Tuesday, January 19, 2010

विशेष समितिको निर्णय अमान्य : रक्षा मन्त्री

काठमाण्डौ, माघ- रक्षा मन्त्री विद्यादेवी भण्डारीले सेना समायोजन समितिले माओवादी लडाकुलाई सेनामा प्रवेश गराएमा आफुलाई त्यो निर्णय मान्य नहुने बताएकी छिन्

मंगलबार सिहदरबार स्थित आफ्नै कार्यकक्षमा अकस्मात पत्रकार सम्मेलन गरी उनले बृहत शान्ति सम्झौतामा कहि पनि माओवादी लडाकुको समायोजन नेपाली सेनामा उल्लेख नगरिएको दाबी गर्दै सेना समायोजन विशेष समितिलाई सो सम्बन्धी निर्णय गर्ने अधिकार नभएको दाबा गरेकी छिन् । विशेष समितिमा आफु पनि नभएको र रक्षा मन्त्रालयका तर्फबाट कसैको पनि प्रतिनिधित्व नभएको भन्दै उनले समितिले गरेको कामकारबाही अन्तिम नहुने स्पष्ट पारेकी छिन् ।
आफ्नै पार्टीका नेता प्रधानमन्त्री समेत अध्यक्ष रहेको सो समितिको कार्य माओवादी सेनाको रेखदेख र पुनस्थापना गर्न मात्र रहेको भन्दै मन्त्री भण्डारीले माओवादी लडाकुको रेखदेख र पुनस्थापना गर्ने मात्र जिम्मेबारी सो समितिलाई रहेको स्पष्ट पारेकी छिन् । यस्तै उनले समितिले सो निर्णय गरे पनि आफुले त्यसमा हस्ताक्षर नगर्ने स्पष्ट पारेकी छिन् ।
यस्तै उनले केही दिन अघि माओवादीले गैर घातक हतियार नेपाली सेनाले भित्राउको भन्ने कुरा निराधार रहेको बताएकी छिन् उनले सेनाका लागि आवश्यक बन्दोबस्तीका समाग्री मात्र ल्याएको बताइन् ।

No comments:

Post a Comment