आज विहान कोइराला निवास महाराजगञ्जमा भएको उक्त भेटवार्तामा राजनीतिक गतिरोधका निम्ति गएको शुक्रबार निर्माण गरिएको उच्च स्तरिय राजनीतिक संयन्त्रमा प्रधानमन्त्रीलाई समावेश गर्न राखिएको कोइरालाको प्रस्तावमा माओवादी अध्यक्ष प्रचण्ड लचक भएका हुन । यस्तै भेटपछी सञ्चारकर्मीहरूसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई आमन्त्रित सदस्यको रूपमा राख्न सवै सहमति भए अनुरूप आफुहरूपनि सहमत भएको बताए । साथै उनले कोइरालासंगको भेटमा उच्चस्तरिय राजनीतिक संयन्त्रको पहिलो बैठक आगामी माघ ४ गते बस्ने तय समेत भएको बताए । यस्तै केही दिन अघि प्रधानमन्त्रीकै कारण राजनीतिक गतिरोध बढेको भन्दै संयन्त्रमा प्रधानमन्त्रीको आवश्यकक्ता नरहेको बताउदै आएका प्रचण्ड आज कोइरालासंगको भेटपछी एकएक सहमतिमा आउनुलाई निकै गम्भिरता पूर्वक हेरिएको छ ।
संयन्त्रलाई षडयन्त्रका रूपमा हेरिएको यो गठबन्धन अझै पनि चोखो नभएको कतिपय राजनीतिक विश्लेष्कले बताएका छन् । यस्तै संयन्त्रमा प्रधानमन्त्रीलाई सहभागी गराउने विषयमा हिजो काग्रेस सभापति र एमाले अध्यक्षबीच पनि सहमत हुनु लगत्तै भारत भ्रमणमा जानु कुनै संयोग नभई दालमा केही कालो छ भन्ने कुरा प्रष्ट हुन जान्छ ।
No comments:
Post a Comment