काठमाण्डौ, १३ माघ - एक अर्कामा आरोप प्रत्यारो गर्दै छुट्टाछुट्टै आन्दोलन गर्दै आएका मधेसी जनधिकार फोरम नेपाल र थरूहट संयुक्त संघर्ष समिति एक भएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दुवै पक्षका अगुवाहरूले राज्य पुनसंरचना तथा राज्य शाक्तिको बाडफाड समितिले संविधानसभामा पेश गरेको प्रारम्भिक मस्यौदामा थरूहट र मधेसलाई तीन टुक्रा पार्न खोजिएको भन्दै सो विरूद्ध एक भएर आन्दोलन गर्न पाच बुदे सहमति सहित सो निर्णय गरेका हुन । कार्यगत एकता गर्दै उनीहरूले आफ्ना माग पुरा गराउन प्रचारात्मक आन्दोल सुरू गरिएको भन्दै मधेस र थरूहटको पहिचान कुनै पनि हालतमा समाप्त हुन नदिने अठोट व्यक्त गरेका छन् ।
यस्तै पत्रकार सम्मेलनमा मधेसी जनधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले "गएको माघ ६ गते भावी संविधानका निम्ति राज्य पुनसंरचना र शक्तिको बाडफाड समितिले प्रस्ताव गरेको १४ वटा गणराज्य प्रति आफुहरू सहमत हुन नसक्ने" बताए । यस्तै उनले "मधेसी समुदायलाई उपेक्षित गरेर राज्यको निर्माण हुन नसक्ने भन्दै तत्काल समितिको सो निर्णय नसच्चिए आफुहरू कडा आन्दोलनमा उत्रन बाध्य हुने" बताए । यस्तै थरूहट संयुक्त संघर्ष समितिका संयोजक लक्ष्मण थारूले "सरकाले मेची देखी महाकालीलाई टुक्राउने खेलमा लागेको भन्दै संविधानसभाका प्रमुख तीन दल एमाले, काग्रेस र माओवादीले आफ्ना मागलाई कार्यान्वयन गर्नुपर्ने" बताए । यस्तै फोरमका सह अध्यक्ष जय प्रकाश प्रसाद "गुप्ताले समितिले दाङको देउखुरी, कमलाखोज, उदयपुर र सप्तरी जिल्लाको त्रियुगा लगायतका अन्य क्षेत्रको बदनियत ढङ्कले सिमाङ्कन गरेको प्रति आपत्ती प्रकट गर्दै मधेसी जनताको धारणा विपरित गएर गरिने कुनै पनि क्रियाकलाप आफुहरूलाई मान्य नहुने" बताए ।
यस्तै पत्रकार सम्मलेलनमा निकालिएको संयुक्त विज्ञप्तीमा उनीहरूले उदयपुरको त्रियुगा, सिन्धुलीको कमला खोच, दाङ्गको देउखुरी र घोराहीको तुलसीपुर उपत्यका, चितवन र नवलपुरका पुरै दक्षिणी भूभाग, सुर्खेतको काक्रे बिहार, लाटिकोइली र उत्तर गंगा लगायत पूर्वको झापा देखि पश्चिम कञ्चनपुर सम्म तथा उत्तर चुरे श्रृखला र दक्षिणमा भारतीय सिमाना सम्मको भूभागलाई अखण्ड रूपमा आत्म निर्णयको अधिकार सहितको एक स्वायत्त प्रदेशको नया संविधानमा सुनिश्चित गराउन दुवै पक्ष एकता बद्ध भई सयुक्त आन्दोलन गर्ने उल्लेख गरिएको छ ।
यस्तै उनीहरूले आफ्ना माग प्रति ध्यानकर्षा गराउन माघ १५ गते संविधानसभाका अध्यक्ष र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने लगायत धनगढी, कोहलपुर, भैरहवा, लाहान इटहरी लगायतका विभिन्न ८ स्थानमा अन्तरक्रिया कार्याक्रम सञ्चालन गर्ने बताईको छ ।

No comments:
Post a Comment