Tuesday, January 26, 2010

कोइरालालाई प्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव

काठमाण्डौ, १२ माघ- एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले काग्रेस सभापति गिरिजा प्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।

मंगलबार बिहान कोइरालालाई भेट्न अकस्मात महाराजगञ्ज पुगेका प्रचण्डले कोइरालालाई "म तापाईलाई आज दाहिने हात दिन आएको हु, तपाई प्रधानमन्त्री हुन जरूरी छ, नत्र संविधान निर्माण हुन नसक्ने देखि राजनीतिक गतिरोधले निकास पाउदैन" भनेको स्रोतले जनाएको छ । यस्तै उनले "तपाई प्रधानमन्त्री नबन्ने हो आफुलाई सहयोग" गर्ने प्रस्ताव समेत प्रचण्डले राखेको बताइएको छ । प्रचण्डको प्रस्ताव पछी कोइरालाले सो विषयमा आफु सोचेर मात्र जवाफ दिने बताएको बुझिएको छ । यस्तै स्रोतले पाएको उच्च जानकारी अनुसार प्रचण्डले कोइरालालाई "तपाई सुतेरै प्रधानमन्त्रीको कुर्सी सम्हाल्नुस म तपाईलाई सहयोग गर्छु" समेत भनेका छन् । करिब १० मिनेट भएको उक्त भेटवार्तामा प्रचण्डले कोइरालालाई ३६ घण्टा भित्र प्रधानमन्त्री बन्ने वा नबन्ने विषयमा निर्णय गर्न आग्रह समेत गरेको बुझिएको छ । यस्तै सो भेटमा प्रचण्डले

कोइरालासंमक्ष आगामी बस्ने संयन्त्रको बैठकमा माओवादी माग प्रवेश गरिनुपर्ने लगायतका विषयमा समेत आग्रह गरेका थिए । यस्तै आफ्ना माग बारे संयन्त्रको दोस्रो बैठकमा सकारात्मक धारणा आएकाले माओवादीले माघ १० गते बाट गर्ने भनेको अनिश्चितकालिन आम हडताल समेत फिर्ता गरेको भन्दै संयन्त्रको आगामी बैठकमा माओवादी मागले प्रवेश पाउनु पर्ने प्रस्ताव समेत दाहालले राखेको बुझिएको छ ।

जारी राजनीतिक गतिरोध निम्ति पुस २२ गते गठन गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्र प्रति विभिन्न शंका उपशंका उठिरहेको बेला अकस्मात भएको उक्त भेटवार्ता र प्रचण्डको सो प्रस्तावले नेपाली राजनीतिमा फेरी तहल्का मच्चाउने पक्का भएको छ ।

No comments:

Post a Comment