Friday, January 29, 2010

राज्य पुर्नसंरचना आयोग गठन गर्ने संयन्त्रको सैदान्तिक सहमति, सिन्धुली घटना छानविन गर्न कार्यदल गठन

बैठक अब प्रत्येक बिहिबार बस्ने

काठमाण्डौ, १५ माघ- विभिन्न राजनीतिक एजेण्डाबारे छलफल गर्न बसेको उच्च स्तरिय राजनीतिक संयन्त्रको बैठकले तत्काल राज्य पुर्नसंरचना अयोग गठन गर्न सैदान्तिक सहमति गरेको छ ।


संयन्त्रका संयोजक एवं नेपाली काग्रेसका सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगंजमा आज बसेको उक्त बैठकले "भावी संविधान निर्माणका लागि राज्य पुर्नसंरचना आयोग गठन गरी त्यसको प्रतिवेदन संविधानसभामा छलफल गराउने उद्देश्यका साथ सो आयोग गठन गर्न सैदान्तिक सहमति भएको" बैठकमा सहभागी काग्रेस महामन्त्री बिमलेन्द्र निधिले जानकारी गराए । जसका लागि आगामी सोमाबर बस्ने संयन्त्रको बैठकले सो सम्बन्धमा ठोस कार्ययोजना तय गरिने उनले बताए ।

यस्तै महामन्त्री निधिले "सिन्धुलीको झागाझेली गाविसमा वाइसिएलले एमाले केन्दि्रय सदस्य केशव देवकोटासहितलाई नियन्त्रणमा लिएको सम्बन्धमा छानविन गर्न तीन सदस्य अध्ययन कार्यदल गठन गर्ने निर्णय समेत भएको" बताए । जसमा प्रमुख तीन पार्टी नेपाली काग्रेसका तर्फबाट होमराज दाहाल, एमालेका विशमलाल अधिकारी र माओवादीका तर्फबाट बसन्त माझी रहेको बताए ।

आज सुद्ध तेस्रो पटक बसेको "संयन्त्रको बैठकले अब देखि प्रत्येक सातको बिहिबार बिहान ९ बजे बैठक बस्ने निर्णय समेत गरेको" निधिले बताए । आजको बैठकमा गत माघ ८ गते संयन्त्रले तय गरेको आफ्नो उद्धेश्य, कार्यविधि साथै आचारसहितको मस्यौदामा छलफल गर्ने बताइएतापनि त्यसबारे कुनै छलफल नभएको निधिले बताए ।

आजको बैठकमा काग्रेसका तर्फबाट सभापति एवं संयन्त्र संयोजक गिरिजा प्रसाद कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, महामन्त्री बिमलेन्द्र निधि यस्तै बरिष्ठ नेता शेरबहादुर देउवा साथै नेता द्धोय कृष्ण प्रसाद सिटौला र अर्जुन नरसिह केसी माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, र उपाध्यक्ष द्धोय नारायणकाजी श्रेष्ठ र डा. बाबुराम भट्टराई साथै एमालेका तर्फबाट अध्यक्ष झलनाथ खनाल र महासचिव इश्वर पोखरेल सहभागी थिए । यस्तै आमन्त्रित सदस्यको रूपमा रहेका प्रधानमन्त्री माधव कुमार नेपाल भने एक कार्याक्रमका सिलसिलामा राजधानी बाहिर गएकाले अनुपस्थित थिए ।

No comments:

Post a Comment