Sunday, January 31, 2010

सुजातासंग रिसाए माधव, बढ्यो सरकार परिवर्तन सम्भावना

काठमाण्डौ, १७ माघ- उप्रधानमन्त्री सुजाता कोइरालासंग प्रधानमन्त्री माधव कुमार नेपाल निकै रिसाएका छन्

सिहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा वर्तमान सरकार समर्थित १० दलको बैठकमा आक्रोशित शैलीमा बोल्दै प्रधानमन्त्री नेपालले ूसुजाताको अभिव्यक्तिले भ्रम सृजना गरेको भन्दै सो विषयमा उनीसंग चाडै स्पष्टीकरण लिईनेू बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । यस्तै उनले सुजाताको भनाइका विषयलाई लिएर काग्रेससमक्ष समेत कुरा राख्ने प्रतिवद्धता व्यक्त गरेको बुझिएको छ । हिजो शनिबार बुटबलमा आयोजित एक पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सुजाता कोइरालाले मन्त्री परिषदको बैठक एमालेको जस्तो भएको, एमाले सत्ता कब्जाको रणनीतिमा लागेको एवं संविधान निर्माणका लाग सरकारको नेतृत्व परिवर्तन आवश्यक रहेको बताएकी थिइन् ।

यस्तै केही समय यता विभिन्न आशंकाका बीच गतिरोध अन्त्यका निम्ति उच्च स्तरिय राजनीतक संयन्त्र गठन हुनु, सत्तारूढ दल काग्रेसको बैठकमा सरकार परिवर्तनको विषयमा छलफल हुनुले पक्कै पनि अबको केही दिनमै नेपाली राजनीति उटल पुटल हुने सम्भावना बढेको छ । यस्तै गएको माघ १२ गते माओवादी अध्यक्ष प्रचण्डले काग्रेस सभापति गिरिजा प्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको समाचार र्सार्वजनिक हुनु र कोइराला पुत्री सुजाताले एमाले प्रति सो आरोप लगाउनुलाई पनि निकै अर्थपूर्ण रूपले हेरिएको कतिपय विश्लेषकले बताउछन्

No comments:

Post a Comment