Wednesday, January 20, 2010

भावी संविधानमा १४ गणराज्यको प्रस्ताव


काठमाण्डौ, ६ माघ- नया संविधान निर्माणका लागि गठन गरिएको ११ वटा समितिहरूमध्ये प्रतिवेदन बुझाउन बाकी रहेको संविधान सभा अर्न्तरगतको राज्य पुनर्संरचना र शक्तिको बाडफाड समितिले १४ वटा संघीय गणराज्यको प्रस्ताव गरेको छ ।
बुधबार बेलुकी समितिको कार्यालय सिहदरबारमा बसेको समितिको बैठकले आवश्यक सहमति जुटाउन नसकी मतविभाजनको आधारमा भावी संविधानका लागि विभिन्न १४ वटा गणरँज्यको प्रस्ताव गरको हो । सो प्रस्तावमा माओवादी र एमाले एक भएपछी बहुमतको आधारमा सो प्रस्ताव पारित भएको हो । बहुमतका लागि २१ सदस्य आवश्यक पर्नेमा २३ सदस्यको मत सो प्रस्तावमाथि परेको थियो । यस्तै विपक्षमा नेपाली काग्रेसले गरेको ६ वटा संघीय राज्यको प्रस्ताव अस्विकृत भएको थियो । यस्तै १४ राज्यको प्रस्तावमाथि मधेसबादी दलले समेत असन्तुष्टी ब्यक्त गरेका थिए ।
निर्वाचन पश्चात सञ्चारकर्मीहरूसंग कुरा गर्दै समितिका सभापति लोकेन्द्र विष्ट मगरले विभिन्न जिल्ला र गाउ विकास समितिलाई मिलाएर १४ वटा राज्यको प्रस्ताव संविधानसभामा लैजान सफल भएको बताए । उनले सो प्रस्तावलाई भोली बिहिबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्ग समक्ष बुझाउने कार्याक्रम रहेको बताए ।

No comments:

Post a Comment