Thursday, January 28, 2010

अन्तरिम संविधान सातौ पटक संशोधन, उपराष्ट्रपतिको पद क्रियाशिल हुने

काठमाण्डौ, १४ माघ- अन्तरिम संविधन २०६३ लाई आज सातौ पटक संशोसधन गरिएको छ ।

गएको भदौ १५ गते बाट निस्क्रिय अवस्थामा रहेका उपराष्ट्रपति परमानन्द झाको पद क्रियाशिल गराउन संकल्प प्रस्ताव सहित दुई तिहाई बढी मतले अन्तरिम संविधानको सातौ संशोधन गरिएको हो । संसदको रूपमा कार्य गर्दै आएको संविधानसभा भवनमा बेलुकी अबेर सम्म भएको मतदानमा संविधान संशोधनको पक्षमा ४ सय ९९ र विपक्षमा ४ मत परेको थियो ।

संविधान संशोधनको पक्षमा एकिकृत माओवादी, नेपाली काग्रेस र नेकपा एमालेले समर्थन गरेपछी दुई तिहाई मतको आधारमा संविधान संशोधन भएको हो । यस्तै विपक्षमा नेमकिपाका तर्फबाट ३ जना सभासद लीला, न्याइच्याई, नवराज कोइराला र सुनिल प्रजापति साथै चुरेभावर एकता समाजबाट १ जना सभासद रहेका केशव प्रसाद मैनालीले पनि विक्षमा मतदान गरेका थिए ।


No comments:

Post a Comment