काठमाण्डौ, २७ पुस- देशा गणतन्त्र स्थापना भइसेका दुई बर्शवितिसक्दा पनि गोरखामा जन्मिएका शाहकालका राजा पृथ्वी नारायण शाहको २ सय ८८ औ जन्मजयन्ती राष्ट्र एकता दिवसको नामले विविध कार्याक्रम गर्दै मनाईदै छ ।
राष्ट्र निर्माताको उपाधी पाएका पृथ्वी नारायण शाहको सम्झनामा उनको शुभेच्छुकहरूले विभिन्न स्थानमा रहेको उनको शालिक माथि मार्ल्यापण गर्दै सम्झैदैछन् । लोकतन्त्र उनको महत्व र योगदानलाई सम्झेर आजको दिन र्सार्वजनिक विदा दिने चलन रहेता पनि लोकतन्त्र आवागमन पश्चात तत्कालिन राष्ट्रप्रमुख एवम् प्रधानमन्त्री गिरिज प्रसाद कोइरालाको नेतृत्वमा रहेको सरकारले सो विदा कटौति गरेको थियो ।
छरिएर रहेको विभिन्न ५२ वटा स-साना राज्यहरूलाई एकिकरण गरी सिङ्गो नेपाल बनाएका शाहको व्यक्तिगत नाम बाट राष्ट्रिय एकता दिवस हुन नसक्ने भन्दै विभिन्न इतिहासकार एव् बैधिक बर्गका व्यक्तिले गणतन्त्र पश्चात यसको औचित्य समाप्त भएको बताउदै आएका छन् ।
No comments:
Post a Comment