Monday, January 11, 2010

भारतद्धारा अतिक्रमित सिमा क्षेत्र अवलोकन गर्दै माओवादी नेताहरू

काठमाण्डौ, २७ पुस- राष्ट्रिय स्वाधिनताको नारा सहित चौथो चरणको आन्दोलनमा उत्रिएको एकिकृत नेकपमा माओवादीका शिर्ष नेताहरूले आज भारतद्धारा देशका विभिन्न स्थानमा अतिक्रमित गरिएको सिमा क्षेत्र अवलोकन गर्दै छन् ।

सिमा क्षेत्र अबलोकन एव जागरण सभाका लागि माओवादी अध्यक्ष प्रचण्ड महाकाली, उपाध्यक्ष दोय डा. बाबुराम भट्टराई नवलपरासीको सुस्ता र मोहन बैद्य इलामको पशुपतिनगर पुगिसकेका छन् । यस्तै माओवादी अध्यक्ष प्रचण्डले भारतद्धारा मिचिएको सिमा महाकालीको टनकपुर स्थित ब्रम्हदेव गई अबलोकन गरेको विभिन्न सञ्चाचरमाध्यमहरूले जनाएका छन् । त्यस्तै उता सुस्ता पुगेको माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईको टोलीले दिउसो २ बजे सुस्तामा भारतद्धारा अतिक्रमित भुमिको अबलोकन गरेको त्यहा पुगेका अखिल क्रान्तिकारीका महासचिव हिमाल शर्माले बताएका छन् यस्तै नेपालको पूर्वी सिमाना इलामको पशुपतिनगरमा पनि उपाध्यक्ष मोहन बैद्यले अबलोकन गरेको खबर छ । हिजो आइतबार अतिक्रमित क्षेत्र पुगेका ती नेता आजै साझ काठमाण्डौ र्फकने माओवादीले जनाएको छ ।


No comments:

Post a Comment