Saturday, January 30, 2010

सकियो श्रीस्वस्थानी ब्रतकथा

काठमाण्डौ, १६ माघ- प्रत्येक पौष शुक्ल पूणिर्मा दिन सरू भई माघ शुक्ल पूणिर्मा दिन सम्म गरिने श्रीस्वस्थानी ब्रतकथा आज बाट सकिएको छ ।


सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव पती पाऊ भगवान विष्णुले निदिृष्ट गरेको धार्मिक मान्यता अनुरूप प्रत्येक बर्षमाघ शूक्ल पूणिर्मा दिन देखी एक महिना सम्म चोखो भई मध्यकालमा शिवजीको पुजा अर्चना गरी श्रीस्वस्थानी ब्रतकथा पढ्ने र अरूलाई सुनाउने गरेमा आफ्नो सबै दुःख कष्ट नाश हुने धार्मिक मान्यत अनुरूप यो ब्रत समापन गर्ने धार्मिक चलन छ ।



यस्तै श्रीस्वस्थानीको ब्रतको अन्तिम दिन आज अष्टोत्तर शय रोटी (१ सय ८), अक्षता, फूल, सुपारी, पान, तरह-तरहका सामग्री सबै अष्टोत्तर शय तयार गरी आर्शीमा ॐ कार लेखी गंङ्गा जलले स्नान गरी सिन्दुर, रक्तचन्दन र फूलमाला पहिर्राई धुप, दीप नैबेद्य, मेवा, मिष्टान्न, कस्तुरी, वस्त्र र भेटी चर्ढाई श्रीस्वस्थानी परमेश्वरीको साङ्गे गरी यो ब्रत समापन हुन्छ ।

यस्तै पुजा साङ्गे पश्चात परमेश्वरीलाई सम्झी तपाईका क्रिपाले मेरो ब्रत पूर्ण होस भनी पुजामा चढाएका १ सय ८ सम्पूर्ण प्रसादमा आठ जनै, आठ पान, आठ कुडका सुपारी सगुन समेत आफनो पतिलाई दिने चलन छ । यस्तै पति नभए ब्रत गरेकी स्त्रीले सो प्रसाद आफ्ना छोरालाई दिने चलन छ । यदि छोरा पनि नभए मित छोरा र मित छोरा पनि नभए जुन कामनाले ब्रत बसेको हो सो पुरा हवस् भनी नदीमा बगाई दिने चलन छ । यस्तै बाकी रहेका १ सय रोटी लगायतका प्रसाद आफुले फलाहार गर्दै रातभर जागराम बसी यो ब्रत पूर्ण रूपले समान गरिने चलन छ ।





No comments:

Post a Comment