्मेवार भएर आफ्नो अभिव्यक्ति दिन सचेत गराए । यस्तै उनले "तपाईले संघीयताको विरूद्ध आफुखुशी अभिव्यक्ति दिएकाकारण मैलै स्पष्टीकरण दिइरहनुपरेको" भन्दै कोइरालालाई जिम्मेबार भएर आफ्नो अभिव्यक्ति दिन सचेत गराए ।

यसै बीच बैठकमा सहभागी विभिन्न सदस्यहरूको चर्को आवाज उठेपछी एवम् माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले अन्तरिम संविधानको मर्म विपरित मन्त्री कोइरालाको अभिव्यक्ति आपत्तीजनक रहेको भन्दै टिप्पणी गरेपछी प्रधानमन्त्री नेपालले कोइरालालाई सचेत हुन आग्रह गरेका हुन । प्रधानमन्त्रीले संघीयताको विषयमा कोइरालाको अभिव्यक्ति व्यक्तिगत भएकाले सरकार अन्तरिम संविधानको भावना अनुकुल बढ्ने भएकाले त्यसमा विश्वस्त हुन सवैसंग आग्रह समेत गरे ।

Saturday, January 2, 2010

माओवादी केन्दि्रय समितिको बैठक बस्दै, जागरणसभाको मिति तय हुने

काठमाण्डौ, १९ पुस- एकिकृत माओवादीको पोलिटब्यूरो बैठकले चौथो चरणको आन्दोलनको कार्ययोजना तय गरि केन्दि्रय समितिमा बुझाए बमोजिम हिजो बाट सुरू माओवादी केन्दि्रय समितिको बैठक आज पनि बस्दै छ ।

कोटेश्वर स्थित पार्टी केन्दि्रय कार्यालय पेरिसडाडामा मध्यान्न बस्ने उक्त बैठकमा यस अघिनै पोलिटब्यूरो बैठकले तय गरेको भारतीय हस्तक्षेप सम्बन्धमा सिमा क्षेत्रमा गर्ने भनिएको जागरण सभाका सम्बन्धमा थप छलफल गर्नुका साथै कुन क्षेत्रमा को नेता कहिले जाने सम्बन्धमा मिति समेत तोकिने बुझिएको छ । राष्ट्रिय स्वाधिनताको मुद्धालाई केन्द्रमा राख्दै भारतद्धारा नेपालका विभिन्न सिमामा मिचिएका भूमि अवलोकन तथा सो क्षेत्रका जनतासंग प्रत्यक्ष सम्बाद गर्ने उद्देश्यले हिजो सम्पन्न पोलिटब्यूरो बैठकले नेपालका विभिन्न स्थानमा भारतद्धारा सिमा अतिक्रमण गरिएका विभिन्न क्षेत्र अबलोकन गर्ने निर्णय गर्नुका साथै कुन नेता कहा गई जागरणसभा गर्ने समेत निर्णय गरेको थियो ।

निर्णय बमोजिम अध्यक्ष प्रचण्ड कालापानी, उपाध्यक्ष त्रय मोहन बैद्य पूर्वको पशुपतिनगर, डा. बाबुराम भट्टर्राई नवलपरासीको सुस्ता र नारायाणकाजी श्रेष्ठ लक्ष्मणपुर बाध साथै महासचिव रामबहादुर थापा खुर्दुल्कोट क्षेत्र गई जागरण सभा गर्ने कार्याक्रम तय गरेको थियो ।