जनमोर्चाका कार्यकताले उपत्यकाका विभिन्न स्थानमा विहानै बाट प्रदर्शन गरेका कारण विहानै देखि बन्दको प्रभाव देखिएको छ । यस्तै बन्दमा सवारी चलाएको भन्दै राजधानीको ताहचलमा सोल्टी होटलको बा १ क ४६५० नम्बरको बसमा आगजनी गरेका छन् । त्यस्तै ललितपुरको कुमारी पाटीमा बा १ ख ७०५१ नम्बरको ट्रकमा तोडफोड समेत भएको प्रहरीले जनाएको छ । यस्तै यता डिल्ली बजारमा पनि बा १ ज ४७११नम्बरको ट्याक्सी पनि बन्दकर्ताले तोडफोड गरेका छन् । साथै उता बालाजुमा प्रदर्शन गरिरहेका जनमोर्चाका कार्यकर्ताले बा १ ज ९०४७ र ७२०० नम्बरको दुई वटा ट्याक्सीमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।
बन्द सफल बनाउन जनमोर्चाका कार्यकाताले संघीयता चाहिदैन देश टुक्राउन पाइदैन जस्ता नारा लगाई ठाउ ठाउमा नाराबाजी गर्दै बजार पसल समेत बन्द गराउदै हिडेका छन् । यध्यपी उपत्यकाका भित्रि सडक र सहरमा भने हलुका सवारी साधन चलेका छन् भने केही मात्रामा बजार पसल समेत खुलेका छन् । राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रघाती शान्ति सम्झौता खारेजी, लगायत विभिन्न स्थानमा भारतद्धारा मिचिएको भुभाग फिर्ता हुनुपर्ने लगायत २७ बुदे माग राख्दै एक महिना विभिन्न अञ्चल बन्द गराउदै आएको यता राष्ट्रिय जनमोर्चाले आज एक दिनका लागि उपत्यका बन्दको आहृवान गरेको हो ।
यस्तै यता संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चाले उपत्यका बन्द गराएकै दिन सो आन्दोलनलाई चुनौति दिदै संघीयताका पक्ष्यमा नेवाः संयुक्त संघर्ष समितिले काठमाण्डौको बसन्तपुरबाट मोटरसाईकल र्याली निकालेका छन् । विभिन्न जातीय संघ संस्थाका प्रतिनिधि सहित निकालिएको उक्त र्याली असन, क्षेत्रपाटी, कलंकी हुदै पुन बसन्तपुरमा आई समापन हुने आयोजकले बताएका छन् । नेवाः राज्य आफ्नो भएको भन्दे संघर्ष समितिले आफ्नो र्यालीमा कसैले हस्तक्षेप गरे प्रतिकारमा उत्रने चेतावनी समेत दिएको छ ।
No comments:
Post a Comment