Thursday, January 21, 2010

कोइराला निवासमा संयन्त्रको बैठक जारी, संयन्त्रको कार्यविधिमा छलफल हुदै

काठमाण्डौ, ८ माघ- राजनीतिक गतिरोध अन्त्य एवं नया संविधान निर्माणका लागि निर्माण गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रको दोस्रो बैठक काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगञ्जमा बसिरहेको छ ।

गठन हुनु अघि देखि नै विवादित बनेको संयन्त्रको आजको बैठकमा संयन्त्रको कार्याविधि, त्रिदलीय कार्यदलको क्षेत्राधिकार, आमनत्रित सदस्यको रूपमा प्रधानमन्त्री लाई राख्ने विषयमा तथा अन्य विविध विषयमा छलफल हुने बुझिएको छ । संयन्त्र गठन भएपछी पहिलो पटक अस्ति बुधबार सोही स्थानमा बसेको संयन्त्रको पहिलो बैठकले तीन दलीय सम्मेलित ६ सदस्य कार्यदल गठन गरेको थियो । यस्तै आजको बैठकमा सो कार्यदलको क्षेत्राधिकार समेत तय गरिने बुझिएको छ ।

सहमतिको प्रयास स्वरूप एवं राजनीतिक निकास हुने तर्फमुलुक गइरहेको अवस्थामा संयन्त्रको बैठकले माओवादीले पर्सी १० गते बाट गर्ने भनेको आन्दोलनलाई समेत स्थगित गरिदिन सक्ने बुझिएको छ ।

संयन्त्रको बैठकमा काग्रेस सभापति गिरिजा प्रसाद कोइराला, एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ लगायत प्रमुख तीन दलका शिर्षनेताहरू सहभागि भएका छन् ।


No comments:

Post a Comment