Thursday, January 28, 2010

आजदेखी दैनिक ११ घण्टा लोडसेडिङ्ग

काठमाण्डौ, १४ माघ- नदीहरूमा जलस्तर घट्दै गएका कारण विद्युत उत्पादनमा कमी आएको भन्दै नेपाल विद्युत प्राधिकरणले आज बाट दैनिक ११ घण्टा लोडसेडिङ्ग गर्ने भएको छ ।

यस अघि दैनिक ९ घण्टा लोडसेडिङ्ग गर्दै आएको प्राधिकरणले साबिको तालिकामा २ घण्टा लोडसेडिङ्गको समय थपेको हो । दैनिक २ घण्टाबाट सुरू यसपालिको लोडसेडिङ्ग गएको पुस १५ गते पहिलो पटक, माघ ३ गते दोस्रो पटक र यो सुद्ध गरी एक महिनामै तेस्रो पटक लोडसेडिङ्गको तालिका प्राधिकरणले र्सार्वजनिक गरेको हो । परिवर्तन गरिएको तेस्रो पटकको लोडसेडिङ्ग तालिका अनुसार एक पटकमा ६ घण्टा र अर्को पटकमा ५ घण्टा बिजुली जाने छ ।

यस्तै विभिन्न कार्याक्रममा उर्जा मन्त्री डा. प्रकाश शरण महतले यो बर्षदैनिक १२ घण्टा भन्दा बढ्ता लोडसेडिङ्ग नहुने बताएता पनि प्राधिकरणले भने लोडसेडिङ्गको समय अझ बढ्ने बताएको छ ।

No comments:

Post a Comment