Friday, January 22, 2010

संयन्त्रमा प्रधानमन्त्री सामेल, मोओवादीले पर्सीबाट गर्ने भनेको आन्दोलन फिर्ता हुने

काठमाण्डौ, ८ माघ- राजनीतिक गतिरोध अन्त्य गर्ने एव नया संविधान निर्माणका लागि निर्माण गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रमा आमन्त्रित सदस्यको रूपमा प्रधानमन्त्री सामेल हुने पक्का भएको छ ।

काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगञ्जमा बसेको संयन्त्रको बैठकपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले "आमन्त्रित सदस्यको रूपमा प्रधानमन्त्री समावेश गर्ने विषयमा माओवादी सहमतिमा आएकाले संयन्त्रमा प्रधानमन्त्री राख्न सबै दल सहमत भएको" बताए । साथै उनले "लामो समय देखि हुदै आएको राजनीतिक गतिरोध अन्त्यको सुरूवात भएको" बताए ।



यस्तै माओवादीले पर्सी १० गते बाट गर्ने भनेको अनिश्चितकालिन आम हडताल फिर्ता लिने संकेत गरेको छ । बैठकपछी पत्रकारहरूसंग कुरा गर्दै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले "बैठकमा सहभागी अन्य दलका नेताले आम हडताल फिर्ता लिन आग्रह गरे र त्यसमा हामी सकारात्मक छौ, यसबारे पार्टीमा छलफल गरी भरे बेलुकी सम्म निर्णय गर्र्छौ" भने । उनले सकारात्मक दिशा तर्फछलफल अगाडी बढेकाले पहिले सहमतिलाई प्राथामिकता दिइने बताए । सेनापति प्रकरणमा बैशाख अन्ति साता सरकार छाडी सडकमा ओर्लिएको एकिकृत माओवादीले राष्ट्रिय स्वाधिनता एवं नागरिक सर्वोच्चताको माग राख्दै सात महिना यता वर्तमान सरकार को विरोधमा विभिन्न आन्दोलन गर्दै आएको थियो भने आफ्नो आन्दोलनको नारामा राष्ट्रिय स्वाधिनताको मुद्धालाई थप गरी माघ १० गतेबाट अनिश्चित कालिन आम हडताल गर्ने बताएको थियो ।

यस्तै आजको बैठकमा सार्वजनिक रूपले एक अर्का विरूद्ध गाली गलौज नगर्ने, नेता कार्यकर्तामाथि आक्रण प्रयास नगर्ने जस्ता विभिन्न सहमति समेत भएको छ । राजनीतिक निकासका लागि गएको पुस २२ गते निर्माण गरिएको उक्त संयन्त्रको पहिलो बैठक अस्ति बुधवार सोही स्थानमा बस्नुको साथै तीन दलीय सम्मेलित ६ सदस्य कार्यदल समेत गठन गरी राजनीतिक निकास दिने निर्णय गरेको थियो । यस्तै आजको बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र देब गुरूङ, काग्रेसबाट सभापति गिरिजा प्रसाद कोइराला, प्रवक्ता अर्जुननरसिह केसी र कृष्ण प्रसाद सिटौला त्यस्तै एमालेबाट अध्यक्ष झलनाथ खनाल, भरतमोहन अधिकारी र युवराज ज्ञावाली उपस्थित थिए ।

No comments:

Post a Comment