काठमाण्डौ, २७ पुस- व्यवस्थापिका संसद अर्न्तगतको प्राकृतिक स्रोत साधन समितिले चुरे क्षेत्रबाट अबैध रूपमा भारत निकास हुदै आएको ढुङ्गा, बालुबाको तथा रोडा निकासी को अध्ययन गर्न चन्द्र देव जोशीको संयोजकत्वमा गर्न १३ सदस्य उपसमिति गठन गरेको छ ।
समितिको कार्यालय सिहदरबारमा बसेको बैठकले २ महिना भित्र आफ्नो प्रतिवेदन बुझाउने गरी उपसमिति गठन गरेको हो । त्यस्तै समिति सभापति शान्ता चौधरीका अनुसार उपसमितिमा कल्पना धमला, रामकुमार शर्मा, गगन थापा, पृथ्वी सुब्बा गुरूङ, अभिसेक प्रताप शाह, मोहनबहादुर खत्री त्यस्तै ३ जना विज्ञको रूपमा रवि शर्मा, सन्तोष नेपाल र अखिलेश्वर लाल कर्ण रहेको बताइन् ।

No comments:
Post a Comment