Sunday, January 31, 2010

कैलालीको सातौ डिभिजनबाट ३ सय ३६ अयोग्य माओवादी लडाकु घर फिर्ता

काठमाण्डौ, १६ माघ- सातौ डिभिजनको रूपमा रहेको कैलालीको तालबन्दी स्थित सातौ डिजिनबाट सय ३६ अयोग्य माओवादी लडाकु आज घर फिर्ता भएका छन्

अनमिन प्रतिनिधि र मानवअधिकारवादीको रोहबारमा २२ हजार नगद र एक जोर लुगा दिएर उनीहरूलाई विदाई गरिएको हो । अनमिनको तथ्याङ्क अनुसार सातौ डिभिजनमा ४ सय ६८ अयोग्य लडाकु भएतापनि विविध कारणबस अन्य १ सय ३२ जनाले यस अघिनै शिविर छाडिसकेको माओवादीले जनाएको छ । यस्तै शिवरबाट घर र्फकने ३ सय ३६ मध्ये १ सय ११ जना महिला लडाकु थिए ।

यस्तै यस अघि सिन्धुलीको दुधौलीको दोस्रो डिभिजन, चितवनको शक्तिखोर स्थित तेस्रो र इलामको चुलाचुली स्थित तेस्रो डिभिजनबाट अयोग्य लडाकु घर फिर्ता भइसकेका छन् ।

No comments:

Post a Comment