Saturday, January 2, 2010

माओवादी केन्दि्रय समितिको बैठक बस्दै, जागरणसभाको मिति तय हुने

काठमाण्डौ, १९ पुस- एकिकृत माओवादीको पोलिटब्यूरो बैठकले चौथो चरणको आन्दोलनको कार्ययोजना तय गरि केन्दि्रय समितिमा बुझाए बमोजिम हिजो बाट सुरू माओवादी केन्दि्रय समितिको बैठक आज पनि बस्दै छ ।

कोटेश्वर स्थित पार्टी केन्दि्रय कार्यालय पेरिसडाडामा मध्यान्न बस्ने उक्त बैठकमा यस अघिनै पोलिटब्यूरो बैठकले तय गरेको भारतीय हस्तक्षेप सम्बन्धमा सिमा क्षेत्रमा गर्ने भनिएको जागरण सभाका सम्बन्धमा थप छलफल गर्नुका साथै कुन क्षेत्रमा को नेता कहिले जाने सम्बन्धमा मिति समेत तोकिने बुझिएको छ । राष्ट्रिय स्वाधिनताको मुद्धालाई केन्द्रमा राख्दै भारतद्धारा नेपालका विभिन्न सिमामा मिचिएका भूमि अवलोकन तथा सो क्षेत्रका जनतासंग प्रत्यक्ष सम्बाद गर्ने उद्देश्यले हिजो सम्पन्न पोलिटब्यूरो बैठकले नेपालका विभिन्न स्थानमा भारतद्धारा सिमा अतिक्रमण गरिएका विभिन्न क्षेत्र अबलोकन गर्ने निर्णय गर्नुका साथै कुन नेता कहा गई जागरणसभा गर्ने समेत निर्णय गरेको थियो ।

निर्णय बमोजिम अध्यक्ष प्रचण्ड कालापानी, उपाध्यक्ष त्रय मोहन बैद्य पूर्वको पशुपतिनगर, डा. बाबुराम भट्टर्राई नवलपरासीको सुस्ता र नारायाणकाजी श्रेष्ठ लक्ष्मणपुर बाध साथै महासचिव रामबहादुर थापा खुर्दुल्कोट क्षेत्र गई जागरण सभा गर्ने कार्याक्रम तय गरेको थियो ।

No comments:

Post a Comment