काठमाण्डौ, ७ माघ - प्रधानमन्त्री माधव कुमार नेपालले सेना समायोजनका विषयमा रक्षा मन्त्रीले दिएको अभिव्यक्ति तर्फनलाग्न माओवादीलाई आग्रह गरेका छन् ।
आज बसेको सेना समायोजन विशेष समितिको बैठकमा बोल्दै प्रधानमन्त्री नेपालले विशेष समितिको निर्णय नमान्ने रक्षा मन्त्रीको भनाई पछी नलागी कार्ययोजना अनुसार अघि बढ्नु सबैलाई आग्रह गरेका छन् । समितिको कार्यालय सिहदरबारमा आज बसेको सो बैठक रक्षा मन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण निर्णय विहिन समेत भएको छ । यस्तै बैठक सुरू भए लगत्तै माओवादी तर्फा सदस्य द्धोय बर्षान् पुन (अनन्त) र जनार्दन शर्माले गत मंगलबार रक्षा मन्त्री विद्यादेवी भण्डारीले माओवादी लडाकुको विषयमा दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउदै बैठकको ध्यानाकर्षण गराएका थिए । लगत्तै समितिका अध्यक्ष समेत रहेत प्रधानमन्त्री नेपालले शान्ति प्रक्रिया प्रति सरकार प्रतिबद्ध रहेकाले त्यस प्रति आशंका नगर्न आग्रह गरेका छन् । यस्तै समितिका अर्का सदस्य एव शान्ति मन्त्री रकम चेम्जोङले रक्षा मन्त्रीको अभिव्यक्ति प्रति सरकारले खण्डन गरिसकेकाले सो विषयलाई लम्बयाउन नहुने बताए ।
गएको मंगलबार आफ्नै कार्यकक्षमा अकस्मात पत्रकार सम्मेलन गरी मन्त्री भण्डारीले सेना समायोज विशेष
समितिले माओवादी लडाकुलाई सेनामा समायोजन गरे आफुलाई मान्य नहुने बताएकी थिइन् ।

No comments:
Post a Comment