Thursday, January 28, 2010

आज बाट सुरू माओवादी स्थायी समिति बैठकमा अध्यक्षको प्रतिवेनमा ५ जनाले छलफल सके, बैठक भोली पुन बस्ने

काठमाण्डौ, १३ माघ- आज बाट सुरू एकिकृत माओवादीको स्थायी समितिको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक समिक्षात्मक प्रतिवेनमाथि पाच जना बक्ताले छलफल सकेका छन् ।

पार्टी केन्दि्रय कार्यालय पेरिसडाडामा बसेको सो समितिको बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिदै माओवादी प्रवक्ता दिनानाथ शर्माले "उपाध्यक्ष त्रय मोहन बैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ साथै महासचिव राम बहादुर थापा र सचिव पोष्टबहादुर बोगटीले आजको छलफलमा भाग लिएको "बताए । यस्तै बैठकमा सेना समायोजन, शान्ति प्रक्रिया र संविधान लेखन संगसंगै हुनुपर्छ भन्ने कुरामा छलफल भएको बताउदै भोली ११ बजे बैठक पुन बस्ने गरी स्थगित भएको जानकारी दिए ।

No comments:

Post a Comment