काठमाण्डौ, २४ पुस- राजनीतिक गतिरोध अन्त्यका लागि लामो समय देखि चर्चामा रहेको उच्च स्तरिय राजनीतिक संयन्त्र अन्तत् गठन भएको छ ।
काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निवास महाराजगञ्जमा आज विहान बसेको प्रमुख तीन दलका शिर्ष नेताहरूको बैठकले सो संयन्त्र बनाउन सफल भएका हुन । ३ जना सदस्य रहने गरि निर्माण गरिएको सो संयन्त्रमा काग्रेस सभापति गिरिजा प्रसाद कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल रहेका छन् ।
सेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदम असंवैधानिक भएको लगायत नागरिक सर्वोच्चता कायम हुनु पर्ने माग राख्दै गएको बैशाख अन्तिम साता देखि आन्दोलनमा उत्रिएका माओवादी कारण असफलता तर्फगइरहेको नेपाली राजनीतिलाई निकास दिने उद्देश्यले सो संयन्त्र गठन गर्न प्रमुख तीन दल आज सहमत भएका हुन । संयन्त्र गठन पछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले "काग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको संयोजक्त्वमा गठित यो संयन्त्रले शान्ति प्रक्रिया र संविधान निर्माणमा
महत्वपूर्ण भूमिका खेल्ने बताए । यस्तै उनले यो संयन्त्रले लामो समय देखि जारी राजनीतिक गतिरोध अन्त्य हुनेमा आफु विश्वस्त रहेको" बताए ।
नेपालको राजनीतिक उपलब्धीलाई जोगाउन एवम् दलहरूबीच विश्वासको वातावरण पैदा गर्ने उद्देश्यले गएको कात्तिक ८ गते माओवादी अध्यक्ष र उपचारका लागि सिङगापुरको ग्लेनेगल अस्पतालमा भर्ना भएका काग्रेस सभापति बीच भएको सहमति अनुरूप यो संयन्त्र निर्माण गरिएको हो । संयन्त्र निर्माणका लागि काग्रेस सभापतिले जोड दिदै आएतापनि केही समय यो संयन्त्रको निर्माणलाई लिए काग्रेस भित्र बैचारिक राजनीतिको लर्डाई समेत भएको थियो । कोइराला पुत्री सुजता र काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल बीच यही संयन्त्रका कारण फाटो आएको थियो । कोइराला संयन्त्र गठनको पक्षम थिइन भने पौडेल विपक्षमा । उनीहरूले सार्वजनिक रूपमै एक अर्कामा आरो प्रत्योरो लगाएका कारण यो निर्माण अघिनै यो संयन्त्र विवादमा परिसकेको छ । यस्तै एमालेमा पनि केही नेताले संयन्त्र आवश्यक नरहेको बताउदै आएका थिए भने केहीले यसको अवश्यक्ता रहेको बताउदै आएका थिए ।
साथै पछिल्लो पटक गएको बुधबार दरबार मार्गमा रहेको होटल अन्नपूर्णमा बसेको प्रमुख तीन दलका उच्च नेतको बैठकले आज शुक्रबार विहान सम्ममा संयन्त्र गठन गरिसक्ने निर्णय गरेका थिए, भने सोही दिन उपत्यका बाहिरको एक कार्याक्रममा प्रधानमन्त्री माधव कुमार नेपालले संयन्त्रको दायरा स्पष्ट हुनुपर्ने अनिमात्र संयन्त्र गठन हुनुपर्ने बताएका थिए । निर्माण हुनु अघि नै विवादास्पद बनेको यो संयन्त्रले निकास पाउला वा नपाउला त्यो भने आगामी समयले नै बताउने छ ।

No comments:
Post a Comment