काठमाण्डौ, २० पुस- हिजो स्थगित माओवादी केन्दि्रय समितिको बैठक आज पुन बस्ने भएको छ ।
एक हप्ता सम्म बसेको माओवादी पोलिटब्यूरो बैठकले चौथो चरणको आन्दोलन तय गरि अन्तिम रूपमा केन्दि्रय समितिमा बुझाउने निर्णय बमोजिम सो बैठक बस्न लागेको माओवादीले जनाएको छ । मध्यान्न पार्टी कार्यालय कोटेश्वर स्थित पेरिसडाडामा बस्ने केन्दि्रय समितिको बैठकले पोलिटब्यूरो बैठकले तय गरेको भारतीय हस्तक्षेप सम्बन्धमा सिमा क्षेत्रमा उच्च नेताले गर्ने जागरण सभाका सम्बन्धमा थप छलफल गर्नुका साथै कुन क्षेत्रमा को नेता कहिले जाने सम्बन्धमा मिति समेत तोकिने बुझिएको छ ।
राष्ट्रिय स्वाधिनताको मुद्धालाई केन्द्रमा राख्दै भारतद्धारा नेपालका विभिन्न सिमामा मिचिएका भूमि अवलोकन तथा सो क्षेत्रका जनतासंग प्रत्यक्ष सम्बाद गर्ने उद्देश्यले अस्ति सम्पन्न पोलिटब्यूरो बैठकले नेपालका विभिन्न स्थानमा भारतद्धारा सिमा अतिक्रमण गरिएका विभिन्न क्षेत्र अबलोकन गर्ने निर्णय गर्नुका साथै कुन नेता कहा गई जागरणसभा गर्ने समेत निर्णय गरेको थियो । निर्णय बमोजिम अध्यक्ष प्रचण्ड कालापानी, उपाध्यक्ष त्रय मोहन बैद्य पूर्वको पशुपतिनगर, डा. बाबुराम भट्टराई नवलपरासीको सुस्ता र नारायाणकाजी श्रेष्ठ लक्ष्मणपुर बाध साथै महासचिव रामबहादुर थापा खुर्दुलकोट क्षेत्र गई जागरण सभा गर्ने कार्याक्रम तय गरेको थियो ।

No comments:
Post a Comment