Friday, January 15, 2010

भारतको विदेश नितिमा नेपाल उच्च प्राथामिकता, नेपाल भारत बीच विभिन्न सम्झौता हुदै

काठमाण्डौ, १ माघ - तिन दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश मन्त्री एस एम कृष्णाले भारतको विदेश नितिमा नेपाललाई उच्च प्राथामिकतामा राखिएको बताएका छन् ।

शुक्रबार मध्यान त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ओर्लिएका मन्त्री कृष्णाले सञ्चारकर्मीहरूसंग कुरा गर्दै अन्य मूलुक भन्दा यो परिस्थितिमा नेपाललाई विशेष स्थानमा राखिएको बताए । यस्तै उनको स्वागतार्थ विमानस्थल पुगेकी परराष्ट्र मन्त्री सुजाता कोइरालाले गोप्य भेटका लागि सोझै बत्तीसपुतली स्थति द्धारिका होटल लगेकी थिइन । त्यहा दुई समकक्षी बीच करिब २ घण्टा छुट्टा छुट्टै भेटवार्ता गरेका थिए । उनीहरूबीच सुरूमा करिब आधा घण्टा गोप्य भेटवार्ता भएको थियो भने त्यसपछी लगत्तै दुई समकक्षीको सो बैठकपछी नेपालका प्रतिनिधि र भारतीय प्रतिनिधिबीच सोही होटलको छुट्टै कक्षमा अर्को बैठक सम्पन्न भएको थियो ।

यस्तै सामुहिक बैठकका बारे जानकारी दिदै उपप्रधानमन्त्री एवम् परराष्टमन्त्री सुजाता कोइरालाले १९५० को सन्धी पुनारावालोकन गर्न भारत तयार रहेको बताइन् यस्तै उनले भारतले यसको तयारी गरेर आउन समेत आग्रह गरेको बताइन् । यस्तै बैठकमा बाग्मती सिभिलाईजेशन प्रोजेक्ट लगायत विभिन्न बुदामा दुई देश बीच सहमत हुनुका साथै शुक्रबार साझ राजधानीको दरबार मार्गमा रहेको होटल याक एण्ड यतीमा हस्ताक्षरको कार्याक्रम रहेको बताइन् । त्यस्तै उनले बाग्मती सिभिलाइजेशन प्रोजेक्टमा पनि भारतसंग सहमति भएको बताइन । सिभिलाइजेशन प्रोजेक्टमा बाग्मती खोला सफा देखी लिएर पशुपति नाथ सरसफाईसम्मका कुराहरू रहेको उनले बताइन । जसका लागि दुई दिन भित्र र्सर्वे टोली भारतबाट नेपाल आइपुग्ने कार्याक्रम रहेको उनले बताइन् । यस्तै तर्राई जोडने हुलाकी राजमार्ग, विभिन्न पाच गाविसमा ग्रामिण विधुतीकरण, विज्ञान प्रविधिको क्षेत्रमा सयोग जस्ता कुरामा दुई देश बीच सहमति भएको बताइन् ।

सात सदस्य टोली सहित नेपाल आएका भारतीय विदेश मन्त्री एस एम कृष्णाले शुक्रबार बेलुकी प्रधानमन्त्री माधव कुमार नेपालसंग भेटवार्ता गर्ने कार्याक्रम रहनुको साथै भोली माओवादी अध्यक्ष प्रचण्ड, काग्रेस सभापति गिरिजा प्रसाद कोइराला, राष्ट्रपति डा. रामबरण यादव लगायतलाई भेटने कार्याक्रम रहेको छ ।

No comments:

Post a Comment