काठमाण्डौ, १३ माघ- सरकारले कैलालीमा हत्या गरिएको पत्रकार जगतप्रसाद जोशीको परिवारलाई १० लाख दिइने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय सिहदरबारमा आज बसेको मन्त्रीपरिषदको बैठकले जगत प्रकाश जोशीका हत्या सर्न्दर्भमा छानबिन गर्न गठत समितिले तयार पारेको प्रतिवेदन अनुरूप जोशीको परिवारलाई सो सहयोग गर्ने निर्णय गरेको हो । बैठक पछी सञ्चारकर्मीहरूलाई जानकारी दिदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शंकर पोखरलेका "बृस्तृत शान्ति सम्झौता अनुरूप भएको सहमति अनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक ल्याउने सम्बन्धमा सरकारले सकारात्मक सहमति समेत प्रदान गरेको" बताए । यस्तै उनले "नेपाली सेनाका दुई जना साहायक रथी नरबहादुर कडेल र नरेन्द्र रावललाई उपरथीमा समेत बढुवा गर्ने निर्णय भएको" बताए । साथै बढुवा भएको द्धोय उपरथी पोखरेललाई पश्चिम पृतना पोखरा र रावललाई पूर्वी पृतना इटहरीमा निमित्त कार्यभार प्रमुखको समेत जिम्मा दिइएको बताए । यस अघि गत माघ ६ गते पनि सरकारले नेपाली सेनाका उपरथी अनिलजंग थापाको २ बर्ष म्याद थप गर्नुको साथै रथी गौरव शमशेर जवरालाई उपरथीमा बढुवा गरेको थियो ।
यस्तै बैठकले गएको माघ ७ गते देखि आन्दोलनमा उत्रिएका स्थानिय निकायका कर्मचारीहरूको मागका सम्बन्धमा बार्ता गरी समस्याको समाधान निकाल्न स्थानिय विकास राज्य मन्त्री गणेश बहदुर खडकालाई जिम्मेबारी समेत दिएको छ । विगतमा सरकारले आफुहरूसंग गरेको सहमतिको कार्यान्वयन नगरेको विरोधमा एक साता अघि स्थानिय निकायका विभिन्न पाच संगठनले पेशागत माग राख्दै स्थानियक निकाय अर्न्तरगतका नगरपालिका, गाविस, वडा लागयतमा कामकाज ठप्प पारेका कारण सरकारले राज्यमन्त्रीलाई सो समस्या हल गर्न निर्देशन दिएको हो ।

No comments:
Post a Comment