काठमाण्डौ, ६ माघ- नेपाली काग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र अमेरिकी उप विदेश मन्त्री पेट्रिक मुन बीच भेटवार्ता भएको ।
आज विहान कोइराला निवास महाराजगञ्जमा भएको उक्त भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको कोइरालाका निजी सल्लाहकार डा. सुरेश राज चालिसेले जानकारी दिएका छन् । यस्तै भेटमा उनले "जारी राजनीतिक गतिरोधका निम्ति केही सता अघि गठन गरिएको उच्च स्तरीय राजनीतिक संयन्त्र र त्यसको काम कारबाहीको विषयमा छलफल भएको " बताए । यस्तै काग्रेस सभापति कोइरालाले मुन समक्ष शिविरमा रहेका माओवादी लडाकुको समायोजन प्रक्रिया पूर्ण नभएसम्म नया सविधान बन्न नसक्ने बताएको र त्यसका लागि अमेरिकी सहयोग आवश्यक पर्ने बताएको चालिसेले बताएका छन् ।
यस्तै भेटघाटपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै अमेरिकी उप विदेश मन्त्री मुनले शान्ति प्रक्रिया र नेपालको नया भावी संविधानको विषयमा छलफल भएको बताए । तीन दिने नेपाल भ्रमाणका लागि अस्ति नेपाल आएका मन्त्री मुनले यस अघि नेपालको शान्ति प्रक्रियालाई चासो मान्दै प्रधानमन्त्री माधव कुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड लगायतसग भेटवार्ता गरिसकेका छन् ।

No comments:
Post a Comment