Sunday, January 3, 2010

जनआन्दोलको भावना अनुसार अघि बढ्नुको कुनै विकल्प नभएको प्रधानमन्त्रीको भनाई


काठमाण्डौ, १९ पुस- प्रधानमन्त्री माधव कुमार नेपालले दलहरू जनआन्दोलनको भावना अनुसार बढ्नुको कुनै विकल्प नभएको बताएका छन् ।

जनआन्दोलन २०६३ मा घाइते भई हिजो शनिबार ज्यान गुमाएका विष्णुलाल महर्जनको पार्थिव शरिर माथि खुल्लामञ्चमा श्रद्धाञ्जली प्रकट गर्दै प्रधानमन्त्री नेपालले दलहरूबीच देखिएको मतभेद छिट्टै अन्त्य हुने भन्दै यस प्रति आफु हरदम क्रियाशिल भएको बताए । त्यस्तै उनले सहिद विष्णुलालको योगदानको कदर गर्न सरकारले कुनै पनि कसर बाकी नराख्ने बताउदै नेपालले उनले संसार छाडेपनि उनको योगदानको उचित मूल्याङ्कन गरिने बताए । त्यस्ते श्रद्धाञ्ली दिन खुल्लामञ्च पुगेका माओवादी अध्य क्ष पुष्पकमल दाहालले जनआन्दोलमा शाहदत प्राप्त गर्ने भावना अनुसार दलहरूबीच एकता हुनु पर्ने भन्दै सहिदको सम्मान र उनीहरूको सपना साकार पार्न आफ्नो पार्टी लागिरहने बताए । त्यस्तै संधिवानसभा अध्यक्ष सुवास नेम्वाङ्गले दलहरू एक भएर अगि बढेमा मात्र सहिदको सपना पूरा गर्न सकिने भन्दै दलहलाई एक जुट हुन आग्रह समेत गरे । श्रद्धाञ्जली सभामा गृह मन्त्री भीम बहादुर रावल, लगायत केही मन्त्रीहरू, र विभिन्न पार्टीका नेताको समेत उपस्थिति थियो ।

No comments:

Post a Comment