१७ कार्य समितिको लागि ५९ जना को उम्मेदवारी रहेको सो निर्वाचनका लागि देश भरि विभिन्न स्थानमा ३३ वटा मतदान केन्द्र स्थापना गरिएको छ । ६ हजार ८ सय ९९ मतदाता रहेको बारमा विहान ९ बजे बाट सुरू निर्वाचन प्रक्रिया अपरान्ह ४ बजे सम्म चल्ने छ । प्रत्यक्ष निर्वाचन प्रणाली अपनाइएको सो निर्वाचनमा १ जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, र नौ सदस्य सहितिको १७ सदस्य कार्यसमिति चयन हुने बारले जनाएको छ ।
यस्तै अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दिइएता पनि ३ जना मुख्य प्रतिस्पर्धा रहेको छ । अध्यक्ष पदका लागि एमालेनिकट प्रगतिशिल समूहका हरिकृष्ण कार्की, काग्रेस निकट प्रजातान्त्रिक समूहका प्रेम बहादुर खडका र माओवादी निकट गणतान्त्रिक समूहका रामनाथ मैनाली रहेका छन् । यस्तै प्रजातन्त्रिक समूहका प्रेम बहादुर खडकाका बारेमा केही दिन पहिले एक दैनिक पत्रिकाले उनले विगतमा गरेका नकारात्मक समाचार छापेपछी उनको जित सम्भावना लाई केही तल झारिदिएको छ भने अन्य दुई स्पर्धी कार्की वा मैनाली मध्ये एकले बारको अध्यक्षमा दाबी मार्ने निश्चित रहेको केही अधिवक्ताले बताएका छन् । यस्तै आजको निर्वाचन प्रक्रियामा सार्वजनिक पदमा रहेको भन्दै यस पालि पनि संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग मतदानमा उपस्थित नहुने भएका छन् ।
यस्तै निर्वाचनको परिणाम भोली मात्र सार्वजनिक गरिने बारले जनाएको छ ।
उम्मेदवारीमा को को ?
अध्यक्षमा :- हरिकृष्ण कार्की, काग्रेस निकट, प्रजातान्त्रिक समूहका प्रेम बहादुर खडका र माओवादी निकट गणतान्त्रिक समूहका रामनाथ मैनाली, लोकतान्त्रिक विद्रोहीका मातृका निरौला, मधेसवादी दलबाट रामकुमार यादव र मदन मोहन चौधरी ।
उपाध्यक्षमा :- पूर्वाञ्चलबाट सिताराम र्राई, जय कुमार गोइत, राजेन्द्र प्रसाद भट्टराई, सुरेश लाल श्रेष्ठ पश्चिमाञ्चलबाट सुदर्शन पन्त, हरि प्रसाद शर्मा, गोपाल प्रसाद पाण्डे, मध्यमाञ्चलबाट गीता पाठक संग्रौला, सीताराम अग्रवाल, इश्वरी दाहाल, सुरेन्द्र कुमार महतो, मध्यपश्चिमाञ्चल बाट हरि प्रसाद शर्मा, गोकर्ण डाँगी , सालिकराम सापकोटा र ध्रवु प्रसाद बस्याल त्यस्तै सुदुर पश्चिमाञ्चलबाट रामबहादुर केसी, जोहरीलाल चौधरी, दयाकृष्ण पन्त रहेका छन् ।
महासचिबमा :- सुषमा बास्कोटा, विजय प्रसाद मिश्र, हरि फुयाल, श्यामजी प्रधान रहेका छन् ।
कोषाध्यक्षमा :- युवराजकुमार भण्डारी, शंकर सुवेदी, हरीन्द्र राई र सञ्जय कुमार साह रहेका छन् ।
No comments:
Post a Comment