Friday, January 8, 2010

संविधानसभाको बैठक अपरान्ह बस्दै, संवैधानिक समितिले २ सय ३४ पृष्ठ लामो प्रारम्भिक मस्यौदा बुझाउने

काठमाण्डौ, २५ पुस- संविधान सभाको बैठक आज अपरान्ह बस्दै छ ।

अपरान्ह ४ बजेका लागि संविधानसभा भवन नया बानेश्वरमा ठाकिएको सो बैठकमा संविधान निर्माणका लागि तयार पारिएका ११ वटा समिति मध्येको सवै भन्दा महत्वपूर्ण मानिएको संवैधानिक समितिले २ सय ३४ पृष्ठ लामो प्रारम्भिक मस्यौदाको अवधारणा पेस गर्दै छ । ४ अनुसूची ३१ धारा रहेको उक्त प्रतिवेदनलाई संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्ग समक्ष्ँ समितिका सभापति निलाम्बर आचार्यले बुझाउने कार्याक्रम रहेको संविधान सभा सचिवालयले जनाएको छ ।

सहमतिको आधारमा प्रतिवदेनमा उठाएका बुदामा समतिका सदस्यहरू बीच निकै मतभेद देखिएपछी निकै विवादका बाबजुत गएको पुस १० गते विवादित विभिन्न ९८ बुदामा भएको मतदान अनुरूप समितिले तयार पारेको सो प्रतिवेदन आज संविधानसभामा पेश गरिन लागेको हो । नेपालको संविधान २०६७ नाम दिएको सो प्रतिवेदनमा विभिन्न २१ वटा फरक मतलाई समेत समावेश गरिएको छ । यस्तै प्रतिवेदनमा राष्ट्रिय झण्डा फेर्ने प्रस्ताव यथावत रहेको छ भने, भावी संविधानमा बहुबाद, संघीयता, प्रेस स्वतन्त्रता, धर्म निरपेक्षतालाई संविधानको अपरिवर्तनिय धाराको रूपमा समेत राखिएको छ भने सामन्तबादका सवै खाले अवशेषहरू अन्त्य गर्दै भन्ने शब्दावली समेत प्रयोग गरिएको छ ।

No comments:

Post a Comment