काठमाण्डौ, ११ माघ-- इलामको चुलाचुली स्थित पहिलो डिभिजनबाट संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले अयोग्य ठहर्र्याएका ४ सय ७६ जना अयोग्य माओवादी लडाकुलाई आज विदा गरिएको छ ।
अनमिनका, माओवादी, सरकार लगायत मानवअधिकारवादीको रोहवरमा डिभिजनका मुख्यालय सहित अन्य ३ साहायक शिविर टाडी, दानावारी र याङसिलामा रहेका अयोग्य लडाकुलाई सोमबार एक औपचारिक कार्याक्रम सहित विदा गरिएको हो । अनमिनको तथ्याङ्क अनुसार पहिलो डिभिजनमा ८ सय ७६ अयोग्य लडाकु भएतापनि मंगलबारको विदाई कार्याक्रममा ४ सय ७६ मात्र उपस्थित भएको माओवादीले जनाएको छ । यस्तै उसले यस अघि विविध कारणवस अन्य लडाकुले शिविर छाडिसकेको अयोग्य मध्ये आधालाई मात्र औपचारिक कार्याक्रम मार्फत विदा गरिएको जनाएको छ । जसमा १ सय १८ अयोग्य महिला लडाकु रहेका छन् ।
संयुक्त राष्ट्रसंघको सहयोगमा अनमिनले उपलब्ध गराएको १० हजार र माओवादीले दिएको १२ हजार सहित अयोग्य लडाकु आज घर फर्किन लागेका हुन । यस्तै यस अघि सिन्धुलीको दुधौली स्थित दोस्रो डिभिजन, चितवनको शक्तिखोर स्थित तेस्रो डिभिजनमा रहेका अयोग्य लडाकु घरफिर्ता भइसकेका छन् ।
No comments:
Post a Comment